कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपालमा भएका धेरै राजनीतिक परिवर्तनहरूमध्ये पछिल्लो राजनीतिक परिवर्तनलाई उन्नत र सर्वोत्तम परिवर्तनको संज्ञा हामीले नै दिएका हौं । यसले विश्वमा प्रचलित लोकतन्त्रका मोडेलहरू मध्येको संवैधानिक राजतन्त्रको मोडेललाई परित्याग गरी गणतान्त्रिक मोडेल अख्तियार गरेको थियो ।
अप्रत्यक्ष रूपमा तत्कालीन राजालाई सांस्कृतिक राजाको रूपमा रहन गरिएको आग्रहलाई अस्वीकार गरिएपछि मुलुक विधिवत् रूपमा गणतन्त्रमा प्रवेश गरेको हो । त्यसअघि ३ दशक लामो संघर्षको परिणाम स्वरूप २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भएको थियो ।
नेपाली राजनीतिले सुविचारित, नियोजित र सूचीबद्ध कार्ययोजनाका साथ २०४६ सालयताका ३२ वर्ष खर्चेको भए नेपाली जनताले अहिलेको दुःख व्यहोर्नुपर्ने थिएन । यसमा नेपालका राजनीतिज्ञहरूको ध्यान पुग्दै पुगेन । ३० वर्षको निर्दलीय पञ्चायती व्यवस्था पल्टाएको खुशी र उन्मादमा राज्य सञ्चालनको दायित्वलाई सरकारमा पुगेका राजनीतिक दल र तिनका नेताहरूले गम्भीरतापूर्वक लिँदै लिएनन् । पालैपालो सरकारमा पुगेका मुख्य दलका सबैजसो नेताहरूले जनआन्दोलनमार्फत व्यक्त जनभावनालाई बुझ्नै सकेनन् ।
राजनीतिले जनताको दैनिक जीवनमा ल्याउनुपर्ने आधारभूत फेरबदल अर्थात् गुणात्मक सुधारको प्रत्याभूति गर्न सकेन भने त्यस्तो राजनीति खोक्रो र आदर्शच्यूत राजनीति बन्छ । ३२ वर्ष साँच्चै उत्पादक र फलदायी हुन सकेको भए नेपाल अहिलेको अवस्थाभन्दा धेरै माथि उठिसक्थ्यो । संसारभर पछौटेपन र गरीबीको वर्तमान उपेक्षा र तिरस्कार झेल्नुपर्ने थिएन ।
राजनीतिक दलहरू जुन उद्देश्यले प्रजातान्त्रिक व्यवस्थाको निम्ति लामो संघर्षमा होमिएका थिए, जुन लक्ष्यका लागि ठूलो जोखिम उठाएका थिए, त्यसको सामान्य हेक्का मात्र राखेको भए आजको संकटापन्न अवस्था पक्कै पनि झेल्नुपर्ने थिएन । यसलाई नेतृत्वको अयोग्यता र अदूरदर्शिता भोग्नुपर्ने नेपाल र नेपालीको नियति मान्न सकिन्छ । त्यसैले यतिबेला हामी इतिहासको वर्तमान मोडमा यसरी पिल्सिएका छौं कि अब कता जाने हो ? कुनै मार्गचित्र छैन, सुस्पष्ट गोरेटो देखिँदैन । त्यस्तो निराश र हतास यात्री जसले आफू हिँड्ने मूल बाटो हराएको छ र दिशानिर्देश गर्ने भरपर्दो पात्र कोही पनि छैन ।
सुदूर क्षितिजमा अलिअलि उज्यालो देखिनुबाहेक कतै पनि चहकिलो प्रकाश छैन । राजनीतिक आकाशमा कालो बादल मडारिँदैछ र लोकतन्त्र उपरको संकट पटक्कै घटेको छैन । यसको प्रमुख कारण कोही अरु छैन, स्वयं हामी छौं । तथापि हाम्रो अझै होस खुलेको छैन । शास्त्रीय चिन्तनमा यसरी डुबेका छौं कि आजसम्मका सबै मानकहरू तोडिँदै र भत्किँदैछन् ।
जर्मनी, इटाली र फ्रान्सले घेरिएको नेपालजस्तै भूपरिवेष्ठित राष्ट्र स्वीट्जरल्याण्ड विश्वका सर्वाधिक धनी राष्ट्रहरूमध्ये एक हो । त्यहाँको ६० प्रतिशत भूभाग पहाडी छ र समुन्द्रसम्म पुग्ने बाटो छैन । तथापि विकासको चरम उचाइमा पुग्न सफल भएको छ । दुनियाँमा स्वीसहरू गुणस्तरीय जीवन जिउने मानिसको रूपमा चिनिन्छन् । मूल्यसँग सरोकार छैन, वस्तु राम्रो हुनुपर्छ । यसको रहस्य के हो ? किन एउटा भूपरिवेष्ठित राष्ट्र समृद्धिको त्यो उचाइमा र नेपाल भने कहालीलाग्दो अविकासको गहिराइमा ? यसका केही विशिष्ट कारणहरू छन् । धेरै कारणहरूबारे समयक्रममा चर्चा गर्दै गरौंला, अहिलेलाई एउटै कारणको चर्चा पर्याप्त छ ।
