×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभाको अन्तिम बैठकमा पनि ओलीले गरे संसद् विघटनको बचाउ

असोज १, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अन्तिम बैठकमा पनि आफूले गरेको संसद् विघटनको बचाउ गरेका छन् । 

Muktinath Bank

प्रतिनिधि सभाको अन्तिम बैठकलाई शनिवार सम्बोधन गर्दै उनले संसद् विघटनको सिफारिस गर्दा आफूलाई प्रतिगमन गरेको भनेर लगाएको आरोपको समेत खण्डन गरेका छन् । प्रतिनिधि सभाको कार्यकाल आज मध्यरातिबाट सकिँदै छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै ओलीले भने, ‘अहिले सरकारले चुनाव घोषणा गरेको र आजबाट संसद्को म्याद सकिँदै छ । त्यसो हो भने तपाईंले पनि प्रतिगमन गर्दै हुनुहुन्छ । अवस्था त्यस्तो हो ?’


Advertisment
Nabil box
Kumari

‘निर्वाचनमा जाने कुरालाई प्रतिगमन भनिँदैन । असंवैधानिक ढंगले नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो । निर्वाचनमा जाने कुरा पहिले पनि प्रतिगमन होइन । अहिले पनि प्रतिगमन होइन’, ओलीले भने । 

Vianet communication

आफूले घोषणा गरेको मितिमा चुनाव हुन पाएको भए वैशाख १७ र २७ मा चुनाव भइसक्ने र अहिले नयाँ जनादेशको संसद् रहेको अवस्था हुने ओलीले बताए । 

प्रतिनिधि सभामा शुरुमा बोलेका प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीले आफ्नो सम्बोधनमा ‘परमादेशको सरकार’ भन्न सक्ने भन्दै अहिलेको सरकारको परमादेशकै आधारमा बनेको बताएका थिए । 

‘अदालतले परमादेश नदिएको भए अहिले हामी सँगै हुने थिएनौँ । सँगै काम गर्ने अवस्था हुँदैनथ्यो’, प्रधानमन्त्री देउवाले भनेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x