×

NMB BANK
NIC ASIA

कार्यदलको प्रतिवेदनः मिटरब्याजीविरुद्ध २२ सय ८९ उजुरी, एकै जनालाई २३ जनाले ठगे

भदौ २७, २०७९

NTC
Premier Steels

मिटरब्याजी अपराध नियन्त्रणको उपाय सिफारिस गर्न बनेको कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । साउन २७ गते गठन गरिएको कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले मन्त्री खाणलाई सोमवार अध्ययन प्रतिवेदन बुझाएका हुन् । 

Muktinath Bank

समितिले बुझाएको प्रतिवेदनले २ हजार २८९ वटा मिटर ब्याजीविरुद्ध उजुरी परेको देखाएको छ । भदौ २६ गतेसम्म ५९ वटा उजुरीमा मिलापत्र भइसकेको, ७ वटा उजुरी अदालतमा मुद्दा दायर भएको र ७ वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यदलले भदौ ८ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशको नवलपरासी, मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिरहा तथा प्रदेश १ को मोरङ गरी ७ वटा जिल्लामा पुगी पीडित, स्थानीय जनप्रतिनिधि, बैंक तथा वित्तीय संस्था र  सहकारीका प्रतिनिधिहरू, सञ्चारकर्मी एवं स्थानीय प्रशासनसँग छलफल गरेको थियो । १७ गते काठमाडौंमा समेत सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया गरी प्रतिवेदन तयार गरिएको कार्यदल संयोजक भुसालले बताए । 


Advertisment
Nabil box
Kumari

एउटै व्यक्तिविरुद्ध ४ वा सोभन्दा बढी उजुरी परेको आरोपितहरूको संख्या ३३ रहेको छ । एकै व्यक्तिले २३ जनाविरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको प्रतिवेदनले देखाएको छ । 

Vianet communication

पीडितहरू, स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी, स्थानीय प्रशासन, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवं कानूनविद्सँग अन्तरक्रिया गरी कार्यदलले तयार पारेको प्रतिवेदनमा विभिन्न सुझावहरू दिइएको छ । 

प्रतिवेदनमा स्थानीय प्रशासनले प्राप्त उजुरीमा तत्काल छानबिन र कारबाहीमा निरन्तरता दिनुपर्ने शीर्षकअन्तर्गत ४ वटा, संघीय इकाइहरूको भूमिका र राजनीतिक प्रतिबद्धता शीर्षकमा ५ वटा, सरकारका वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत २ वटा, कानूनी सचेतना र सुधारअन्तर्गत १० वटा एवं सचेतना साक्षरता र वित्तीय पहुँच अन्तर्गत ११ वटा गरी जम्मा ३२ बुँदामा सुझाव उल्लेख गरिएको छ । 

ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारकहरू, श्रमिक तथा गरिब किसानहरूको बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्नाका कारण, साहुमहाजनसँग ऋण लिने प्रकृया, मिटरब्याजीविरुद्ध उजुरी गर्दा पनि ऋणी पक्ष कमजोर हुने कारण, मिटरब्याजको दुष्चक्र, मिटरब्याजीविरुद्धको कारबाहीका अन्तर्राष्ट्रिय अभ्यासहरू एवं अदालती प्रकृयामा पीडितको अवस्थाका बारेमा समेत विस्तृतमा विश्लेषण गरी प्रतिवेदनमा सुझाव दिइएको भुसालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x