×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेशभरि जसपाका २९ जना उम्मेदवार, तीन जिल्लामा एमालेसँग तालमेल

असोज २४, २०७९

NTC
Premier Steels

जनता समाजवादी पार्टी, (जसपा) नेपालले लुम्बिनी प्रदेशमा बहालवाला मन्त्रीसहित २९ जनाको उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधि सभातर्फ संघीय सरकारका भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद इस्तियाक राईले बाँकेको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् ।

Muktinath Bank

सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जसपाले तराई मधेशका १४ जिल्लामा चुनावी तालमेल गरेको छ । जसअन्तर्गत लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा चुनावी तालमेल गरेको छ । बाँकी जिल्लाहरूमा एकल उम्मेदवारी दिएको जसपाले प्रदेशका ९ जिल्लामा उम्मेदवारी दर्ता गराएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपाको तर्फबाट बर्दिया क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ रेशमबहादुर खत्रीले उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेश सभातर्फ १(१)मा दिलीप बर्मा र १ (२)मा कृष्ण यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं. २ को प्रदेश सभातर्फ २(१) मा शान्ता पौडेल र २(२) मा मोहम्मद नसिब खानले उम्मेदवारी दिएका छन् । 


Advertisment
Nabil box
Kumari

बाँके क्षेत्र नं. १ को प्रतिनिधि सभातर्फ रामबहादुर यादव तथा प्रदेश सभातर्फ १ (१) मा अम्मरबहादुर खड्का र १ (२) मा लालबहादुर शाह उम्मेदवार बनेका छन् । त्यसैगरी क्षेत्र नं. २ मा भौतिक पूर्वाधार विकासमन्त्री तथा जसपा लुम्बिनी प्रदेशका इन्चार्ज मोहम्मद इस्तियाक राई प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् भने प्रदेश सभातर्फ २ (१) मा अदेश अग्रवाल र २(२) मा भण्डारीलाल यादवले उम्मेदवारी दिएका छन् । 

Vianet communication

बाँके क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि नोयन्द्र धिताल उम्मेदवार बनेका छन् भने प्रदेश सभातर्फ ३ (१) मा गयासुद्दीन खान र ३ (२) मा विजयकुमार पाठकले उम्मेदवारी दिएका छन् । 

दाङ क्षेत्र नं. १ को प्रदेश सभातर्फ १(१) मा जगतराम यादव उम्मेदवार बनेका छन् भने क्षेत्र नं. ३ को प्रतिनिधि सभातर्फ देवीलाल डाँगी उम्मेदवार बनेका छन् । जसपाले अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभातर्फ नेत्र थापालाई उम्मेदवार बनाएको छ भने प्रदेश सभातर्फ टुकबहादुर तेवालीलाई उम्मेदवार बनाएको छ । त्यस्तै गुल्मी जिल्लाको प्रदेश सभातर्फ घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ । 

पार्टीका तर्फबाट पाल्पा क्षेत्र नं. १ मा मेहरमान राना प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि द्रुपता सोमै उम्मेदवार बनेका छन् भने प्रदेश सभातर्फ २ (१) मा खिकबहादुर रेश्मी उम्मेदवार बनेका छन् ।

एमालेसँग चुनावी तालमेल गरेको तीन जिल्लामा जसपाले नवलपरासी जिल्लाको क्षेत्र नं. २ को प्रदेश सभा २ (२) मा धरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । रुपन्देही जिल्लामा ३ सिट पाएका जसपाले क्षेत्र नं. ३ को प्रदेश सभातर्फ ३ (१) मा महेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । रुपन्देही क्षेत्र नं. ४ को प्रतिनिधि सभातर्फ ओमप्रकाश यादव गुल्जारी उम्मेदवार बनेका छन् भने ४ कै प्रदेश सभातर्फ ४ (२) मा रामअवतार यादव उम्मेदवार बनेका छन् ।

त्यसैगरी कपिलवस्तु जिल्लामा प्रदेश सभातर्फ ३ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. १ को प्रदेश सभातर्फ १ (२) मा मेवालाल यादव, २ (२) मा अब्दुल रसिद खान र ३ (२) मा अशोककुमार यादवले उम्मेदवारी दिएका छन् । अहिले चुनावी तालमेल एवं गठबन्धनको सकस र पार्टी संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको अवस्थामा जसपाले लुम्बिनी प्रदेशमा २९ जनाको उम्मेदवारी दर्ता गराउन सफल भएको पार्टीका राजनीतिक समिति एवं केन्द्रीय निर्वाचन तयारी समितिका सदस्य मनिकर कार्कीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x