×

X
Nic Asia
Khukuri
Daraz

प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा

बझाङ | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो । दिनभर परेको पानीले पालसहित अन्य दुई प्रहरी जवान निथ्रुक्क भिजे । पानी पर्दै थियो उनीहरू राति ८ बजे मात्रै विमानस्थल प्रहरी चौकीमा पुगे । 

LAxmi BAnk
nabil BANK inside

चौकीमा पुग्दा डिउटी सकेर आएकाहरू आ–आफ्नो कोठामा बसिरहेका थिए । कोठा भने बाहिरको भन्दा बढी भिजेको थियो । कोठाका भित्ताहरु पूरै भिजेर हिलाम्य भएका थिए । ओछ्यान र भुइँ पनि उस्तै । ‘बिहान गस्ती जाने बेलामा आकाश उज्यालै थियो’, प्रहरी सहायक निरीक्षक पालले भने, ‘दिउँसो यस्तो पानी पर्ला भन्ने सोचाइ नै भएन । कोठाभित्र त्रिपाल टाँग्न पनि बिर्सिएछु । साँझ त यस्तो हालत ।’


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रहरी सहायक निरीक्षक पालको कोठामा मात्रै होइन, विमानस्थल सुरक्षाको जिम्मेवारीमा खटिएका सबै प्रहरी कर्मचारीको अवस्था त्यही छ । झरी पर्दा त्रिपाल नलगाउने हो भने कोठाभित्र बस्नै सकिन्न । ‘प्रचण्ड गर्मीमा पनि तातो जस्ता छानाले शरीरै जलाउने जसरी पोल्छ’, उनी भन्छन्, ‘बाध्यताले बस्नै पर्छ ।’

देवल विमानस्थलमा प्रहरी चौकी बसेको दुई दशकभन्दा बढी भइसक्यो । विमानस्थल बन्नुभन्दा अगाडिदेखि नै निर्माणाधीन विमानस्थलको सुरक्षाका लागि जस्ताको भवनमा प्रहरी चौकी बसेको थियो । त्यो भवन न अहिलेसम्म फेरियो न त त्यसको छानो नै । धुजा–धुजा भइसकेको भवनमा अहिले पनि प्रहरी सहायक निरीक्षकको टोली त्यही ठाउँमा बसेर शान्ति सुरक्षा दिइरहेको छ ।


Advertisment
Saurya island

विमानस्थलको चौकी मात्रै होइन, अन्य ठाउँमा पनि प्रहरीका भवनहरू नहुँदा प्रहरी एकाइहरू बिचल्लीमा छन् । अहिले कतै भाडामा त कतै सामुदायिक भवनहरूमा राखिएका छन् ।

चौबिसै घण्टा डिउटी गरिरहनुपर्ने जिल्ला अस्पताल अगाडिको प्रहरी पोष्ट ‘लामखुट्टेको घर’जस्तै देखिन्छ । वल्लोपल्लो घर तथा अस्पतालको फोहोर जलाउने ठाउँ त्यतै भएको हुँदा लामखुट्टेले एकै ठाउँमा उभिन दिँदैन । डिउटीमा बसेका एक प्रहरी जवानले भने, ‘पोष्टभित्र बस्दा सिधै झुलभित्र छिनुपर्छ । बाहिर एकै ठाउँमा उभिए माहुरीको गोलोमा आएजस्तै लामखुट्टे आउँछन् ।’

Vianet communication
IME BANK INNEWS

उनले सडक छेउमा सवारी जाँचका लागि रोक्नुपर्ने हुँदा पनि बढी लामखुट्टे आउने गरेको बताए । ‘गाडी जाँच गर्दा पनि धुवाँ थुप्रिन्छ । दिनमा दर्जनौँ सवारी जाँच गर्दा अन्य ठाउँको भन्दा बढी लामखुट्टे बढ्न थालेका हुन्’, उनले भने । 

