×

NMB BANK
NIC ASIA

संसदीय निर्वाचन २०७९

जसपालाई एमालेले २० सिट छाड्ने, राप्रपालाई ५ सिट

असोज २१, २०७९

NTC
Premier Steels

सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका २० सिट छाड्न एमाले तयार भएको छ । २० सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो । 

Muktinath Bank

तीन दिनयता भइरहेको छलफलपछि जसपालाई २० सिट दिनेगरी तालमेलको सहमति भएको एमालेका एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए । ‘जसपालाई २० सिट दिनेगरी लगभग सहमति भयो, एक सिट तल–माथि हुन सक्छ’, वार्तामा सहभागी ति नेताले शुक्रवार राति लोकान्तरसँग भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पटक–पटकको छलफलपछि सहमति जुटेको हो । एमाले महासचिव शंकर पोखरेल र उपेन्द्र यादवले जसपाले पाउने सिटको बारेका सहमति जुटाएका थिए । 


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धनले अपेक्षित सिट नदिएपछि जसपा एमालेसँग तालमेल गर्न पुगेको थियो । सत्ता गठबन्धनले जसपालाई १६ सिट दिने निर्णय गरेपनि उसले २५ सिटमा दाबी गरेको थियो । 

Vianet communication

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई ‘प्रतिगमन’ भन्दै उपेन्द्र यादव कांग्रेस नेतृत्वको मोर्चामा सहभागी भएका थिए । २०७४ सालको चुनावलगत्तै बनेको केपी ओली नेतृत्वको सरकारमा भने यादव उपप्रधानमन्त्री बनेर सहभागी भएका थिए । जसपाले एमाले कित्ता रोज्दा मधेशकै अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको साथ पाएको छ । 

एमालेसँग चुनावी तालमेलको प्रस्ताव गरेको राप्रपालाई भने ५ देखि ६ क्षेत्रमा मात्र एमालेले सहयोग गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच केही निर्वाचन क्षेत्रमा तालमेल गर्ने सहमति भएको हो । 

शुक्रवार ओलीनिवास बालकोटमा भएको सहमतिअनुसार एमालेले लिङदेनका लागि झापा ३, विक्रम पाण्डेका लागि चितवन ३, दीपक बोहराका लागि रुपन्देही ३, धवलशमशेर जबराका लागि बाँकेको एउटा क्षेत्र छाड्ने छ । 

राप्रपाले झापाका अन्य क्षेत्रमा एमालेलाई समर्थन गर्नेछ । मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि आगामी आइतवार उम्मेदवार मनोनयनको कार्यतालिका छ । गठबन्धनले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x