कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
असोज १०, २०७९
केही दिनअघि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका राजनीतिक दलहरू अब प्रत्यक्षतर्फका उम्मेदवार चयनको तयारीमा छन् ।
समानुपातिकतर्फ ३३ प्रतिशत महिला उम्मेदवार पुर्याउनुपर्ने कानूनी बाध्यता छ । प्रत्यक्षतर्फ पनि सोही अनुपातमा उम्मेदवार पुर्याउन दलका महिला नेत्रीहरू तीब्र लबिङमा छन् । कतिपयले त खुलारूपमा टिकटको दाबेदारी गरेर फिल्डमा चुनावको तयारी गरिरहेका छन् ।
संसद्मा आउन चाहेका केही प्रभावशाली महिला नेत्रीहरूले भने समानुपातिकको सजिलो बाटो रोजेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा शुरूमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चर्चा गरे पनि अन्तिममा भने समानुपातिक उम्मेदवारको सूचीमा नाम लेखाइएकी छिन् ।
समानुपातिकतर्फ महिलाहरूमध्ये उनको नाम पहिलो स्थानमा छ । सूचीको ८ औं नम्बरमा उनको नाम समावेश भए पनि उनीभन्दा अगाडि अरू ७ जना पुरुष नेताको नाम उल्लेख भएको छ । आरजुलगत्तै गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाणको नाम समावेश भएको छ ।
तर, कतिपय महिला नेतृहरू भने समानुपातिकको सजिलो बाटो छाडेर प्रत्यक्षतर्फ उम्मेदवार बन्ने दौडधुपमा छन् ।
२०७४ को चुनावबाट प्रतिनिधि सभामा जम्मा ६ जना महिला प्रत्यक्षतर्फबाट चुनाव जितेर आएका थिए । त्यसमा पनि दलहरूले असाध्यै थोरै संख्यामा मात्रै महिला उम्मेदवारलाई टिकट दिएका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा एक मात्र महिला रहेकी महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानपुरबाट चुनाव लड्ने तयारीमा छिन् । २०७४ सालको चुनावमा डीना तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । यसपटक ५ वर्ष अगाडिको हार बिर्साउने उनको सोच छ । तर, सत्तारूढ गठबन्धनमा उक्त क्षेत्र कुल दलको भागमा पर्छ भन्ने कुराले भने उपाध्यायको उम्मेदवारी अन्योलमा छ ।
खतिवडा गठबन्धनमा रहेको एकीकृत समाजवादीका शसक्त नेता हुन् । वाम तालमेल हुँदा मकवानपुर २ मा एसका नेता खतिवडाले दाबी गरिरहेका छन् ।
अहिले उपसभामुखको जिम्मेवारीमा रहेकी कांग्रेस नेतृ पुष्पा भुसाल अर्घाखाँचीबाट चुनाव लड्ने मनस्थितिमा छिन् । २०७४ सालमा समानुपातिकबाट सांसद बनेकी भुसाल अब भने प्रत्यक्षतर्फकै उम्मेदवार बन्दा उनले एमालेका सचिव टोपबहादुर रायमाझीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । गठबन्धनमा उक्त क्षेत्र कांग्रेसको भागमा पर्यो भने उनले टिकटकै लागि कांग्रेसभित्र ठूलै प्रयास गर्नुपर्ने हुन्छ ।
कांग्रेसको १४ औं महाधिवेशनमा महिलातर्फ सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी डिला संग्रौला मोरङबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा छिन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकाको मेयरको टिकट पाएको भए चुनाव लड्ने मुडमा रहेकी संग्रौला अहिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमै चुनाव लड्ने तयारीमा रहेको बताउँछिन् ।
‘समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका लागि र प्रत्यक्ष पुरुषहरूको लागि हो भन्ने गलत मान्यता स्थापित गर्न खोजिँदैछ । म प्रत्यक्षमै चुनाव लड्नेगरी फिल्डमा खटिएकी छु’, संग्रौलाले भनिन् ।
