×

NMB BANK
NIC ASIA

मौसममा सुधार नआउँदा कृषक चिन्तित

असोज २५, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

मौसममा सुधार नआउँदा पूर्वी नवलपरासीका कृषक चिन्तित भएका छन् । गत बुधबारदेखि अविरलरुपमा भएको वर्षा शुक्रवारदेखि रोकिँदा राहत महसुस गरेका कृषकमा आइतवार रातिदेखि वर्षा हुन लागेपछि चिन्ता थपिएको छ । 

Muktinath Bank

जिल्लाको अधिकांश किसानका खेतमा धान पाकेर काट्ने अवस्थामा पुगेको भए पनि मौसममा सुधार नआउँदा समयमै धान भित्र्याउन नपाइने पीरले कृषकलाई सताएको छ । एक बिघा खेतमा धान काट्ने बेला भए पनि मौसममा सुधार आउन नसकेपछि धान काट्न नसकिएको कावासोती– १३ का कृषक चेतनारायण चौधरीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको देवचुली, गैँडाकोट, कावासोतीलगायतका स्थानमा लगातार वर्षाका कारण पाकेको धानका बोट खेतमै ढलेको छ । खेतमा ढलेका धानका बाला बोटमै उम्रने चिन्ताले सताएको देवचुली– १५ का कृषक वसन्त पोख्रेल बताउँछन् । धान पाक्ने बेलामा परेको बेमौसमी वर्षा र त्यसपछिको बाढीले जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाको बगुवन र सिसेनीमा करिब दुई सय ५० बिघा पाक्न लागेको धान डुबाएको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीका प्रमुख गोपाल शर्मा लामिछानेले बताए । 


Advertisment
Nabil box
Kumari

यस वर्ष जिल्लामा १८ हजारभन्दा धेरै क्षेत्रमा धानखेती गरिएको भए पनि बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आउनसक्ने प्रमुख लामिछानेले बताए । रासस

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x