×

NIC ASIA

नाम राख्न नसकेको भन्दै जनतासँग हात जोडेर माफी माग्दै बिदा भए प्रदेश सांसदहरू

भदौ १७, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

प्रदेश १ का प्रदेश सभा सदस्यहरूले हात जोडेर जनतासँग माफी मागेका छन् । प्रदेश सभाको पहिलो कार्यकालबाट प्रदेशको नाम राख्न नसकेको भन्दै उनीहरूले हात जोडेर माफी मागेका हुन् । 

शुक्रवार भएको प्रदेश सभा बैठकमा बोल्ने सबै दलका संसदीय दलका नेताहरूले नाम राख्न नसकेको भन्दै प्रदेशबासीसँग माफी मागेका हुन् । सत्ता पक्ष तथा प्रतिपक्षी दलका नेताहरूले नै नाम राख्न नसकेको विषयमा आम–ग्लानी भएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै दलले अडान नछाडेका कारण नाम राख्न नसकेको प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले बताए । उनले प्रदेश सभामा बोल्दै उनले अधिकार तल दिने भनेर भाषण गर्ने तर, अधिकार माथि केन्द्रित गरेकाले नाम राख्न नसकिएको बताए । ‘अधिकार तल दिने भनेपछि म पनि प्रदेशमै आए, तर केन्द्रमा सत्तामा बस्नेले अधिकार मुठीमा राखे’, उनले भने । 


Advertisment
Rupse Holidays
Nabil box

भूगोल पहिचानमा खुलेको एमाले अन्तिम बैठकमा भने जातीय पहिचानको विषमा बोलेको छ । आचार्यले किराँतको शब्द जात नभई सभ्यता भएको बताए । किराँत सभ्यतालाई तोडमोड गर्दा विवाद भएको उनले बताए । जिम्मेवारी, साइज र हैसियतअनुसार नाम नटुंग्याएको विषयमा दोषको जिम्मा सबैले लिनुपर्ने उनको भनाइ छ । प्रदेश जोगीले जस्तो कमण्डलु बोकेर थाप्दै हिँड्ने र दिएको खाने खालको भएको समेत उनले बताए । 

Vianet communication

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको नामकरणको विषय दुई तिहाइको सरकारले ल्याउन नसकेको आरोप लगाए । उनले नामकरणको विषय प्रक्रियामा लानै नसकेकोमा असन्तुष्टि व्यक्त गरे । उनले रोष्टमबाट नै प्रदेशको नाम राख्न नसकेको भन्दै हात जोडेर प्रदेशवासीसँग माफी मागेका थिए । नाम नटुंगिनु आफूहरूको असफलता रहेको उनको भनाइ थियो । 

नेकपा (माओवादी केन्द्र) संसदीय दलका तर्फबाट बोल्दै सांसद धिरेन्द्र शर्माले नामकरणको विषय जनताको चासो भए पनि गर्न नसक्नु कमजोरी भएको बताए । नामकरणमा सबै दलले जनतालाई धोका दिइएको बताउँदै उनले पहिचानको विषयलाई साम्प्रदायिक हो भनेर प्रचार गर्दा नामको टुंगो लगाउन नसकेको दाबी गरे । उनले प्रदेश सभाले बनाएका कानून कार्यान्वनमा नआउनु गल्ती भएको बताएका छन् । 

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट बोल्दै सांसद सरिता थापाले दुई तिहाइको सरकार संघदेखि प्रदेशसम्म टिक्न नसक्दा जनताको अपेक्षामा कुठाराघात भएको बताइन् । उनले नामकरण हुन नसकेको जस अपजस दलहरूको हैसियतअनुसार लिन तयार हुनुपर्ने बताइन् ।

बैठकमा बोल्दै जसपा संसदीय दलका नेता तथा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले ठूलो दल एमाले भए पनि आफूले भनेकै हुनुपर्छ भन्दा घमन्ड देखाएकै कारण प्रदेशले नाम नपाएको बताए । वर्तमान गठबन्धन सरकारले पछिल्लो समय गरेको नामकरणको छलफल जति पहिले गरेको भए टुंगिन सक्ने सम्भावना रहेको उनको दाबी थियो । 

यस्तै राप्रपा संसदीय दलकी नेता इन्दिरा राईले प्रदेशको नामकरण हुन नसक्नु दुःखद पक्ष रहेको बताइन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फेले प्रदेश अधिकार सम्पन्न हुनुपर्ने बताउँदै पालिकाहरू प्रदेश मातहत हुनु पर्नेमा जोड दिइन् । 

प्रदेश सभाको अधिवेशन शुक्रवारदेखि अन्त्य गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x