×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

निर्वाचन आयोगलाई अर्थ मन्त्रालयको जवाफ : चुनाव प्रभावित गर्ने उद्देश्यले बजेट खर्च गरिएको छैन

असोज ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले निर्वाचन क्षेत्र लक्षित गरेर विभिन्न आयोजनामा रकमान्तर नगरेको जवाफ अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई पठाएको छ । 

Muktinath Bank

वार्षिक बजेटमै नराखिएको योजनामा अर्थ मन्त्रालयले चुनाव प्रभावित गर्ने गरी ४५ अर्ब २८ करोड रूपैयाँ रकमान्तर गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि आयोगले गत बिहीवार अर्थसचिव कृष्णहरि पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले सोही स्पष्टीकरणको जवाफ पठाएर निर्वाचन प्रभावित गर्ने उद्देश्यले बजेट रकमान्तर गर्ने, स्रोत सहमति प्रदान गर्ने काम नभएको स्पष्ट पारेको हो । 


Advertisment
Nabil box
Kumari

निर्वाचन आयोगले प्रेस विज्ञप्ति नै प्रकाशन गरेर अर्थमन्त्रालयलाई स्पष्टीकरण सोधेको थियो । आयोगको विज्ञप्तिमा भनिएको थियो, ‘स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थमन्त्रालयबाट कुन–कुन निकायमा के–कति रकम कुन–कुन आयोजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने विषयमा अर्थ सचिवले २४ घण्टाभित्र निर्वाचन आयोगलाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिएको छ ।’ 

Vianet communication
Laxmi Bank

उक्त स्पष्टीकरणको जवाफमा अर्थ मन्त्रालयले संसद्बाट स्वीकृत बजेट र विद्यमान कानूनकै अधिनमा रहेर बजेट कार्यान्वयन भइरहेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । 

‘मन्त्रालयले विद्यमान कानून र व्यवस्थाअनुसार बजेट कार्यान्वयनको काम गरिरहेको छ । विभिन्न मन्त्रालयबाट मन्त्री तथा सचिवस्तरको निर्णयबाट माग भएका कतिपय आयोजनामा उक्त मन्त्रालयको बजेट सिलिङभन्दा बढी नहुने गरी स्रोत सहमति प्रदान गर्ने काम अघिल्ला वर्षहरूमा पनि हुने गरेका थिए । यसमा निर्वाचन आयोगले रोक लगाएको पनि छैन’, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने ।

सत्ता गठबन्धनका प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रलाई लक्षित गरेर विभिन्न अर्थ मन्त्रालयबाट विभिन्न आयोजनामा रकमान्तर भएको भन्ने उजुरी निर्वाचन आयोगमा परेको थियो । उक्त उजुरीमा दाबी गरिएजस्तो मन्त्रालयले चुनाव लक्षित गरेर विभिन्न आयोजनामा रकमान्तर नगरेको अर्थ मन्त्रालयले बताएको छ ।

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई पठाएको स्पष्टीकरणमा भनिएको छ, ‘कतिपय विषयगत मन्त्रालयले बजेट तर्जुमा तथा स्वीकृतिका चरणमा आकलन गर्न नसकेको स–साना कार्यक्रमहरूलाई विषयगत मन्त्रालयले अ–बण्डारूपमा केही बजेट राखिएको भए तिनीहरूको बाँडफाँड २०७९ असोज मसान्तभित्र गरिसक्ने गरी बजेट कार्यान्वयन मार्गदर्शनमा व्यवस्था भएअनुरूप त्यस्ता कार्यक्रमहरू बाँडफाँट हुने गरेका छन् ।’

चालु आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा विगत वर्षहरूमा झै आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड सम्बन्धित मन्त्रालयको मन्त्री तथा सचिवस्तरको निर्णयबाट अनुरोध हुने तथा ठूला आयोजनाको हकमा राष्ट्रिय योजना आयोगबाट सिफारिस भई आउने गरेको हुँदा ती आयोजनाको लागि स्रोत सहमति प्रदान गर्ने गरिएको मन्त्रालयले बताएको छ । 

यसरी सहमति प्रदान गर्दा मूलतः मन्त्रालयका बजेट सिलिङ भित्रैबाट नै बजेट व्यवस्थापन गर्न लेखी पठाउने गरिएको काफ्लेले बताए । 

स्वीकृत बजेट तथा कार्यक्रम बमोजिमका आयोजनाहरू कार्यान्वयनमा सहजीकरण गर्ने र सरकारको पुँजीगत खर्च बढाई सार्वभौम संसद्बाट स्वीकृत बजेट वक्तव्यमा उल्लेखित उद्देश्य र लक्ष्य प्राप्तिका लागि विगत वर्षहरूमा झै यस प्रकारको आयोजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न सहमति प्रदान गर्ने गरिएको मन्त्रालयले निर्वाचन आयोगलाई पठाएको स्पष्टीकरणमा उल्लेख छ । 

बजेट कार्यान्वयनको सन्दर्भमा संसद्बाट स्वीकृत बजेट र विद्यमान कानूनभन्दा बाहिर गएर अर्थ मन्त्रालयले कुनै काम नगरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । 

उनले भने, ‘बजेट कार्यान्वयनको सन्दर्भमा नियमित कामहरू गरेका छौँ । त्यसअनुसार भएका कामहरूको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएका छौँ ।’

बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्डका आधारमा विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवले निर्णय गरेर आयोजनाका लागि बजेट माग्ने गरेको र सम्बन्धित मन्त्रालयको स्वीकृत बजेट सिलिङभन्दा बढी नहुने गरी स्रोत सहमति प्रदान गर्न निर्वाचन आयोगले अहिलेसम्म रोक लगाएको काफ्लेले बताए । 

‘निर्वाचन आचारसंहिता लागू भइसकेको पनि छैन । विभिन्न मन्त्रालयबाट निर्णय भएर आउने आयोजनामा त्यही मन्त्रालयको स्वीकृत बजेट सिलिङभन्दा बढी नहुने गरी स्रोत सहमति प्रदान नगर्नु भन्ने त्यस्तो कुनै व्यवस्था पनि छैन’, काफ्लेले भने । 

कतिपय ठूला आयोजनाको हकमा राष्ट्रिय योजना आयोगबाट सिफारिस भई आउने गरेको र त्यसका लागि पनि मन्त्रालयले स्वीकृत बजेटकै सिलिङमा रहेर स्रोत सूनिश्चितता दिने गरेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x