पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
भदौ २६, २०७९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानमा आयोजना हुने क्षेत्रीय शिखर सम्मेलनमा भाग लिने भएका छन् । रूसका अनुसार सम्मेलनमा भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आमनेसामने वार्ता हुने भएको छ ।
चीन, रूस, मध्य एसियाका चार देश कजाकिस्तान, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान, भारत र पाकिस्तान सम्मिलित साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेकिस्तानको समरकन्दमा हुने भएको हो ।
बुधबार चीनका लागि रूसका राजदूतले पुटिन र सीबीच शिखर वार्तामा भेट हुने बताएका थिए । यो कोरोना भाइरस महामारीको सुरुवाती दिनदेखि चिनियाँ नेताको पहिलो विदेश भ्रमण हुनेछ ।
बेइजिङको विदेश मन्त्रालयले तत्काल उक्त बैठकको पुष्टि गरेको छैन र एक प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा यस विषयमा ‘कुनै जानकारी उपलब्ध गराउन नसकिने’ बताए ।
भारत सरकारले पनि आइतबार जारी गरेको वक्तव्यमा मोदीले पुटिन, सी वा गत अप्रिलमा पाकिस्तानी प्रधानमन्त्री बनेपछि पहिलो पटक शहबाज सरिफसँग द्विपक्षीय वार्ता गर्ने वा नगर्ने भन्ने बारे केही बताएको छैन ।
चीनले जस्तै भारतले पनि युक्रेनमाथि मस्कोको आक्रमणसम्बन्धमा समर्थन वा विरोधमा केही कोलेको छैन भने रूसी तेलको खरिद बढाएको छ ।
सन् २०२० मा चीनसँगको विवादित सीमाक्षेत्रमा भएको झडपमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि भारत र चीनबीचको सम्बन्धमा केही चिसोपन आएको थियो । मोदी र सीबीच सन् २०१९ यता द्विपक्षीय वार्ता भएको छैन ।
भारत संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलियासँगै तथाकथित क्वाडको एक हिस्सा पनि हो, जुन समूहलाई चीनविरुद्ध एक सुरक्षाकवचको रूपमा हेरिने गर्छ ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...