×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : ९ खेल पोखरा बाहिर

भदौ ३०, २०७९

NTC
Premier Steels

आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुंगो लागेको छ । तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर हुने भएका छन् । 

Muktinath Bank

राष्ट्रिय खेलकुद परिषद्का अनुसार बागलुङमा आईटीएफ तेक्वान्दो, म्याग्दीमा तेक्वादो र महिला भलिबल प्रतियोगिता हुनेछ । यस्तै स्याङ्जाको वालिङमा महिला फुटबल, गोरखामा बुद्धिचाल, नवलपुरमा सेपाकताक्रो र कुस्ती प्रतियोगिता खेलाइने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकीमा खेल पूर्वाधार नभएका कारण सुटिङ प्रतियोगिता काठमाडौंमा राखिएको राखेपले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेट पनि अहिले काठमाडौंमै  जारी छ । यीबाहेक बाँकी २७ खेलका प्रतियोगिता पोखरामा सञ्चालन हुनेछ । 


Advertisment
Nabil box
Kumari

अधिकांश खेल पोखरा रंगशालामा खेलाइनेछ । प्रदेशका अरु जिल्लालाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको अपनत्व दिलाउन राखेपले पोखरा बाहिरसमेत खेलस्थल छनोट गरेको हो । पूर्वाधार अभावकै कारण कतिपय जिल्लामा चाहेर पनि प्रतियोगिता राख्न नसकिएको राखेपको भनाइ छ ।   

Vianet communication

प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रहे पनि आसपासका जिल्लामा समेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने ठानिएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङका उपाध्यक्ष लोकेन्द्र केसीले यसलाई अवसरका रूपमा लिनुपर्ने बताए ।

बागलुङमा हुने आईटीएफ तेक्वान्दोमा खेलाडी र अफिसियल गरेर झण्डै पाँच सय खेलाडी सहभागी हुनेछन् । आईटीएफमा सात प्रदेश र दुई विभागीय टिम नेपाली सेना र सशत्र प्रहरीले भाग लिने भएका छन् । बागलुङ सदरमुकामस्थित रामरेखा र रुद्रेपीपल कर्भड हलमा उक्त प्रतियोगिता सञ्चालन गर्न तयारी अगाडि बढाइएको छ । 

यही असोज २८ देखि कात्तिक २ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ । खेलाडीका लागि होटल, यातायात व्यवस्थापनदेखि नजिकका पर्यटकीय गन्तव्यस्थल घुमाउन समितिले सहजीकरण गर्ने उपाध्यक्ष केसीले बताए । 

चार दशकपछि पोखरामा दोस्रोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ र पौडी समावेश छ । 

यस्तै ह्यान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, चेस, खोखो, कराते, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, ‘फुल कन्ट्यान्ट’ कराँते, आर्चरी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, रग्बी र प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन हुनेछ । ठेलो र क्यानोइङलाई भने प्रदर्शनी खेलका रूपमा राखिएको जनाइएको छ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीयसहित गैरआवसीय नेपाली संघ (एनआरएन) टिमले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुने सबै टिमले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न शुरु गरेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x