×

NMB BANK
NIC ASIA

के घर के डेरा : फिल्मले पूरा गर्ला दर्शकको अपेक्षा ?

असोज २८, २०७९

NTC
Premier Steels

आगामी शुक्रवार अर्थात कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ले राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रलाई लिएर दर्शकहरू पनि आशावादी छन् । चलचित्रकर्मीहरू समेत उक्त चलचित्रलाई लिएर आशावादी देखिन्छन् । चलचित्रलाई लिएर आशावादी हुनुका मुख्य कारणहरू भने दुईवटा छन् । 

Muktinath Bank

पहिलो – दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तजस्ता चर्चित कलाकारहरूको अभिनय । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दयाहाङ, विपिन र वर्षाले यसअघि सहकार्य गरेको ‘जात्रै जात्रा’ दर्शकले निकै रुचाएका थिए । यता, सुरक्षाको फिल्म ‘आमा’ पनि निकै रुचाइएको थियो । उनी फ्रान्सको कान्समा आयोजित ‘कान्स फिल्म फेस्टिभल’को ७५औँ संस्करणको ‘रेडकार्पेट’मा उत्रिन सफल पहिलो नेपाली अभिनेत्रीसमेत हुन् । यी चारैजना कलाकारहरूका अभिनय एउटै फ्रेममा हेर्न दर्शकहरू उत्साहित देखिएको पाइन्छ । 


Advertisment
Nabil box
Kumari

दोस्रो – ‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता मनछुने चलचित्र बनाएका निर्देशकको नयाँ चलचित्र । 

Vianet communication

समाज र मानिसको जीवनसँग नजिक रहेर चलचित्र बनाउन माहिर निर्देशक दीपेन्द्र के. खनालका कारण पनि ‘के घर के डेरा’लाई लिएर थप अपेक्षा छ । यसअघि ‘चिसो मान्छे’ जस्तो मौलिक चलचित्र बनाएका उनको नयाँ चलचित्र कस्तो होला भन्ने चासो पनि दर्शकहरू एवं चलचित्रकर्मीहरूमा देखिन्छ । 

तिहारको छेको पारेर प्रदर्शनमा आउने भएका कारण पनि चलचित्रको व्यापार राम्रो हुने अनुमान गर्न सकिन्छ । चलचित्रले तिहारको ‘फेस्टिभल मुड’ निर्माण गर्ने र व्यापार पनि राम्रो गर्ने आशा निर्माण टिमको छ । अब, चलचित्रको व्यापार कस्तो हुने हो ? त्यसका लागि भने एक साता पर्खनैपर्ने हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x