×

NMB BANK
NIC ASIA

लुम्बिनी सरकारले दियो ६१ जनालाई विभिन्न पदक

असोज ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट राष्ट्रलाई योगदान पुर्‍याउने ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सोमवार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरूको नामावली घोषणा गरिएको हो । 

Muktinath Bank

प्रदेश सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा पदक पाउनेहरुको नाम सार्वजनिक गरी फागुन ३ गते प्रदेश स्थापना दिवसमा पदक वितरण गर्दै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले पदक पाउनेहरूको नाम छनोट गरी सरकारलाई सिफारिस गरेको थियो । 


Advertisment
Nabil box
Kumari

प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुख जनसेवा पदक तृतीय र मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय २/२ जनालाई प्रदान गरेको छ । भने, प्रदेश सेवा समर्पण पदक प्रथम एक जनालाई प्रदान गरेको छ । त्यस्तै, प्रदेश सेवा समर्पण पदक द्वितीय ९ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय ४ जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ ।

Vianet communication
Laxmi Bank

त्यसैगरी समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई प्रदान गरेको छ । प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरेको छ ।

त्यस्तै, प्रजापति गौतम पदक द्वितीय र तृतीयबाट १/१ जना, दंगिशरण बलिहाङ पदक द्वितीयबाट एक जना तथा दंगिशरण बलिहाङ पदक तृतीयबाट ४ जना गरी ६१ जनालाई विभूषित गरिएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ त्याग तपस्या र बलिदानबाट मात्रै प्राप्त भएको उल्लेख गर्दै संविधान प्राप्तिमा लुम्बिनी प्रदेश प्रमुख हकदार प्रदेश भएको बताए । 

मुख्यमन्त्री केसीले संविधानको कार्यान्वयन र रक्षाका लागि परिवर्तनकारी र गणतन्त्र पक्षधरहरू नै एकीकृत र केन्द्रिकृत गर्नुपर्ने बताए । 

संविधान दिवसमा लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारुलगायत मन्त्री, प्रमुख सचिव, सचिवलगायत विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x