भदौ ७, २०७९
चुनाव ज्यादै खर्चिलो र भड्किलो भइरहेको गुनासो बढिरहेका बेला निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केही कसिलो आचारसंहिता प्रस्ताव गरेको छ । उम्मेदवारले गर्न पाउने चुनावी खर्चको सीमा तोक्दै आयोगले सोमवा...
स्वेच्छाचारी ढंगले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने सरकारी तयारीको विरोध गर्दै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले संसद् परित्याग गरे ।
केही नेपाल ऐन संशोधन गर्ने विधेयक सरकारले संसद्मा टेबल गरेकै दिन लिङ्देन संसद्मा बिदाइ सम्बोधन गर्दै बाहिरिए ।
चुनावको मिति घोषणा गरेर कामचलाउमा परिणत भइसकेको सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने निर्णय गर्नु स्वेच्छाचारी कदम हो ।
नयाँ चुनावको मिति घोषणा गरेसँगै प्रतिनिधिसभाको कार्यकाल सकिने संसदीय परम्परा विश्वका लोकतान्त्रिक मुलुकमा छ ।
संसद्को निरन्तरताका नाममा आफूअनुकूल संसद्को कार्यकाल लम्ब्याउने निर्णय दलहरूको स्वेच्छाचारिताको पराकाष्ठा हो ।
सरकारको निर्णयलाई लज्जास्पद भन्दै लिङ्देनले प्रतिनिधिसभाको सदस्यबाट बाहिरिएको घोषणा मात्र गरेनन्, तलब भत्ता नपठाउन समेत आग्रह गरे ।
देशका क्रान्तिकारी र लोकतान्त्रिक भनिएका दललाई पूर्वपञ्चको पार्टीका सांसदले नैतिकताको पाठ सिकाए । सांसद र नेताले काम नगरी तलब भत्ता मात्र खाए भनेर आमजनतामा आक्रोश छ ।
राजनीतिक दलका नेताप्रति आक्रोश बढेर स्वतन्त्र उम्मेदवारको लहर चलिरहेको समयमा स्वेच्छाचारी ढंगले संसद्को कार्यकाल लम्ब्याउने निर्णय गर्नु आपत्तिपूर्ण काम हो ।
संसद्को कार्यकाल लम्ब्याउने गरी प्रतिनिधिसभामा दर्ता गरिएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अविलम्ब फिर्ता गर्नुपर्छ ।
चुनावको मिति घोषणासँगै प्रतिनिधिसभाको कार्यकाल अन्त्य गरिनुपर्ने कतिपय संविधानविद्हरूको तर्क थियो, त्यसो हुन सकेन ।
संसद् अधिवेशनको अवधि ६ महिनाभन्दा बढी नलम्बिने गरी उम्मेदवारी मनोनयनको दिनदेखि कार्यकाल अन्त्य गरिनु उपयुक्त हुनेछ ।
निर्वाचन आयोगले पनि प्रतिनिधिसभाको कार्यकाल सम्बन्धमा यही आशयको धारणा राखेको थियो ।
प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने दलहरूको निर्णयले उनीहरूलाई ‘सुविधाभोगी’को आरोप लागेको छ भने संसद् छाडेका लिङ्देनको वाहवाही चलिरहेको छ ।
आफ्नो सुविधाका लागि तलबभत्ता बढाउने निर्णयलाई लिएर जनताले व्यक्त गरिरहेको आक्रोशलाई दलहरूले नजरअन्दाज नगरून् ।
चुनाव ज्यादै खर्चिलो र भड्किलो भइरहेको गुनासो बढिरहेका बेला निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केही कसिलो आचारसंहिता प्रस्ताव गरेको छ । उम्मेदवारले गर्न पाउने चुनावी खर्चको सीमा तोक्दै आयोगले सोमवा...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीवार पद तथा गोपनीयताको शपथ गरे । शपथसँगै उनीहरूको पाँच वर्षे काउन्टडाउन शुरू भएको छ । शपथसँगै अब नयाँ सांसदले जनताले तिरेको करबाट तलब भत्ता पाउने छन् । जनताले ...
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए । देशका...
सिंहदरबारलाई ओझेल पारेर प्रधानमन्त्रीको सरकारी निवासबाट सरकार सञ्चालन हुँदै आएकोमा नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो प्रथा तोड्ने संकेत गरेका छन् । ‘केही नयाँ गर्ने&rsq...
आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीवार मध्यरातिबाट मौन अवधि शुरू भएको छ । राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका लागि पर्याप्त समय पाएका थिए । बिहीवार साँझसम्ममा उम्मेदवारले घ...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...