×

NMB BANK
NIC ASIA

बास्तोलालाई नेपालको चुनौतीः पहिलो निर्वाचन जितेर देखाउनुहोस्, अनि राष्ट्रपतिको आकांक्षा राख्नुहोला

भदौ १९, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोलालाई अहिले नै राष्ट्रपतिको निम्ति आकांक्षा नराख्न सुझाव दिएका छन् । काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रममा बास्तोलाले आफू राष्ट्रपति पदको आकांक्षी भएको बताएपछि नेता नेपालले त्यस्तो आकांक्षा नराख्न सुझाव दिएका हुन् ।

Muktinath Bank

उनले बास्तोलालाई मंसिर ४ को निर्वाचन जितेर देखाउन पनि चुनौती दिएका छन् । पहिलो एउटा क्षेत्रबाट निर्वाचन जितेपछि मात्र राष्ट्रपति बन्ने सपना देख्नु उपयुक्त हुने नेपालको सुझाव थियो । चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बास्तोलाले नमिल्ने उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै नेता नेपालले भने, धर्मेन्द्रजीले राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नु भयो । एउटा निर्वाचन क्षेत्रमा त जितेर देखाउनु प¥यो । एउटा निर्वाचन क्षेत्रमा तपाईं जित्न सक्नु हुुन्न, एउटा जिल्लामा तपाईं जित्न सक्नुहुन्न भने अनि अहिले नै राष्ट्रपतिको निम्ति आकांक्षा नराख्नुस् ।’


Advertisment
Nabil box
Kumari

अध्यक्ष नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनको दाबी छ । 

Vianet communication

‘यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो । कांग्रेस गणतन्त्रको पक्षमा आएको थिएन । माओवादी पार्टी गणतन्त्रवादी भएता पनि त्यहाँभित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्दथ्र्यो । हाम्रो पार्टीभित्र पनि विवाद भयो । २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय ग¥यो’, उनले भने, ‘हामीले नै गणतन्त्र ल्याउनका लागि बुटवलबाट आन्दोलनको नेतृत्वका गरेका थियौँ’, उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x