×

NMB BANK
NIC ASIA

देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : महरा

असोज २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन् । शनिवार वाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गरे । 

Muktinath Bank

उनले नेपाल आर्थिक रुपमा विस्तारै कमजोर बनिरहेको पनि दाबी गरे । महराले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाए । उनले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यक्ता भएको जिकिर गरे । उनले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीहरूको गठबन्धन भएको आरोप पनि लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वास्तवमा संसदीय व्यवस्था अघि बढ्दै जाँदा जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर भन्दा कतै अन्त नै जाँदै छ कि भन्ने मलाई आभाष भएको छ । मैले के पनि देख्दछु भने आर्थिक रुपले देश बिस्तारै शो डाउन हुँदैछ । व्यवस्थाप्रति पनि अलिकति नेगेटिभ चिज जाँदैछ’, महराले भने, ‘यो कारण वास्तवमा हिजो राजनीतिक रुपले हेर्दा हिजो जुन व्यवस्था गठबन्धन भन्दा पहिला नेतृत्व गरेको सरकार थियो, नेकपा एमालेको केपी ओलीले नेतृत्व गरेको सरकार त्यो सरकारको असक्षमताका कारणले शुरु भएको हो । त्यसलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भएको छ । प्रतिगमन सच्याउने, संविधानसंगत बाटोमा हिँडाउने आवश्यक छ । अहिले पनि गठबन्धन अर्कोतर्फ पनि छ । त्यो गठबन्धन भनेको प्रतिगमनकारीहरुको गठबन्धन हो ।’


Advertisment
Nabil box
Kumari

उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताए । उनले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताए । उनले अहिले देशलाई समृद्धिको दिशामा लैजान आवश्यक रहेको र देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित रहेको बताए । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x