अस्पताल अगाडिको पोष्टमा चुहिने अवस्था पनि उस्तै छ । पुरानो भइसकेको जस्तापाताबाट रङ गइसकेको छ । ‘पानी पर्दा २० प्रतिशत जति भित्रै आउँछ’, उनले भने, ‘डिउटी त गर्नैपर्‍यो ।’

छविसपाथिभेरा गाउँपालिकामा प्रहरी चौकी लामो समय विद्यालयको भवनमा थियो । शान्ति मावि चौघानपाटाले भवन दिएपछि चौकी बसेको हो । अहिले भने स्थानीयवासीले शान्ति सुरक्षाका लागि जमिन उपलब्ध गराएपछि बगडगाउँमा प्रहरी चौकीको भवन बनेको छ ।

बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारीका अनुसार अहिले जिल्लामा २९ वटा प्रहरी युनिट छन् भने नौ वटा अस्थायी प्रहरी पोष्ट रहेका छन् । तर, अहिलेसम्म चार ठाउँमा मात्रै प्रहरीका आफ्नै भवनहरू छन् । ‘जिल्ला प्रहरी कार्यालय, बुंगल नगरपालिका, तलकोटको मेलबिसौना र छविसपाथिभेराको बगडगाउँबाहेक अन्य ठाउँमा आफ्नै भवनहरू छैनन्’, उनले भने, ‘प्रहरी युनिट तथा अस्थायी प्रहरी पोष्टका लागि जमिन पनि खोजिरहेका छौँ ।’

उनका अनुसार प्रहरी चौकी बस्न कम्तिमा पाँच रोपनी जमिन चाहिन्छ । ‘प्रहरीको आफ्नै भवनका लागि पाँच रोपनी जमिन चाहिन्छ । त्यो पनि नम्बरी, खुला ठाउँमा’, उनले भने, ‘हामीले सबै ठाउँमा जग्गाको खोजी गरिरहेका छौँ । जता भेटिन्छ, त्यो जमिन किन्छौँ र प्रहरीको भवन निर्माण गर्छौं ।’ उनले जिल्लामा अहिलेसम्म खोजेजस्तो जग्गा नपाएकाले प्रहरी चौकी निर्माणमा ढिलाइ भएको बताए । रासस

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

सडक बालबालिकाहरूलाई वंशजको आधारमा नागरिकता दिलाउन स्थानीय जनप्रतिनिधिहरूले सहयोग गर्न आवश्यक रहेको अधिकारकर्मीहरूले बताएका छन् । कोही पनि सडक बालबालिकाहरू आफ्नो पहिचान पाउने अधिकारबाट वञ्चित हुनु नहुने भन्द...

मंसिर १०, २०७९

सडक दुर्घटनामा मोडल साया भण्डारी घाइते भएकी छन् । शनिबार उनी सवार स्कुटर राजधानीको स्वयम्भूमा दुर्घटना भएको  गायक शिव हमालले जानकारी दिए । उनको थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ...

मंसिर १०, २०७९

पर्वतको कुश्मा–ज्ञादी अग्लो तथा लामो झोलुङ्गे पुल तरेर पुग्न सकिने रमणीय गाउँ ज्ञादी फाँटबाट बेलुकीपख आफ्नो गन्तव्यमा उड्दै गरेका चराहरू र पृष्ठभूमिमा देखिएका माछापुच्छ्रेलगायत हिमशृङ्खला ।

मंसिर १०, २०७९

पशुपति क्षेत्र विकास कोषसँग मारवाडी सेवा समितिले गरेको सम्झौताविपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरी बनेका संरचना सांकेतिकरुपमा भत्काउन थालिएको छ । ...

मंसिर १०, २०७९

सप्तरीको राजविराज नगरपालिका–५ स्थित पञ्चमुखी बजरंगबली मन्दिरमा मूर्ति स्थापनाका लागि राजविराजमा निकालिएको कलश यात्रा ।   

मंसिर १०, २०७९

इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएक...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x