×

NMB BANK
NIC ASIA

‘प्रेमगीत ३’लाई लिएर कलाकारहरू विभाजित : कसले के लेखे ?

‘प्रेमगीत ३’को हिन्दी भर्जनलाई लिएर दीपकराज– करिश्मादेखि राजेशपायल–यम बरालसम्म खुले’

असोज ५, २०७९

NTC
Premier Steels

प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगीत ३’ लाई लिएर फिल्मकर्मीबीच नै विवादको सिर्जना भएको छ । 

Muktinath Bank

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्र आगामी शुक्रबारदेखि नेपाल, भारतसँगै विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिन्दी भाषामा स्वरांकन भएर भारतका सयौं थिएटरमा एकसाथ प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत ३’ सम्भवत पहिलो नेपाली चलचित्र हो । 


Advertisment
Nabil box
Kumari

चलचित्र नेपालमा नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शनको तयारीमा छ ।

Vianet communication

यद्यपी, हिन्दी भाषामा प्रदर्शनका लागि निर्माण टिमले नेपालीसरह सेवा सुविधा पाउनुपर्ने माग गरेपछि विवाद सुरु भएको छ । 

निर्माण टिमले सेन्सर सिफारिसका लागि विकास बोर्डमा निवेदन दिँदै चलचित्र नेपालीसरह प्रदर्शनमा आउने माहोल बनाउन माग गरेको छ । 

यता, विकास बोर्डले भने हिन्दी भर्जनलाई नेपाली चलचित्र सरह मान्न नसकिने र यदी हिन्दीमा रिलिज गर्ने हो भने विदेशी चलचित्र सरह प्रक्रियामा आउन अनुरोध गरेको थियो । 

यता चलचित्र निर्माता संघले पनि ‘प्रेम गीत ३’ को हिन्दी भर्जनलाई विदेशी चलचित्रसरह कर लगाउनुपर्ने माग गरेको छ । 

सरकारले विदेशी चलचित्रलाई विकास शुल्कका रुपमा १५ प्रतिशत कर लिँदै आएको छ । 

निर्माण टिमले सोही कुरामा आपत्ति जनाएको थियो । यतिबेला विशेषगरी चलचित्रको हिन्दी संस्करणको प्रसंगमा चलचित्रकर्मीहरू तर्क–वितर्क गर्दै दुई भागमा विभाजन भएका छन् ।

कोही चलचित्रकर्मी यसलाई नेपाली चलचित्र सरह कर छुट गर्नुपर्छ भन्ने पक्षमा छन् त कोही विपक्षमा छन् । 

‘प्रेम गीत ३’को नेपाली भर्जन सेन्सर भईसके पनि विवादका कारण हिन्दी भर्जन बुधबार दिउँसोसम्म सेन्सर हुन सकेको छैन् । 

यस प्रसंगमा विकास बोर्ड मिडियासामु मौन देखिएपनि फिल्मकर्मीहरूले भने सामाजिक सञ्जालमा स्टाटस् लेखिरहेका छन् । फेसबुकमा कसले के लेखे ? 

दीपकराज गिरी (अभिनेता एवं निर्माता)

भुवन केसी, अनमोल केसी, झरना थापा, म । अब हुँदा–हुँदा आदरणीय सरोज खनाल दाइ उफ ! यो लिष्ट निक्कै लामो हुँदैछ दिन प्रतिदिन । सबैलाई गालि गरेरै फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदा हुँदै के गर्या यो ? आफ्ना  मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ? घर नै नरहे कहाँ बस्छौ साथी ? जे–जे गर्यौ महान काम गर्यौ तर हिन्दी भाषाकोमा नियम अनुसार कर तिर । बरू राम्रो कामको लागि नेपाली भाषाको फिल्ममा एक्ट्रा छुट माग सक्किगो त । यति लेखेपछि वाइकट अनमोलमा मेरो पनि नाम थपौला । निर्देशन अनुसार गाली–गलौच पनि गरौला पक्कै पनि ! तर यति ठूलो तिमिहरूको अन्याय कसरी सहेर बस्नु ? साथीहरूले कसरी सहेर बसें मैले चाही सकिन माफ पाउँ । हरेक दिन मिडियामा आएर हंगामा मच्चाउने किन ? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔ साथी ! तपाइको फिल्म चल्दा हामी कसैको बेफाइदा छैन, तपाईको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ, फाइदा नै छ । सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौ, होइन भने एकले अर्कोलाई नसकौं ।’

अशोक शर्मा (निर्माता, निर्देशक एवं अभिनेता)

