×

NMB BANK
NIC ASIA

शीतल निवास अनिर्णित

समय घर्कियो, प्रमाणीकरण भएन नागरिकता विधेयक

असोज ४, २०७९

NTC
Premier Steels

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने समय घर्किँदै गएको छ । भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालयमा पठाएका थिए । 
संवैधानिक व्यवस्थाअनुसार विधेयक प्राप्त भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । मंगलबार राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने अन्तिम दिन भएपनि राति ९ बज्दासम्म राष्ट्रपति कार्यालयबाट कुनै ‘रेस्पोन्स’ नआएको हो ।  

Muktinath Bank

राष्ट्रपति कार्यालयका अधिकारीहरूकाअनुसार अहिलेसम्म नागरिकता विधेयकको बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै निर्णय गरेकी छैनन् । नागरिकता विधेयक राष्ट्रपतिले एक पटक संसदमा फिर्ता गरिसकेकी छिन् । यो दोस्रो पटक प्रमाणीकरणका लागि आएकाले उनीसँग संवैधानिक रूपमा विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानको धारा ११३ को उपधारा (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’


Advertisment
Nabil box
Kumari

अघिल्लो पटक प्रतिनिधिसभाले साउन ६ गते विधेयक पारित गरेको थियो भने राष्ट्रियसभाले साउन १२ गते पारित गरेपछि सभामुख सापकोटाले प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाएका थिए ।
राष्ट्रपतिले पुनर्विचार गर्नका लागि भन्दै विधेयक साउन २९ गते प्रतिनिधिसभामा फिर्ता गरेकी थिइन् । त्यसबेला राष्ट्रपतिले नागरिकता विधेयकको सम्बन्धमा १५ बुँदे सुझाव पनि संसदलाई पठाएकी थिइन् । तर, संसदले भने राष्ट्रपतिको सुझावमा ध्यान दिन आवश्यक ठानेन । मत विभाजनको प्रक्रियामा लगेर बहुमत–अल्पमतको आधारमा विधेयक पारित गरिएको थियो । 

Vianet communication

सत्तारूढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिको सुझावलाई बेवास्ता गरेपछि राष्ट्रपतिले भने संसदले आफ्नो अपमान गरेको गुनासो गर्दै आएकी छिन् । राष्ट्रपतिले पहिलो पटक विधेयक फिर्ता गरेपछि साउन ३१ गतेको प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रबारे जानकारी गराइएको थियो । 

गठबन्धनमा रहेका दलहरूको निर्णयको आधारमा भदौ २ गतेको प्रतिनिधि सभाको बैठकबाट कुनै संशोधन नगरी ‘फास्ट ट्रयाक’बाट नागरिकता विधेयक दोस्रो पटक पारित गरिएको थियो । 
प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पठाइएको विधेयक राष्ट्रियसभाले भने १५ दिन लगाएर पारित गरेको थियो । राष्ट्रिय सभाले राष्ट्रपतिको सन्देशको बारेमा समितिमा पनि छलफल गराएको थियो । त्यहाँ पनि बहुमतीय आधारमा विधेयक पारित भएर आएको थियो । 

राष्ट्रपतिले दोस्रो पटक पनि विधेयक पारित नगरेमा के हुने भन्ने वैकल्पिक व्यवस्था संविधानमा उल्लेख छैन । त्यसको अर्थ, राष्ट्रपतिले अनिवार्यरूपमा विधेयक प्रमाणीकरण गर्नुपर्छ भन्ने हो ।  
२०७२ सालमा संविधान जारी भएपछि दुई वर्षभित्रमा कानुनहरू संशोधन भइसक्नुपथ्र्यो । २०६३ सालमा जारी भएको नागरिकता ऐन पनि २०७४ असोज ३ भित्र संशोधन भइसक्नु पर्दथ्यो । तर, नागरिकतामाथि राजनीतिक खिचातानीका कारण नागरिकता विधेयक गिजोलिँदै आएको थियो । 

तर, चुनावको सम्मुखमा गठबन्धनमा रहेका दलहरूले नागरिकता विधेयकलाई राजनीतिक एजेण्डा बनाउने प्रयास गरे । संसदीय समितिबाट बहुमतले पारित भएर आएको विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक संसदमा पेश ग¥यो । त्यसरी पेश भएको विधेयक ‘फास्ट ट्रयाक’ विधिमा पारित गरेर प्रमाणीकरणका लागि  शीतल निवास पठाइएको थियो । 

गठबन्धनलाई काउन्टर दिन संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो सबै शक्ति प्रयोग गरेको थियो । संसदमै एमालेका सांसदहरूले प्रशस्त संशोधन हालेका थिए, जुन बहुमतले अस्वीकृत भएको थियो । 
नागरिकता सम्बन्धी विषयलाई राजनीतिक दलहरूले भने भोट राजनीतिको विषय बनाइरहेका छन् । २०७८ सालको जेठ ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन सिफारिश गरेर चुनावको मिति घोषणा गरेका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादका कारण राष्ट्रिय राजनीति नै प्रभावित थियो । त्यसबेला ओलीले जेठ ९ मा नागरिकता अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका थिए ।
त्यसबेला ओलीको सिफारिशमा नागरिकता अध्यादेश जारी हुँदा अहिले सत्ता गठबन्धनमा रहेका दलहरूले तीव्र विरोध गरेका थिए ।

विशेषगरी, मधेश प्रदेशमा खस्किएको छवि सुधारका लागि ओलीले नागरिकता अध्यादेश जारी गरेका थिए । उक्त अध्यादेश विरूद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको थियो । अध्यादेश सिफारिश गर्ने तत्कालीन मन्त्रिपरिषद् र जारी गर्ने राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर कानून व्यवसायीहरूले रिट दर्ता गरेका थिए । 

उक्त रिटबारे जेठ २७ मा संवैधानिक इजलासमा सुनुवाइ भएर अन्तरिम आदेश जारी भएको छ । उक्त अन्तरिम आदेशबाट सर्वोच्च अदालतले अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो । 
सर्वोच्चले उक्त अध्यादेशलाई ‘विधायिकालाई छल्ने उद्देश्यले जारी गरिएको छद्म विधायन’ भनेर व्याख्या गरेको थियो । सरकारले अध्यादेश जारी गरेर कानून निर्माण गर्ने विधायिकाको अधिकारमा हस्तक्षेप गर्न नहुने टिप्पणी पनि उक्त आदेशमा गरिएको छ ।

सत्तारूढ गठबन्धनले भने राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा राजनीति गरेको आरोप लगाएको छ । तर, राष्ट्रपति भण्डारीले भने विधेयकमा दीर्घकालीनरूपमा राष्ट्रलाई समस्यामा पार्ने विषय उल्लेख भएकाले त्यसमा पुनर्विचार गर्नुपर्ने तर्क गरेकी छिन् । 

राष्ट्रपति कार्यालयका अधिकारीहरु भने राष्ट्रपति भण्डारी अहिले पनि नागरिकता विधेयकका विषयमा छलफल गरिरहेको बताउँछन् । अर्कोतर्फ, नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने भनेर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रतिनिधि सभाको कार्यकाल असोज १ गतेबाट सकिएको हुँदा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे विधेयकको अवस्था के हुने भन्ने अन्योल सिर्जना हुने अवस्था पनि देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x