उनी मोरङ ६ बाट चुनाव लड्ने दाबी गरिरहेकी छिन् । तर, मोरङ ६ कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाको क्षेत्र हो । मोरङ ६ बाट शेखरसँगै संग्रौलाको नाम पनि सिफारिश भएको छ । उनको हकमा पनि उक्त निर्वाचन क्षेत्र कांग्रेसको भागमा पर्छ कि पर्दैन भन्ने कुराले उम्मेदवारी के हुने भन्ने टुंगो लाग्छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रहेकी चित्रलेखा यादव संसद्को कार्यकाल सकिनुअघि नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतक थिइन् । उनी २०५६ मा सिरहा– २ बाट प्रत्यक्ष निर्वाचित भएर उपसभामुख बनेकी थिइन् ।
२०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । तर, यसपटक भने उनको नाम सिरहा–१ बाट प्रत्यक्षतर्फ सिफारिश भएको छ ।
उक्त क्षेत्रबाट उम्मेदवार बन्दै आएका कांग्रेस नेता प्रदीप गिरीको केही समयअघि निधन भएको छ । गठबन्धनको भागबण्डामा सिरहा– १ कांग्रेसले पाउँदा यादव नै उम्मेदवार बन्ने अवस्था रहेको कांग्रेसका नेताहरू बताउँछन् ।
पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले मंसिर ४ को चुनावमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्ने चाहना व्यक्त गरेकी छिन् । कांग्रेसमा गुट परिवर्तन गरेर प्रकाशमान सिंह खेमा हुँदै सभापति देउवाको खेमामा पुगेकी सुजाताले कांग्रेसका अर्का नेता मिनेन्द्र रिजाल उम्मेदवार हुँदै आएको मोरङ– २ बाट उम्मेदवार बन्ने आकांक्षा राखेकी छिन् ।
मोरङ– २ बाट कोइराला र रिजाल दुवैको नाम सिफारिश भएको छ । यसअघि कोइराला पटक–पटक समानुपातिक सांसद बनेकी थिइन ।
उनीहरूबाहेक कांग्रेसमा प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि धेरै महिला आकांक्षीहरूको नाम सिफारिश भएको छ ।
कांग्रेसमा सर्वसम्मत उम्मेदवार सिफारिश भएका महिला नेत्रीहरूको संख्या नै करीब २ दर्जनको हाराहारीमा छ ।
कांग्रेसमा तेह्रथुबाट सीता गुरुङ, सुनसरी– १ मा लक्ष्मी खतिवडा, इलामबाट सुजाता परियार, झापा– २ बाट सरिता प्रसाईं, झापा–५ बाट महेन्द्रकुमारी सुब्बाको नाम सर्वसम्मत सिफारिश भएको छ ।
धनुषा– २ बाट मुक्ताकुमारी यादव, महोत्तरी– २ बाट किरण यादवको नाम पनि सर्वसम्मतरूपमा उम्मेदवार सिफारिश भएको छ ।
बाँके– २ बाट किरण कोइराला, बाँके– ३ बाट आशा विक, कैलाली– १ ईश्वरी न्यौपानेको नाम उम्मेदवारका लागि सिफारिस भएका छन् ।
बागलुङ– १ बाट चम्पादेवी खड्काको नाम सिफारिश भएको छ भने काठमाडौं– २ मा प्रतिमा गौतम, काठमाडौं– ३ बाट अम्बिका बस्नेत, काठमाडौं– ८ मा सपना जोशी, काठमाडौं–९ मा नानु बाँस्तोला, ललितपुर– २ मा धना खतिवडा, सिन्धुली– २ मा सुशीला थिङ र चितवन– ३ मा अञ्जली श्रेष्ठको नाम सिफारिश भएको छ ।
****
एमालेमा पदाधिकारीमा रहेका दुई महिलामध्येकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले चुनाव नलड्ने घोषणा गरेकी छिन् । २०७४ सालको चुनावमा बागमती प्रदेशको मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभा सदस्यमा चुनाव लडेकी उपाध्यक्ष शाक्यले चुनाव त जितेकी थिइन् तर, उनले शुरूमै मुख्यमन्त्री बन्न पाइनन् । तर, एमाले विभाजनको संघारमा पुगेको बेला भने उनी थोरै समयमा लागि मुख्यमन्त्री बनेकी थिइन् । यसपटक उनले चुनाव नै नलड्ने घोषणा गरेकी छन् ।
एमालेकी सचिव पद्मा अर्याल भने प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भन्दै चुनावी तयारीमा जुटेकी छिन् ।
२०७४ सालको चुनावमा स्याङ्जा– २ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर उनी एमालेको राजनीतिमा उदाएकी थिइन् ।
पहिलो संविधानसभामा समानुपातिक सांसद बनेर आएकी अर्यालले २०७४ सालमा ‘हेभी वेट’ उम्मेदवारलाई पराजित गरेपछि सरकारमा सहभागी भइन् ।
शुरूमा स्वास्थ्य राज्यमन्त्री बनेकी अर्याललाई पछि भने पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बनाएका थिए । एमालेको केन्द्रीय सचिवालय सदस्य रहेका कारण उनले यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बन्न टिकट पाउने सम्भावना छ ।
