×

NMB BANK
NIC ASIA

नागरिकता विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपतिकोमा पठाउने तयारी

भदौ २०, २०७९

NTC
Premier Steels

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणको लागि पुनः राष्ट्रपतिकोमा पठाउने तयारी भएको छ । सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर सोमवार नै राष्ट्रपतिकोमा पठाउने तयारी भएको हाे । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विधेयक आजै राष्ट्रपतिकोमा पठाउने तयारी रहेको लोकान्तरलाई जानकारी दिए ।

Muktinath Bank

प्रतिनिधि सभाबाट भदौ २ गते जस्ताको तस्तै पारित गरिएको नागरिकता विधेयक राष्ट्रिय सभाले पनि जस्ताको तस्तै पारित गरेर प्रतिनिधि सभालाई पठाएको थियो । आइतवारको बैठकमा राष्ट्रिय सभाबाट पारित विधेयकको सन्देश सुनाइएको थियो । ‘सोमवार नै राष्ट्रपतिकोमा पठाउने तयारी छ’ पाण्डेले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१५ बुँदे सन्देशसहित राष्ट्रपति भण्डारीले साउन २९ गते प्रतिनिधि सभामा विधेयक फिर्ता पठाएकी थिइन । संघीय संसदका दुवै सदनले पुनर्विचार आवश्यक नभएको भन्दै पारित गरेका विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिका लागि बाध्यकारी छ । 


Advertisment
Nabil box
Kumari

दोस्रो पटक पुनर्विचारका लागि पठाउने व्यवस्था नरहेकोले प्रमाणीकरण गर्नु या राजीनामा गर्नु राष्ट्रपतिसँग दुई मात्र विकल्प हुनेछ । यसअघि संविधानविदहरूसँगको कुराकानीमा भण्डारीले यो विधेयक प्रमाणीकरण गर्नुभन्दा राजीनामा गर्छु भनेको चर्चा चलेको थियो । 

Vianet communication

प्रतिनिधि सभाले विधेयक हुबहु पारित गरेपछि नेपाली, कांगेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत दलका नेतासँग भण्डारीले परामर्श गरेकी थिइन् । राजनीतिक दलका नेताहरूसँगको कुराकानीमा भने भण्डारीले राजीनामाको कुरा हल्लामात्र भएको बताएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x