×

NMB BANK
NIC ASIA

‘दलको विकल्प स्वतन्त्र हुन सक्दैन’

असोज ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राजनीतिक दलको विकल्प स्वतन्त्र हुन नसक्ने तर उनीहरुको चयनले सुधार हुन दललाई झक्झकाएको सरोकारवाला विज्ञहरुले औँल्याएका छन् । स्थानीय तहको निर्वाचनको आगामी सङ्घीय निर्वाचनमा पर्ने प्रभावका सन्दर्भमा ‘सोसियल डेमोक्रेटिक फाउन्डेशन’ ले आज सरोकारवालासँग गरेको छलफलका वक्ताले दलबाट दिक्क भएका मतदाताले स्वतन्त्र व्यक्तिलाई चयन गरेको बताए । 

Muktinath Bank

उनीहरुले दलहरु बेलैमा सुध्रन जरुरी भएको बताउँदै राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुन नसकेका कारण पनि वैकल्पिक शक्तिको खोजीमा मतदाता लागेको उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्व निर्वाचन आयुक्त इला शर्माले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुन नसकेका कारण वैकल्पिक शक्तिको खोजीमा मतदाता लागेको उल्लेख गरिन् । उनले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको लहरले दलसँग जनता निराशावादी छन् भन्ने सन्देश दिएको बताइन् । स्थानीय तहको निर्वाचनमा युवा र महिलाको तुलनात्मक सहभागिता बढेका भन्दै आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पनि महिला र युवा सहभागिता बढ्नुपर्नेमा जोड दिइन् ।


Advertisment
Nabil box
Kumari

प्रा बालकृष्ण माबुहाङले राजनीतिक दलबाट दिक्क भएका मतदाताले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र व्यक्तिलाई मत दिएर दलहरुलाई सचेत गराएको बताए । उनले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने र मतदाताले उनीहरुलाई मत दिने लहर आउने सङ्घीय र प्रदेश निर्वाचनमा पनि देखिने लक्षण रहेको भन्दै दलहरु बेलैमा सजक हुनुपर्ने धारणा राखे।

Vianet communication
Laxmi Bank

समाजशास्त्री डा मीना पौडेलले राजनीतिभित्रको बेथितिबाट दिक्क भएका मतदाताले स्थानीय निर्वाचनमा नैराश्यता प्रदर्शन गरेको भन्दै यसबाट दलहरुले बेलैमा पाठ सिकेर जनभावनाअनुरुप अघि बढन् जरुरी रहेको बताइन्  । उनले जागरुक समूहले सकारात्मक पक्षको खोजिरहेको वैकल्पिक धार निर्माण गर्नसक्ने आधार बनाएको बताइन् । 

सहप्राध्यापक लेखनाथ पाण्डेले स्थानीय निर्वाचनमा स्वतन्त्रहरुको उपस्थितिले राजनीतिक दललाई चुनौती दिएको उल्लेख गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x