×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

दलहरूमा टिकटको रस्साकस्सी : यी हुन् तल्ला कमिटीबाट एकल सिफारिश भएका नेता

असोज ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मंसिर ४ गते हुने चुनावमा दलहरूले उम्मेदवार चयन प्रक्रिया थालेका छन् । असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । 

Muktinath Bank

उम्मेदवार बन्न चाहनेहरू नेताका घर दैलो चहारिरहेका छन् । उम्मेदवारी पक्का गराउनका लागि कतिपयले एकल सिफारिशको प्रयत्न गरेका छन् । एकभन्दा बढीको सिफारिश भएको ठाउँमा पनि नेताहरूले टिकट फुत्काउनका लागि सम्भावित सबै उपाय लगाइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएर दलका शीर्ष नेताहरू भने प्रत्यक्षतर्फको उम्मेदवार छान्ने चटारोमा छन् । सत्तारूढ गठबन्धनमा रहेका दलहरूलाई भने सीट बाँडफाँटको लफडाले अझै छाडेको छैन । 


Advertisment
Nabil box
Kumari

गठबन्धनको मुख्य प्रतिस्पर्धी दलले भने प्रत्यक्षतर्फको उम्मेदवार छान्नका लागि प्रारम्भिक काम गरिरहेको छ । समानुपातिकमा सकेसम्म नयाँ अनुहार र यसअघि अवसर नपाएको व्यक्तिलाई समेटेको एमालेले प्रत्यक्षतर्फको उम्मेदवार पनि सकेसम्म विवादरहित बनाउने दाबी गरेको छ ।

Vianet communication
Laxmi Bank

अन्य दलहरूको सामूहिक घेराबन्दीका बीच चुनाव लड्नुपर्ने परिस्थितिको सामना गरिरहेको एमालेलाई लोकप्रिय उम्मेदवार दिनुपर्ने बाध्यता छ । त्यसका लागि एमालेका शीर्ष नेताहरू निर्वाचन क्षेत्र, मतदाताको मनस्थितिअनुसारको उम्मेदवार खोजिरहेका छन् । 

तर, एमालेमा निर्वाचन क्षेत्रबाट नै एकल सिफारिश भएर आएका उम्मेदवारको संख्या धेरै भएकाले टिकट वितरणमा केही सजिलो रहेको एमालेका नेताहरू बताउँछन् ।

प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये एमालेमा ३३ प्रतिशत अर्थात ५६ सिटका लागि उम्मेदवार एकल सिफारिश भएका छन् । 

एमालेले क्षेत्रीय निर्वाचन कमिटीबाट जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीलाई एक महिलासहित ३ जनाको नाम सिफारिश गर्न निर्देशन दिएको थियो । तर, ५६ स्थानबाट एकल सिफारिश आएको छ । यसरी एकल सिफारिश भएर आएका नेताहरूको टिकट लगभग पक्का भएको एमालेका नेताहरूको बुझाइ छ । 

एमालेमा प्रदेश १ बाट ११ निर्वाचन क्षेत्र र मधेश प्रदेशबाट ८ क्षेत्रमा एकल नाम सिफारिश भएको छ ।

बाग्मती प्रदेशमा ७ स्थान, गण्डकीमा ३, लुम्बिनीमा १२, कर्णालीमा ६ स्थान र सुदूरपश्चिममा ९ स्थानमा एकल सिफारिश भएको छ ।

प्रदेश– १ मा पर्ने जिल्लाअन्तर्गतका निर्वाचन क्षेत्रमध्ये झापा– १ मा रविन कोइराला, झापा– ५ मा केपी शर्मा ओली, इलाम– १ मा महेश बस्नेत, इलाम– २ मा सुवास नेम्वाङ, मोरङ– २ मा ऋषिकेश पोखरेल, मोरङ– ३ मा भानुभक्त ढकाल, मोरङ– ४ मा विनोद ढकाल, सुनसरी– १ मा जयकुमार राई, सुनसरी– ३ मा भगवती चौधरी धनकुटामा राजेन्द्र राई र सोलुखुम्बुमा मानवीर राईको नाम एकल सिफारिश भएको छ । 

त्यसैगरी, मधेश प्रदेशमा रहेका प्रतिनिधि सभातर्फका ३२ वटा निर्वाचन क्षेत्रमध्ये एमालेका ८ उम्मेदवार एकल सिफारिश भएका छन् । एकल सिफारिश हुनेमा पर्सा–३ मा राजकुमार गुप्ता, बारा– २ मा बलवीर चौधरी, बारा– ४ मा देवनारायण चौधरी, रौतहट– ३ मा प्रभु साह, सर्लाही– २ मा राजनारायण साह, धनुषा– ३ मा जुली महतो, धनुषा– ४ मा रघुवीर महासेठ, सिराह– ३ मा लीलानाथ श्रेष्ठको नाम आगामी चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारमा एकल सिफारिश भएको छ । 

