×

NMB BANK
NIC ASIA

‘लाखे’ चलचित्र महजोडीको ‘महापुरुष’सँग नभिड्ने, अब कात्तिक १८ मा प्रदर्शन हुने

असोज २८, २०७९

NTC
Premier Steels

कात्तिक ११ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र ‘लाखे’ एक साता पछि सरेको छ । 

Muktinath Bank

चलचित्र अब कार्तिक १८ गतेदेखि प्रदर्शनमा आउने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही समय यता एक हप्ताको अन्तरालमा चलचित्र प्रदर्शन भइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

कार्तिक ११ मा ‘महापुरुष’ पनि भएपछि प्रदर्शन मिति फेरबदल गरिएको हो । 

Vianet communication

भदौ ३१ गतेलाई रिलिज तय गरिएको ‘लाखे’ प्राविधिक काम नसकिएपछि कार्तिक ११ मा प्रदर्शन हुने तयारीमा थियो ।

‘मह जोडी अभिनित चलचित्रलाई सम्मान गर्दै नयाँ प्रदर्शन मिति तय गरेका हौँ । दर्शकले नेपाली चलचित्रलाई माया गरिरहेको समयमा सम्भावना बोकेका चलचित्रहरू भिड्नु राम्रो होइन,’ चलचित्रका निर्माता डिपी भण्डारीले भने ।

‘लाखे’ चलचित्र युनिटले देखाएको हार्दिकता प्रति ‘महापुरुष’ का कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले कृतज्ञता व्यक्त गरे । 

‘उहाँहरूको निर्णय प्रति आभार व्यक्त गर्दछु । यो समय एकआपसमा मिलेर नै अगाडि बढ्ने हो,’ उनले भने ।

सम्राट बस्नेत निर्देशित चलचित्र ‘लाखे’मा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी लगायतको अभिनय रहेको छ । 

सिजन अर्यालको कथा र निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । 

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्र सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।

निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन् । 

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रकोे पटकथा आकाश बरालले  लेखेका हुन् भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् ।

चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठले आरआर फिल्मस् मार्फत वितरण गर्दैछन् । 

चलचित्र सस्पेन्स थ्रीलर जनरामा निर्माण भएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x