×

NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जित्नेलाई प्रदेश सरकारले सम्मान गर्छः मुख्यमन्त्री भट्ट

असोज १, २०७९

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिवार आयोजित प्रदेशस्तरीय छनोट खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रतियोगितामा विजयी खेलाडीलाई प्रदेश सरकारले आर्थिक तथा भौतिकरुपबाट सम्मान गर्ने बताए । 

Muktinath Bank

उनले खेलकुदले एउटा व्यक्ति, खेलाडी, समाज मात्र नभई राष्ट्रलाई चिनाउन अहम् भूमिका खेल्ने बताए । ‘स्वास्थ्यका लागि पनि खेलकुद अनिवार्य छ, अहिले समाजमा हामी देख्छौँ विभिन्न प्रकारका रोगले मानिसलाई ग्रसित पारेको हुन्छ’, मुख्यमन्त्री भट्टले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले गठन भएदेखि नै खेलमा महत्वपूर्ण काम अगाडि बढाएको मुख्यमन्त्री भट्टको भनाइ छ । उनले प्रदेश सरकार गठन भएको पहिलो वर्ष नै सातवटै प्रदेशलाई एकै ठाउँमा ल्याएर प्रतियोगिता शुरु गरेको बताए । उनले भने, ‘सुदूरपश्चिम प्रदेशले नै त्यो प्रतियोगिता जित्यो ।’


Advertisment
Nabil box
Kumari

सबै जिल्लामा खेलकुदका लागि व्यवस्थित भौतिक संरचना तयार गर्न र खेलाडीको वृत्ति विकासको लागि कार्यक्रम अगाडि बढाउने कुरामा प्रदेश सरकारले नीतिगत तथा आर्थिक रुपमा योजनाबद्धरुपमा अगाडि बढेको उनले बताए । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशबाट खेलाडी सहभागी हुने जानकारी दिए । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x