मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको पाटन प्रिमियिर लिग (पिपिएल–२) क्रिकेटको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालयले जितेको छ । फाइनलमा ग्वाल्लेक क्रिकेट क्लबलाई चार विकेटले हराउँदै भीमदत्तले उपाधि हात पारेको हो ।
ग्वाल्लेकले दिएको २०३ रनको विजयी लक्ष्य भीमदत्त शिक्षालयले १८.४ ओभरमा भेट्टायो । विजयी गराउन शतकीय पारी खेल्ने क्रममा सुमित बुडालले एक सय २८ रनको योगदान गरे ।
यसअघि पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गरेको ग्वाल्लेकले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय दुई रन बनायो । उसका लागि नवीन चन्दले ६२ तथा महेश शाहले ६० रन जोडे । भीमदत्त शिक्षालयका राहुल चन्दले दुई विकेट लिए ।
उपाधिसँगै भीमदत्त शिक्षालयले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले जानकारी दिनुभयो । ग्वाल्लेकले रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र पायो ।
यसैबीच ग्वाल्लेकका दीपक बोहरा म्यान अफ द सिरिजसहित बेस्ट ब्याट्सम्यान घोषित भए । बोहराले रु ११ हजार एक सय ११ म्यान अफ द सिरिजवापत र बेस्ट ब्याट्सम्यान घोषित भएवापत रु पाँच हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी ग्वाल्लेककै दीपक जोशी बेस्ट बलर घोषित भए । जोशीले रु पाँच हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पाटन क्रिकेट क्लबको आयोजनामा यही असोज ३ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा २४ टोली सहभागी थिए । गत वर्षदेखि पाटन प्रिमिमियर लिग आयोजना हुँदै आएको छ । गत संस्करणको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...