बागमती प्रदेशका रहेका निर्वाचन क्षेत्रमध्ये एमालेमा ७ निर्वाचन क्षेत्रबाट एकल उम्मेदवार सिफारिश भएका छन् । त्यसरी सिफारिश हुनेमा काभ्रे– २ बाट गोकुल बाँस्कोटा, काठमाडौं– २ बाट मणिराम फुयाँल, काठमाडौं– ३ बाट कृष्ण राई, काठमाडौं– ४ बाट राजन भट्टराई, काठमाडौं– ५ बाट ईश्वर पोखरेल, नुवाकोट– १ बाट बद्री मैनाली र चितवन– ३ बाट रामप्रसाद न्यौपानेको नाम उम्मेदवारका लागि एकल सिफारिश भएको छ ।

उता गण्डकी प्रदेशमा ३ वटा निर्वाचन क्षेत्रबाट मात्रै एकल नाम सिफारिश भएको छ, जसमा नवलपुर– २ बाट तिलकबहादुर महत, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ र मनाङबाट पाल्देन छोपाङ गुरुङ छन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशभित्र पर्ने प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये पाल्पा– २ मा ठाकुर गैरे, गुल्मी– १ मा प्रदीप ज्ञवाली, अर्घाखाँचीबाट टोपबहादुर रायमाझी, प्युठानबाट सूर्य थापा, दाङ– २ बाट शंकर पोखरेल, कपिलवस्तु– २ बृजेशकुमार गुप्ता, कपिलवस्तु– ३ बाट मंगलप्रसाद गुप्ता, रूपन्देही– १ बाट छविलाल विश्वकर्मा, रूपन्देही– २ बाट विष्णुप्रसाद पौडेल, रूपन्देही– ४ बाट कृष्णप्रसाद भुसाल, रूपन्देही–५ बाट खिमलाल भट्टराई र रोल्पाबाट पूर्ण बुढामगरको नाम एकल सिफारिश भएको छ । 

एकल नाम सिफारिश भएकामध्ये शंकर पोखरेल पार्टी महासचिव हुन् । विष्णु पौडेल उपाध्यक्ष र प्रदीप ज्ञवाली उप¬–महासचिव छन् । टोपबहादुर रायमाझी माओवादी केन्द्रबाट एमालेमा आएका हुन् । उनी पार्टीको सचिव छन् । 

एमालेमा डोल्पामा बम्दी बोहोरा, हुम्लामा दल रावल, मुगुमा मोहन बानियाँ, जुम्लामा रतननाथ योगी, कालिकोटमा नागिन्द्र शाही, सल्यानमा गुलाबजंग शाहको नाम प्रतिनिधिसभामा एकल उम्मेदवाररूपमा नाम सिफारिश भएको छ । 

दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दमोदार भण्डारी, डडेलधुरामा पठानसिंह बोहोरा, डोटीमा, चक्र मल्ल, अछाम– १ मा भीम रावल, अछाम– २ यज्ञराज बोगटी, कैलाली–३ मा गौरीशंकर चौधरी, कैलाली– ४ मा लेखराज भट्ट र कैलाली– ५ मा नारदमुनि रानाको नाम एकल सिफारिश भएको छ । 

यसरी तल्लो तहबाट एकल नाम सिफारिश भएर आएका नेताहरूको नाम टिकटका लागि कन्फर्मजस्तै छ ।

कांग्रेसमा टिकटको मारामार 

एमालेको तुलनामा कांग्रेसभित्र टिकटको धेरै मारामार देखिन्छ । कांग्रेसमा संस्थापन पक्ष र डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापनइतर पक्षको बीचमा निर्वाचनको टिकटमा लडाइँ छ । सत्तारूढ दलहरूसँग चुनावी तालमेलको निर्णय गरेको कांग्रेसले प्रत्यक्षतर्फको निर्वाचनका लागि कति सीट पाउने अझै टुंगो लागिसकेको छैन ।

कांग्रेसले तल्लो तहबाट भदौ २२ भित्र केन्द्रमा आइपुग्ने गरी उम्मेदवार सिफारिश गर्न भनेको थियो । तर, कांग्रेसमा निर्वाचन क्षेत्रीय समितिको सभापति, प्रदेश सभापति र केन्द्रका नेताको निर्देशनमा उम्मेदवारको नाम सिफारिश भएको भन्दै आन्तरिकरूपमा चरम असन्तुष्टि छ । तर, पनि कांग्रेसमा देशभरबाट प्रतिनिधिसभा निर्वाचनको लागि कुल १८ निर्वाचन क्षेत्रमा एकल नाम सिफारिश भएको छ । 

