कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
‘वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अचम्म भयो’, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारीले भने, ‘राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो ।’ कृषि ज्ञान केन्द्रका प्राविधिकलाई रोपो लगेर देखाउन लाँदा खाद्यतत्वको कमी भनेर कृषि जिङ औषधि दिएको तर त्यसको प्रयोगले पनि केही उपलब्धि नभएको उनले बताए ।
सरकारले किसानका आवाजलाई सुनिदिएर क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनीजस्तै म्याग्दे गाउँपालिका–७ स्थित पयेँरका ५० घरधुरीका किसानको माग छ । उक्त क्षेत्रमा २ सय २० रोपनी क्षेत्रफलमा लगाएको धान खेतमा राते रोग लागेपछि यतिबेला किसान चिन्तित हुनुका साथै भोकमरी लाग्ने पिरले छटपटिएका छन् । धान पसाउने समयमा एकाएक रोग लागेर खेतभरिको रोपो पहेँलै भएर डढेपछि अब के खाने भन्ने चिन्ता किसानमा उब्जिएको छ ।
वर्षभरि दुःख मेहनत गरेर लगाएको खेती भित्र्याउन नपाउने भएपछि किसान कृषि ज्ञानकेन्द्र तनहुँ र खुमलटार कृषि अनुसन्धान केन्द्र ललितपुरसम्म समस्या लिएर धाउँदा पनि कुनै समाधान हुन नसकेको बताउँछन् । कृषि ज्ञान केन्द्रका प्राविधिक तथा खुमलटार कृषि अनुसन्धान केन्द्रका प्राविधिकलाई देखाउँदा पनि के रोग लागेको हो र कसरी रोग नियन्त्रण हुन्छ भन्ने विषयमा अन्योल रहेपछि किसान नै चिन्तित बनेको अगुवा किसान अगुवा अम्बिकाप्रसाद वाग्लेले बताए ।
प्राविधिकले दिएको औषधि धानबारीमा लगेर पटक–पटक प्रयोग गरे पनि कमी नभएपछि किसानले यस वर्ष उब्जनीको माया मारिसकेको उनले जानकारी दिए । सम्बन्धित ठाउँका कार्यालयका ढोका ढकढक््याउँदा केही नभएपछि अब किसानले पानी सुकाएर पहेँलिएर डढ्न थालेको रोपोमा आगो लगाउने योजना बनाएका छन् । किसानले जोत्नदेखि रोपाइँ गर्दा ट्र्याक्टर लगाउन, रोप्ने खेताला, गोड्न, मल, औषधि प्रयोग गर्दासम्म धेरै खर्च र लगानी भइसकेको अवस्थामा रोपोमा रातेरोग लागेपछि कसरी जीवन बचाउने भन्ने चिन्ता थपिएको छ ।
‘आफूले लगाएको खेती कस्तो भयो भनेर बिहानै उठेर हेर्न मन लाग्छ, खेतमा हेर्यो मन उराठिन्छ’, अर्का किसान रामबहादुर नेपालीले भने, ‘विरक्त लाग्छ, हिजोआज खेततिर पनि गएको छैन, दुःख परिश्रम सबै खेर गयो, भकारी पनि रित्तै हुने भयो ।’ साहुको खेत अधियाँमा गरेको सबै रातेरोगले खाएर नष्ट गरिदिएको छ । ‘हामी गरिबलाई कसले हेर्छ र ?’, मलिन मुद्रामा दुखेसो पोख्दै अर्का किसान कोपिला नेपालीले भने । रासस
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...
तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिब...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
आठ वर्षअघि सरकारले सबै प्रदेशमा एक/एकवटा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भनी अघि सारेको योजना अलपत्र परेको छ । आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार बनाउने उद्देश्यले निर्माण थालिएका आयोजना कतै जग्गा विवा...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...