२०७४ मा झापा– २ बाट प्रत्यक्षतर्फ उम्मेदवार भएर चुनाव जितेकी पवित्रा निरौला खरेल संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति भएकी थिइन् ।
उनी यसपटक पनि प्रत्यक्षतर्फकै उम्मेदवारी दाबी गरिरहेकी छिन् । तर, झापा– २ बाट चुनाव लड्ने भनेर अग्नि खरेलले तयारी गरिरहेका छन् । महान्यायाधिवक्ताको भूमिकाबाट राजीनामा दिएर खरेल चुनावी तयारीमा लागेका थिए । अग्नि खरेललाई उम्मेदवार बनाउने अवस्थामा पवित्रा निरौला भने समानुपातिकको सूचीमा समेटिएको हुनसक्ने एमाले नेताहरू बताउँछन् । एमालेले समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गरेको छैन ।
२०७६ सालमा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा निर्वाचित भएकी विद्या भट्टराई यसपटक पनि कास्की– २ बाट चुनाव लड्न खोज्दैछिन् । स्व. रवीन्द्र अधिकारीको सेन्टिमेन्टका कारण पनि कास्कीमा विद्यालाई उठाउँदा नै चुनाव जितिने विश्लेषण एमालेभित्र छ । २०७४ सालमा कास्की– २ बाट रवीन्द्रले चुनाव जितेका थिए ।
पछिल्ला दुई निर्वाचनमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई कडा टक्कर दिएकी भगवती चौधरीले फेरि पनि सुनसरी– ३ बाट टिकट पाउने सम्भावना छ । एमालेले सुनसरी– ३ बाट भगवती चौधरीको नाम सर्वसम्मत सिफारिश गरेको छ ।
एमालेमा सर्वसम्मत उम्मेदवार सिफारिश हुने चौधरी र जुली महतो मात्रै हुन् । महतो धनुषा– ३ बाट सर्वसम्मत सिफारिश भएकी छिन् ।
एमाले नेत्री उषाकला राई २०७४ को चुनावमा प्रदेश– १ मा प्रदेश सभा सदस्यको उम्मेदवार थिइन् । पहिलो संविधानसभामा महिला सभासद समूहकी अध्यक्ष समेत रहेकी थिइन् । उनको निर्वाचन क्षेत्र खोटाङ हो । उनी यसपटक प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा छिन् ।
एमालेमा प्रत्यक्षतर्फ टिकटको दाबेदारी गरिरहेकी अर्की सशक्त नेत्री हुन् विन्दा पाण्डे । उनले संसद् चुनावमा ३३ प्रतिशत महिलालाई टिकट दिनुपर्छ भनेर जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गराएकी थिइन् ।
संविधानसभा र २०७४ सालमा प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी पाण्डे यसपटक प्रत्यक्षतर्फको उम्मेदवार भएर चुनाव लड्ने तयारीमा छिन् । पाण्डेको नाम नुवाकोट– १ बाट उम्मेदवारकोरूपमा सिफारिश भएर आएको छ ।
त्यसैगरी, भर्खरै कार्यकाल सकिएको प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलकी सचेतक रहेकी शान्ता चौधरी पनि टिकट पाएमा दाङबाट चुनाव लड्ने सोचाइमा छिन् । तर, उनको निर्वाचन क्षेत्रबाट एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार हुने भएकाले उनले आफ्नै क्षेत्रबाट टिकट पाउने सम्भावना कम छ ।
उनीहरूबाहेक एमालेमा मोरङ– १ बाट शिवमाया तुम्बाहाम्फे, कञ्चनपुर– ३ बाट निरुदेवी पाल, दाङ– १ बाट शान्ता चौधरी र गंगा थारु, काभ्रे– १ बाट नविना लामाको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा सिफारिश भएको छ ।
****
माओवादी केन्द्रमा पनि प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने दबाब सिर्जना भइरहेको छ । माओवादी केन्द्रमा प्रत्यक्षतर्फको उम्मेदवार महिलाहरूमध्ये सशक्त दाबेदार हुन्, पम्फा भुसाल । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री रहेकी उनी अहिले माओवादी केन्द्रमा एक्लो महिला पदाधिकारी हुन् ।