समुहहरू हराएको सूचना, सूचना, सूचना । विदेशी चलचित्रको अतिक्रमण भो, प्रदर्शनमा स्वदेशी चलचित्र भन्दा बढी शो बिदेशी चलचित्र लाई दियो, विदेशी चलचित्रमा कोटा लगाउनु पर्छ आदी आदी खोक्ने र लेख्ने चलचित्र पत्रकार र चलचित्र कर्मीहरू अहिले आफ्नै चलचित्र विदेशी भाषामा हेर्नु पर्ने बाध्यता र हाम्रा अग्रज समकालिन चलचित्र कर्मीलाई गाली गलौच भैरहेको बेला  हराएको हुनाले सूचना दिने व्यक्ति र सस्थालाई नेपाल आमाले उचित पुरस्कार प्रदान गर्नेछिन । सहयोगका लागी धन्यवाद ।

करिश्मा मानन्धर (अभिनेत्री)

कहिलेकाही नबोलु भन्दा पनि बोल्नुपर्ने रहेछ ! सही बोल्दा खाएको गाली, हरेक विवादित विषय बोल्दा अमृत सरह मानेर सहेको छु । झन् विषय आफूलाई कर्ममा जन्मदिने क्षेत्र भएपछि बोल्नु अनिवार्य हुन्छ । समयले सत्य प्रमाणित गर्छ भन्ने राम्रो संग थाहा छ । सन्दर्भ हो, ‘प्रेम गित ३’ । मेरो विचारमा यो चलचित्र कुनै भाषा त के ‘मुक’ चलचित्र भएपनि विवादरहित भएर सबैको साथ र सहयोग पाउनुपथ्र्यो । यसै पनि नेपाली चलचित्र चलचित्र विश्वबजारसम्म नपुगेको वर्तमान अवस्थामा  नेपालीले नेपाली पैसा लगानी गरेको यो चलचित्र, नेपालकै सुन्दर दृश्यहरू समेटेको यो चलचित्र, नेपालकै कथामा बनेको चलचित्र, नेपाली टेक्निसियनहरूले काम गरेको यो चलचित्रलाई विदेशी भूमिमा चलाउनकै लागि त्यो मुलुकको भाषामा स्वराङ्कित (डब) गर्‍यो त के नराम्रो भयो ? भाषा एउटा माध्यम हो, तिनले हाम्रो भाषा बुझ्दैनन् त्यसैले सो कार्य गरियो होला ।

ठिक छ तपाईंको विधानमा या नियममा त्यस्तै प्रावधान होला विदेशी भाषिक चलचित्रलाई निश्चित प्रतिशत कर लगाउने । लगाउनुस् तर त्यत्रो लगानी भएको चलचित्रलाई तोकेको समयमै चलचित्र हलमा लगाउनका लागि सघाउनु पर्दैन ? अलिकति समय यताउता भयो भने विदेशी सिनेमासंग प्रतिस्पर्धा गरिरहेको नेपाली चलचित्रको के हाल हुन्छ ? यो उहाँ विज्ञहरूलाई जति अरु कसलाई थाहा होला ? अझ मेरो सुझाव त के छ भने, यदी ‘प्रेम गित ३’ त्यति स्तरीय बनेको छ र नेपाली चलचित्र भनेर ईन्टरनेशनल्ली देखाउने क्षमता राख्छ भने यो चलचित्रलाई अङ्ग्रेजी, चाइनिज, इटालियन, जापानी, कोरियन लगायतका सबै भाषामा स्वराङ्कन गर्नुपर्छ र संसार भरिनै देखाउनु पर्छ । यसमा विकास बोर्डले सहुलियत लगानी गर्नुपर्छ । आखिर विकास बोर्ड त्यसैको लागि स्थापना भएको हो । यो संस्थाले  चलचित्रकर्मीहरूको मुस्किलको गाँठो फुकाउने हो । नियमहरू हामीले नै निर्माण गरेका हौँ र आफ्नो क्षेत्रको विस्तार गर्न र समृद्ध बनाउन नियमहरूलाई परिमार्जन गर्न पनि सक्नुपर्छ । रह्यो राष्ट्रियता र विदेशी चलचित्रलाई गर्नुपर्ने नियमको कुरा । नेपाली चलचित्र क्षेत्रले हरदम राष्ट्रको पक्षमा मुलुकलाई चिनाउने काम गरेको छ । नेपालमा काम गर्ने उपकरण नहुँदा पनि त्यही छिमेकी मुलुकका उपकरण प्रयोग गरेर नेपाली चलचित्र बनाएर यो क्षेत्रको जग हालेको छ । मुलुकको लाखौं नागरिकलाई रोजगारी दिएको छ । हामी चलचित्रकर्मीले नीजि स्वार्थबाट उठेर यो क्षेत्रलाई अगाडि लैजानुपर्छ । यो विवाद यसरी आउनु हुँदैन । तर, बिदेशी लगानी  र बिदेशी चलचित्रहरूलाई पक्कै पनि त्यही अनुरुपको कानुन भने निर्माण गरिनुपर्छ ताकी नेपाली चलचित्र अन्यायमा नपरोस् । हिन्दी या विदेशी चलचित्र आउनासाथ सेन्सर गरेर देखाउन हतार गर्ने अनि नेपाली लगानीमा बनेको नेपाली  चलचित्र बिदेशी भाषामा  स्वराङ्कन (डब) हुँदैमा किन यस्तो जटिल भएको ?

