असोज ३०, २०७९
साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...
काठमाडाैं | असोज ६, २०७९
भक्तपुर नगरपालिका वडा नम्बर– ५ को त्रिपुरासुन्दरी टोलमा बुधबार विहान वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे आफैं स्थानीयको स्वास्थ्य परीक्षण गरिरहेका थिए ।
त्यसदिन मात्रै उनले स्थानीयको स्वास्थ्य जाँच गरेका होइनन् । यो उनको नियमित रुटिन नै हो । गत वैशाखमा भएको चुनावमा बिजुक्छे वडाध्यक्ष निर्वाचित भएका थिए ।
भक्तपुर नगरपालिकाभित्रका हरेक टोलमा स्थानीय सरकारले घरदैलोमै गएर जनताको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम चलाएको छ । सबै वडाले स्वास्थ परीक्षणको कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिइरहेका छन् ।
त्यही कार्यक्रममा वडा अध्यक्ष बिजुक्छे पनि खटिन्छन् । हरेक दिन बिहान स्थानीयको घरघरमा गएर स्वास्थ्य परीक्षण हुन्छ ।
बिजुक्छे भने सबै दिन स्वास्थ्य परीक्षणमा खट्न भ्याउँदैनन् । समय मिल्दा उनी आफ्ना प्राविधिक टीमसँगै स्थानीयको स्वास्थ्य परीक्षणमा जान्छन् र आफैँले स्थानीयको ब्लडप्रेसर जाँच्छन् ।
बुधवार उनी भक्तपुरको वडा नम्बर ५ त्रिपुरासुन्दरी टोलमा स्थानीयको ब्लड प्रेसर जाँच गरिरहेका थिए । वडाध्यक्ष आफैँ ब्लड प्रेसर जाँच्न आएको देखेपछि अरू स्थानीयहरू पनि क्रमशः जम्मा हुन थाले ।
सोही क्रममा स्थानीय सानुमाया नापितले वडाध्यक्षसँगै प्रेसर जँचाइन् । उनको प्रेसर ठीक रहेछ । बिजुक्छेले नापितको प्रेसर ठीक रहेको जानकारी आफ्नो मेडिकल टीमलाई दिए ।
मेडिकल टीमले रेकर्ड तयार गर्यो । रिपोर्ट राम्रो आउँदा नापित खुशी भइन् । वडाध्यक्ष आफ्नै टोलमा आएर ब्लड प्रेसर जाँच गरिदिँदा नापित अझ बढी खुशी देखिइन् ।
उनले भनिन्, ‘वडाध्यक्षसँगै प्रेसर जचाउन पाएँ । धेरै खुशी लाग्यो । हाम्रो वडाध्यक्षले धेरै राम्रो काम गर्नुभएको छ ।’
वडाको मेडिकल टीम हरेक टोलमा पालैपालो पुग्छ र स्थानीयलाई बोलाएर स्वास्थ्य जाँच गर्छ ।
नापितले भनिन्, ‘उहाँहरू स्वास्थ्य परीक्षण गर्न आउनुहुन्छ । उहाँहरू आएको हामीले थाहा पाएनौं भने घन्टी बजाएर बोलाएर जाँच गरेरै जानुहुन्छ ।’
वडाले घरमै आएर स्वास्थ्य जाँच गरिदिएकोमा स्थानीय खुशी छन् ।
‘प्रेसर जचाउन अस्पताल गयो भने घन्टौं लाइन बस्नुपर्छ । यहाँ त घरघरमा आएर जाँच गरिदिनुहुन्छ । हामीलाई असाध्यै सजिलो भएको छ’, नापितले भनिन् ।
स्थानीय लक्ष्मी अवाले मर्निङवाकबाट आउँदै गर्दा वडाको टोलीले स्वास्थ्य जाँच गरिरहेको देखिन् । उनलाई पनि आफ्नो प्रेसर जचाउन मन लाग्यो । वडाध्यक्ष बिजुक्छेसमक्ष गइन् र प्रेसर जँचाइन् ।
अवाले भन्छिन्, ‘वडा अध्यक्षसहितको स्वास्थ्य टोली हाम्रै घर आँगनमा आउँदा सम्बन्ध घनिष्ट हुन्छ । हाम्रा केही समस्या भए पनि सजिलै राख्न पाइन्छ ।’
