×

NMB BANK
NIC ASIA

भोलिदेखि रिलिज हुने ‘हिजो आजका कुरा’को प्रिमियर, फिल्मले कस्तो पायो प्रतिक्रिया ?

असोज २७, २०७९

NTC
Premier Steels

भोलि (शुक्रवार)देखि प्रदर्शनमा आउने तयारीमा रहेको सन्तोष पन्तको चलचित्र ‘हिजो आजका कुरा’को राजधानीमा प्रिमियर शो गरिएको छ । 

Muktinath Bank

बुधवार बेलुका बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित प्रिमियर शोमा थुप्रै चलचित्रकर्मी एवं सञ्चारकर्मीहरूले ‘हिजो आजका कुरा’ हेरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे, विल्सनविक्रम राई लगायतले चलचित्रलाई राम्रो प्रतिक्रिया दिए । 


Advertisment
Nabil box
Kumari

समसामयिक विषयवस्तुमा पारिवारिक चलचित्र बनेको कलाकारहरूले बताए । 

Vianet communication

कुनै समयको सर्वाधिक चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’को नाममा चलचित्र निर्माण भएको हो । 

अभिनेता किरण केसीले चलचित्रको कथावस्तु, कलाकारहरुको अभिनय राम्रो लागेको बताए ।  

अभिनेता दीपकराज गिरीले भने,‘हिजो आजका कुरा सिरियललाई जतिले मिस गरिरहनुभएको थियो, हलमा आएर चलचित्र हेर्न अनुरोध गर्छु । सिरियलको जुन फ्लेवर थियो, त्यही फ्लेवरसहित चलचित्र आएको छ ।’ 

टेलिभिजनमा पहिलोपटक अनुहार देखाएको ‘हिजो आजका कुरा’बाटै भएको स्मरण समेत दीपकराजले गरे । 

केदार घिमिरे र जीतु नेपालले पनि चलचित्र रमाईलो लागेको बताए । 

केदारले भने, ‘जसरी हामी हिजो आजका कुरा सिरियल हेर्दा समसामयिक विषयवस्तु हेर्न पाइन्थ्यो । चलचित्रमा पनि समसामयिक कुराहरू हेर्न पाइयो ।’ 

जीतुले आफूले पहिलोपटक अभिनय नै सन्तोष पन्तसँग गरेको स्मरण गर्दै चलचित्र राम्रो लागेको सञ्चारकर्मीमाझ बताए । 

‘हिजो आजका कुरा एउटा इतिहास हो । त्यो इतिहासलाई फेरि हेर्न पाइएको छ ।

सबै कलाकारहरूले राम्रो काम गर्नुभएको छ’ निर्देशक दीपाश्री निरौलाले चलचित्र हेरेपछि भनिन्, ‘पहिले टेलिभिजन हेरेका कुराहरु फेरि रिकल बनाएको छ ।’ 

अभिनेता विल्सनविक्रम राईले चलचित्रले आफूहरुले बिताएको बाल्यकालको क्षणमा लिएर गएको बताउँदै अगाडि भने, ‘सन्देशसहितको मिठो चलचित्र बनेको छ । नेपालीको घरघरको कथा छ । कलाकारहरुको अभिनय राम्रो छ ।’ 

प्रिमियरमा चलचित्रका निर्माता, निर्देशक एवं कलाकारहरु उपस्थित थिए ।

सन्तोष पन्त, साकार पन्त, अभिनेत्री रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, दिव्यदेव पन्त, जेबिका कार्की, अनुष्का अधिकारी लगायत आफ्नो चलचित्रको प्रिमियरमा पुगेका थिए । 

प्रिमियरमा पाएको प्रतिक्रियाबाट निर्माण टिम निकै आशावादी देखिएको छ ।

पन्त फिल्म प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका हुन् ।

चलचित्र सोलो रिलिज हुन लागेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x