राजेशपायल राई (गायक)

नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको मा पनि हेर्छु । कोही छ मलाई राष्ट्रघाती भन्ने ?

यम बराल (गायक)

राष्ट्रवाद, कलाकारबाद छातीमा राखी समग्र नेपाली चलचित्र उद्योगलाई अन्तराष्ट्रिय जगतमा पहिचान प्रतिनिधित्व गराउने यो अभियानमा सबै चलचित्रकर्मी, संगीतकर्मी एक भई ‘प्रेम गीत ३’ देशभरिका चलचित्र हलहरूमा गई हेरौं । कानुन विधि विधान सम्मत रही अन्तराष्ट्रिय जगतमा नेपाली चलचित्रलाई खुट्टा टेकाउने यो अभियानमा मेरो साथ, समर्थन  छ । जय नेपाली चलचित्र, जय नेपाली कलाकार । 

राजबल्लभ कोइराला (अभिनेता)

हाम्रो नेपाली चलचित्र उद्योगमा पर्दामा कम, पर्दा बाहिर बढी नाटक हुन्छ । बढो दुःख लाग्छ । सबैले सबैको हितका लागि सोचेर समग्र क्षेत्रको उन्नती र विकासको बारेमा सोच्नुपर्ने । दूरदर्शिता विचार र कार्यले सबैको हित गर्छ । ‘प्रेमगीत ३’ले सिमाना बाहिर बनाएको नेटवर्क र फैलाएको तरंग सबै नेपाली कलाकार र प्राविधिक एवं मेकरको सपना थियो हिजोसम्म । होईन र ? यसले कोरेको नेटवर्कको मार्गले भोलिका दिनमा एक मानेमा सबै मेकर र कलाकारलाई एउटा सहजता लिएर आँउछ । त्यसैले जुन सहयोग र समझदारीको आवश्यकता छ आज, सबैले त्यसै अनुसार सहयोग गरौ न ! सबैको जय होस् ।

सुरेश दर्पण पोखरेल (निर्देशक)

अर्ध सत्य कहिलेकाही  नितान्त फरक हुन्छ । ‘प्रेमगीत ३’को अन्तराष्ट्रीय बजार प्रवेशमा कसैको ईष्र्या छैन । यो गलत प्रचारबाजी गरिँदैछ । अधिकांश चलचित्रकर्मीले बधाई स्वागत गरेकै छन् । भारतमा सेन्सर गरिएको, हिन्दीमा डब गरिएको, भारतीय कम्पनीलाई सर्वाधिकार बेचिएको फिल्मको हिन्दी भर्सनको नेपालमा बिना सेन्सर त्यो पनि अझै सबैलाई लाग्ने १५% विकास शुल्क छूट गराएर कसरी प्रदर्शन इजाजÞत दिन मिल्छ ? उग्रराष्ट्रवादको म पनि विरोधी हूँ तर भारतलाई मित्रवत रूपमा हेर्ने भन्दै गर्दा के नेपाल भारतको प्रान्त हो त ?  भारतको सेन्सर, हिन्दी भाषा, भारतीय कम्पनीको सर्वाधिकार अनि नेपाल सरकारले कर छूट दिनुपर्ने ? नेपाल एउटा सार्वभौम सम्पन्न मुलुक हो र यसका आफÞना नियम, कानुन, विधान छन् जसलाई सबैले मान्नुपर्दछ । हो, प्रेमगीत ३ (नेपाली )लाई यसले अन्तराष्ट्रिय बजार प्रवेशमा गरेको योगदान स्वरूप विकाश बोर्डले सम्मान त गरिसकेको छ त्यस अलावा पनि थप सुविधाहरू आवश्यकता छ भने प्रदान गर्दा भने फरक पर्दैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x