उनी ललितपुर– ३ बाट २०७४ मा प्रत्यक्ष निर्वाचित भएकी थिइन् । त्यसैगरी, २०६४ मा पनि सोही क्षेत्रबाट चुनाव जितेकी थिइन् । अहिले पनि उनले ललितपुर– ३ बाटै चुनाव लड्ने तयारी थालेकी छिन् ।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा समानुपातिक उम्मेदवार बनेपछि दाङ– २ बाट नेत्री रेखा शर्मा उम्मेदवार बन्ने चर्चा माओवादी केन्द्रमा छ ।
दाङ– २ बाट रेखा शर्मा र निर्मल आचार्यको नाम सिफारिश भएको छ । सत्ता गठबन्धनमा सीट र निर्वाचन क्षेत्र बाँडफाँट टुंगो नलागेको हुँदा उक्त क्षेत्र माओवादी केन्द्रले नै पाउँछ कि पाउँदैन भन्ने अझै अनिश्चित छ । माओवादीले उक्त क्षेत्र पाएको खण्डमा शर्माले एमालेका महासचिव शंकर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ ।
माओवादी केन्द्रमा प्रत्यक्षतर्फ चुनाव लड्नका लागि झापा–४ बाट धर्मशीला चापागाईं, रोल्पाबाट जयपुरी घर्ती र ओनसरी घर्तीको नाम सिफारिश भएर केन्द्रमा आएको छ । उनीहरू सबै माओवादी केन्द्रको केन्द्रीय सदस्य छन् । ओनसरी घर्ती उपसभामुख समेत भइसकेकी छिन् ।
त्यसबाहेक, रुकुमपूर्वबाट कमला रोका, काठमाडौं– १० बाट अञ्जना विशंखे, कञ्चनपुर– १ बाट बीना मगर, स्याङ्जा– १ बाट अमृता थापा मगर, बाँके– २ पूर्णकुमारी सुवेदी, डोल्पाबाट सत्या पहाडी र मनाङबाट यशोदा गुरुङ सुवेदी प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिश भएका छन् ।
बीना मगर अध्यक्ष प्रचण्डकी बुहारी हुन् भने ओनसरी घर्ती माओवादी केन्द्रका प्रभावशाली नेता एवं उपमहासचिव वर्षमान पुनकी श्रीमती हुन् । त्यसैगरी, सत्या पहाडी अर्का उपमहासचिव शक्ति बस्नेतकी श्रीमती हुन् भने यशोदा गुरूङ सुवेदी माओवादी केन्द्रमा महासचिव देव गुरुङकी श्रीमती हुन् ।
यी ठूला तीन दलबाहेक, एकीकृत समाजवादीबाट सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री गुल्मीबाट चुनाव लड्ने तयारीमा छिन् । उनी गुल्मी– २ बाट उम्मेदवार बन्ने तयारीमा छिन् ।
मधेशकेन्द्रित दलहरूबाट भने प्रत्यक्षतर्फ महिला उम्मेदवार खासै देखिएका छैनन् । जनता समाजवादी पार्टी (जसपा)की नेत्री रेणु यादवले उम्मेदवारी दाबी गरिरहेकी छिन् । तर, उनले टिकट पाउने सम्भावना असाध्यै न्यून रहेको उक्त पार्टीकै नेताहरू बताउँछन् । उनले २०७४ को चुनावमा प्रत्यक्ष उम्मेदवार भएर चुनाव जितेकी थिइन् ।
त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले प्रत्यक्षतर्फ उम्मेदवारी दाबी गरिरहेकी छिन् । उनी यसअघि समानुपातिक सांसद थिइन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेपालकी उपाध्यक्ष हिसिला यमी पनि काठमाडौंबाट प्रत्यक्ष चुनाव लड्ने चर्चा छ ।
नेकपा माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने गरी दुई पार्टीबीच सहमति भएको छ ।
हिसिला २०६४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– ७ बाट विजयी भएकी थिइन् । पछि उनले सोही क्षेत्रमा एमालेका रामवीर मानन्धरसँग चुनाव हारेकी थिइन् ।
त्यसैगरी, बाबुराम–हिसिलापुत्री मानुषी यमी भट्टराई पनि काठमाडौंबाट प्रत्यक्ष चुनाव लड्ने तरखरमा छिन् ।
मानुषीले काठमाडौं– ५ वा ७ कहाँबाट उम्मेदवार बन्ने भन्ने टुंगो गरिसकेकी छैनन् । ७ बाटै उनी उम्मेदवार बन्ने सम्भावना छ ।
राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल प्युठानबाट चुनाव लड्ने तयारीमा छिन् । माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावी मैदानमा जान तयार रहेका नेता वामदेव गौतमले पनि प्युठानबाटै चुनाव लड्ने बताएका छन् ।
सत्तारुढ गठबन्धनमा तालमेल हुँदा पौडेल र गौतमको व्यवस्थापन कसरी हुन्छ भन्नेचाहिँ सन्देहकै विषय छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...