स्वीट्जरल्याण्डले विश्व युद्धमा कसैको पक्ष लिएन र यसको तात्पर्य भाग पनि लिएन । आफ्नो राष्ट्रको सिमाना वरिपरि युद्ध मडारिइरहँदा त्यसको विभिषिकाले उसलाई छुँदै छोएन । यसको अन्तर्राष्ट्रिय र मानवीय प्रभाव के पर्यो भने संसारका धनी मानिसहरू सुरक्षाका लागि स्वीट्जरल्याण्ड आए । त्यहाँका बैंकहरू विदेशीहरूको पैसा राख्ने सुरक्षित ढुकुटी बने । बैंकमा रहेको अर्बाैं डलर उसले आफ्नो आवश्यकता बमोजिम खर्च गर्यो । छिमेकी राष्ट्रहरूलाई उसले भन्यो – म सबैलाई सहयोग गर्छु तर झगडामा सामेल हुन्न । उसलाई राम्रो थाहा थियो, दुनियाँका समृद्ध सभ्यताहरू युद्धमा संलग्नताका कारण समाप्त भएका छन् । उसले देशको उन्नति हुने बाटो रोज्यो र आज स्वीट्जरल्याण्ड धर्तीको स्वर्ग भएको छ । हुँदाहुँदा उसले आफ्ना हरेक नागरिकको सुरक्षाका निम्ति त्यस्ता लाखौं बंकरहरू बनाएको छ, जहाँ बसेपछि परमाणविक हतियारले कुनै क्षति पुर्याउन सक्दैन ।
यसैबीच राष्ट्र २ तहको संसदीय निर्वाचनमा होमिएको छ । यो निर्वाचनमा देखिएका र थप देखिनसक्ने राजनीतिक प्रवृत्तिहरू नेपालको इतिहासमै अनौठा छन्, जसबारे सहजै पूर्वानुमान गर्न सकिन्छ । यस्तो प्रयोग नेपालको इतिहासमा यसअघि कहिल्यै भएको थिएन । यसले निर्वाचनमा कस्तो परिणाम ल्याउला र तत्पश्चात नेपाली समाज कसरी अघि बढ्ला ? समयक्रमले बताउने नै छ ।
त्यसैले आजको बहसमा यस निर्वाचनलाई कसरी सार्थक तुल्याउने विषय साथै निर्वाचनको ऐतिहासिक दायित्व र भाबी कार्यदिशाबारे संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुनेछ । आजसम्म देश र जनताका लागि राम्रो काम गर्न नसकिएकाले अब पनि राम्रो गर्न सकिँदैन भन्ने मानसिकता परित्याग गरेर अघि बढ्नु आजको प्राथमिक आवश्यकता हो । त्यसैले अकर्मण्य मनोविज्ञानलाई परित्याग गरी आगामी निर्वाचनलाई विगतको कमी कमजोरीलाई स्थायी विस्मृतिमा धकेलेर नवनिर्माणको प्रस्थानविन्दु बनाउन सक्नुपर्छ ।
यस्तो संकल्प लिन नसके अबको चुनाव पनि फगत एक शास्त्रीय आयोजनामा रूपान्तरित हुनेछ । यसले लोकतन्त्रप्रति बढिरहेको वितृष्णालाई थप मलजल गर्नेछ र यसको दीगो भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गर्नेछ ।
नेपाल हाम्रै कारणले अँध्यारो सुरुङभित्र प्रवेश गर्नेछ । त्यसैले विगतको अकर्मण्य भूमिकाप्रति गहिरो पश्चाताप गर्दै हामी सबैको सकारात्मक र इमान्दार प्रयत्नले सम्भावित राजनीतिक दुर्घटनाबाट लोकतन्त्र र देशलाई सुरक्षित गर्नुपर्छ । यसका निम्ति आगामी निर्वाचनले मार्गप्रशस्त गर्न सक्नुपर्छ । इतिहासमा त्यो घडी आएको छ ।
विकासको मोडल