कांग्रेसमा डडेलधुराबाट पार्टी सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिश भएको छ । सुर्खेत– १ बाट पूर्णबहादुर खड्का, काठमाडौं– ४ बाट गगन थापा, झापा–१ बाट विश्वप्रकाश शर्मा, सुनसरी– ४ बाट ज्ञानेन्द्रबहादुर कार्की, झापा–३ बाट कृष्णप्रसाद सिटौला, कैलाली– ५ बाट आरजु राणा, पाँचथरबाट भीष्मराज आङदेम्बेको नाम एकल सिफारिश भएको छ । एकल सिफारिश भएकी आरजु समानुपातिकतर्फ समेटिएकी छिन् । 

त्यसैगरी, धनकुटाबाट सुनिल थापा, मोरङ– ३ बाट सुनिल शर्मा, सुनसरी– ३ विजयकुमार गच्छदार, रौतहट– २ बाट अफताब आलम, रुपन्देही–२ र ३ बाट बालकृष्ण खाँण, काभ्रे– १ बाट तीर्थ लामा, सिन्धुपाल्चोक– १ बाट मोहन बस्नेतको नाम सिफारिश भएको छ । 

काठमाडौं– ५ बाट डा.प्रकाशशरण महतको नाम सिफारिश भए पनि उनी समानुपातिकतर्फका उम्मेदवार बनेका छन् । 

सोलुखुम्बुबाट आङ्गेलु शेर्पाको नाम सिफारिश भएको छ । कञ्चनपुर– १ मा देवानसिंह विष्टको एकल नाम सिफारिश भएको छ ।

माओवादीमा सीट बाँडफाँटको पर्खाइ

पाँचदलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको माओवादी केन्द्रमा भने अझै सबै जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फका उम्मेदवार केन्द्रमा सिफारिश भइसकेका छैनन् । केही जिल्लाबाट मात्रै उम्मेदवार सिफारिश भएर आएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए । 

‘गठबन्धनमा सीट र निर्वाचन क्षेत्र बाँडफाँटको टुंगो लागेपछि मात्रै प्रत्यक्षतर्फको उम्मेदवार सिफारिश हुन्छ । समानुपातिकतर्फका उम्मेदवारको मात्रै सिफारिश मागेर बन्द सूची निर्वाचन आयोगमा पेश गरेका हौं’, ढकालले भने ।

माओवादी केन्द्रमा अहिलेसम्म तल्लो तहबाट प्रत्यक्षतर्फका उम्मेदवार सिफारिश भएर आएकामध्ये पाँचथरमा हर्कबहादुर नेम्वाङ (मिक्सो), झापा– १ बाट राम कार्की, झापा–२ बाट राजु आचार्य, झापा–४ बाट झलकसिंह दर्लामीको नाम एकल सिफारिश भएको छ ।

तेह्रथुमबाट इन्द्रबहादुर इम्सोङ लिम्बू, धनकुटाबाट हेमराज भण्डारी, मोरङ– १ बाट प्रेम मिभक लिम्बू, मोरङ– २ बाट गणेश उप्रेती सुशील, मोरङ– ४ बाट अमनलाल मोदी, मोरङ– ५ बाट शिवकुमार मण्डल र ओखलढुंगाबाट राम कार्कीको नाम एकल सिफारिश भएको छ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिश भएका छन् । बस्नेत यसअघि ०७०/७४ मा जाजरकोटबाट प्रतिनिधिसभाको सदस्यकारूपमा निर्वाचित भएका थिए । उनले यसअघि स्वास्थ्य, वन र गृहमन्त्रीको रूपमा काम समेत गरिसकेका छन् ।

यस्तै अर्की उपमहासचिव एवं ऊर्जामन्त्री पम्फा भुसालको नाम ललितपुर ३ बाट एकल सिफारिश भएको छ ।

नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य कल्पना शर्मालाई काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिश गरेको छ ।

क्षेत्र नं. ५ का लागि पार्टी इन्चार्ज समेत रहेकी केन्द्रीय सदस्य शर्मा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयरको प्रत्यासी थिइन । टोखा बुढानिलकण्ठ क्षेत्रमा निकै सक्रिय शर्मा बागमती प्रदेशको योजना आयोग सदस्यको रुपमा समेत काम गरिसकेकी छिन् ।

भक्तपुरका २ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ मा सुरेश न्यौपाने र क्षेत्र नम्बर–२ मा रामप्रसाद सापकोटा दीपशिखाको नाम सिफारिश भएको छ । रूपन्देहीको क्षेत्र नम्बर– २ बाट विनोद पहाडीलाई सिफारिश गरिएको छ । पहाडी संविधान सभा सदस्य एवं नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वअध्यक्ष हुन् ।

त्यसैगरी, रौतहट क्षेत्र नम्बर– २ मा अशोक जयसवालको नाम एकल सिफारिश भएको छ । पाल्पाको क्षेत्र नम्बर– १ मा प्रतिनिधिसभातर्फ लीला सोमई सिफारिश भएकी छिन् ।

उनी २०६४ को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ जितेकी थिइन् ।

पाँचदलीय गठबन्धनमा हुने सिट बाँडफाँटका आधारमा माओवादी केन्द्रले कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाग्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x