भक्तपुर नगरपालिकामा स्थानीय सरकारले राम्रो काम गरिरहेको र भक्तपुरवासी हुन पाएकोमा आफूहरूलाई असाध्यै खुशी लाग्ने अवालेले बताइन् ।
‘हाम्रा जनप्रतिनधिले राम्रो काम गरिरहनुभएको छ । मलाई त म भक्तपुरवासी भएकोमा गर्व लाग्छ,’ उनले भनिन् ।
स्थानीयको घरघरमा स्वास्थ्य परीक्षण गर्न जाने वडाध्यक्ष बिजुक्छे आफैं भने स्वास्थ्यकर्मी होइनन् । स्वास्थ्य टीमसँग जाँदा उनले स्थानीयको ब्लड प्रेसर मात्रै जाँच्छन् । यो पनि काम गर्दागर्दै उनले जानेका हुन् ।
‘म स्वास्थ्य चिकित्सक होइन । कुनै औपचारिक तालिम लिएको पनि छैन तर मलाई राम्रोसँग प्रेसर नाप्न आउँछ’, बिजुक्छेले भने ।
उनी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेका कान्छा भाइ हुन् । उनको परिवार नै राजनीतिमा थियो ।
पञ्चायतकालमा राजनीतिक गतिविधिमा संलग्न भएका कारण उनीहरू पक्राउ परिरहन्थे । लामो समयसम्म जेलमा बस्नुपर्ने हुन्थ्यो । तर, उनको आमालाई भने मानसिक तनाव हुन्थ्यो । त्यही कारण आमाको ब्लड प्रेसर बढ्यो । प्रेसरकै कारण पक्षघात भयो ।
त्यसपछि भने आमालाई निरन्तर ब्लड प्रेसर जचाउन अस्पताल लैजानुपर्ने भयो । यो जिम्मेवारी कान्छो छोरा योगेन्द्रमानको काँधमा आयो ।
पक्षघात भएको बिरामीलाई निरन्तर अस्पताल लैजाने ल्याउने कठिन र झञ्झटिलो काम थियो । बिरामीलाई पनि उत्तिकै पीडादायी हुन्थ्यो ।
यस्तो समस्या नियमित देखिरहेकी स्थानीय नर्सले बिजुक्छेलाई ब्लड प्रेसर जाँच्न सिकाइन् ।
आफैँले आमाको ब्लड प्रेसर जाँच्न थालेपछि परिवारका सदस्यले घरमा आफूलाई स्वास्थ्य मन्त्री भनेर जिस्क्याउने गरेको उनले सुनाए ।
त्यसबेला, बाध्यताले सिकेको काम अहिले सामाजिक सेवामा प्रयोग गर्न पाएकोमा बिजुक्छे खुशी छन् ।
‘अरूले जनतासँग भोट मात्रै माग्छन् । तर, नेमकिपाले जनताको सेवा गर्छ’, उनले भने ।
हेर्नुहोस्, भिडियो :
साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...
काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत बनेका अनधिकृत भौतिक संरचनाहरू भत्काएपछि असरल्ल छाडिएको करिब ४ महिना बितिसकेको छ । भत्काइएका संरचनाको अहिलेसम्म उचित व्यवस्थापन हुन नसक्दा शहर नै कुरुपझैं ...
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ । फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका...
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरद...
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने क्रममा अवरोध भएको छ । महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत सोमवार दिउँसो डोजर चलाउन शुरू गर...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...