नेपालले अख्तियार गरेको विकासको मोडेल परम्परागत र अनुपयुक्त छ । नीतिगत रूपमा आवधिक योजनाहरू तर्जुमा गरिए पनि विकासको प्राथमिकता निर्धारण छैन । कहाँ पुल, कहाँ सडक, कहाँ अस्पताल, कहाँ स्कूल कलेज, कहाँ होटल, कहाँ बस्ती र कहाँ बजार भन्ने विस्तृत कार्ययोजना हुनुपर्छ । मूलतः सडक निर्माण भौतिक विकासको पूर्वाधार हो तर यसको मतलब गाउँगाउँसम्म ठूल्ठूला सडकको आवश्यकता होइन । राष्ट्रिय राजमार्ग र सहायक मार्गबाहेक भूगोल र स्थानीय आवश्यकता हेरी निर्माण हुनुपर्छ । अर्को कुरा आजसम्म नेपालको बस्ती विकासको प्रवृत्ति स्वच्छन्द र अराजक छ, जसलाई तुरुन्तै बन्द गर्नुपर्छ ।
भूगोलका सबै स्थान बस्ती विकासका लागि उपयुक्त हुँदैनन् तर नेपालमा पहाडका टुप्पा, भीर, पाखा, जंगल र खोला बगरमा समेत बस्तीहरू फैलिएका छन् । ती स्थलहरू मानव जीवनका लागि कुनै पनि दृष्टिकोणले सुरक्षित हुँदैनन्, ती सबै ठाउँमा विकास पुर्याउने घोषणा सुनिन्छ । योभन्दा हास्यास्पद कुरा अर्को हुँदैन । यसरी छरिएर रहेका नागरिकहरूको जीवन समेत सहज हुँदैन । साधन र स्रोतको समेत दुरुपयोग हुन पुग्छ । त्यसैले देशमा कतिवटा सुविधायुक्त गाउँ बनाउने र कतिवटा शहर बसाउने, स्पष्ट कार्ययोजना हुनुपर्छ । निर्बाध शहरीकरण विकासको सूचक र मानक दुवै होइन, मानवीय संसाधनको अधिकतम सदुपयोग गर्न पनि उनीहरूको क्षमता विकास प्रथम शर्त हो । यसका निम्ति एकीकृत बस्ती विकास पहिलो आवश्यकता हो ।
संगठित बस्तीले कैयौं अवसरका ढोका खोल्छ र विकासले गति पक्रन्छ । त्यसैले परम्परागत विकासको मोडल काम लाग्दैन । साथै उत्पादनशील क्षेत्रमा बस्ती विस्तार आपराधिक कार्य हो । आजसम्म हामीले यस्ता धेरै अपराध गरिसक्यौं । अब तुरुन्तै बन्द गर्नुपर्छ ।
निर्यातमूलक उद्योग
दुनियाँका विकसित राष्ट्रहरूले आफ्ना लागि विशेष विकास योजना र रणनीति तर्जुमा गरेर ठूलो सफलता हासिल गरे । दोस्रो विश्वयुद्धमा भौतिक र आर्थिक रूपमा ध्वस्त जापानले ‘योशिदा डक्टरिन’मार्फत छोटोे समयमा चामत्कारिक उपलब्धि हासिल ग¥यो । उसले निर्यातमूलक उद्योगलाई मुख्य प्राथमिकतामा राख्यो । अटो मोबाइल र इलेक्ट्रोनिक गुड्सको उत्पादन र निर्यात गरेर धनी भयो । स्वीट्जरल्याण्ड रोलेक्स घडी, चिज र विश्वका महँगा चकलेट उत्पादन गर्छ र निर्यात गर्छ । अमेरिका, रुस लगायतका राष्ट्रहरू हतियार उत्पादन गर्छन् । चीन उपभोग्य वस्तु उत्पादन गरी विश्व बजारमा पठाउँछ । अरब राष्ट्रहरू तेल बिक्री गर्छन् । नेपाल के गर्छ त ? यसको जवाफै छैन । कसरी धनी हुने ? यसको योजना र रणनीति के ? एउटै मात्र बाटो हामीसँग छ, त्यो भनेको निर्यातमूलक उद्योगको स्थापना । ती कृषिमा आधारित र गैरकृषि क्षेत्रसँग सम्बन्धित हुन सक्छन् ।
नेपाल अर्को स्वीट्जरल्याण्ड हुनसक्छ, किनभने प्रकृतिले हामीलाई अपार सम्पदा प्रदान गरेको छ । हामीले यसको प्रचुर उपयोग गरी विश्वको ‘नम्बर वन’ पर्यटन गन्तव्यस्थल बन्न सक्छौं । यसैगरी हामीसँग अतुलनीय धार्मिक सम्पदा उपलब्ध छ । हिन्दू र बौद्ध धर्मावलम्बीहरूका आराध्य पशुपतिनाथ र लुम्बिनी नेपालमै छन् । यसको राम्रो उपयोग गर्न जान्यौं भने हामीले विकास र प्रगतिमा सबैलाई उछिन्छौं तर यसका लागि गतिलो नेतृत्व र भरपर्दो सरकार चाहिन्छ । यसका निम्ति आगामी चुनाव प्रस्थानविन्दु बन्न सक्नुपर्छ । अहिलेको चालले देश उँभो लाग्दैन ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...