×

NMB BANK
NIC ASIA

नेपाली चलचित्र

रिलिज भएका २७ मध्ये २२ 'फ्लप', यी हुन् यसवर्ष चलेका ५ चलचित्र

असोज ३१, २०७९

NTC
Premier Steels

सोमवारबाट २०७९ को आधा वर्ष सकिँदैछ । यो अवधिमा २७ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमध्ये व्यवसायिक रूपमा पाँचवटा चलचित्र मात्र सफल भएका छन् । अन्य चलचित्रले विभिन्न स्रोतबाट लगानी उठाए पनि हलबाट लगानी उठाउन सकेनन् । 

Muktinath Bank

वैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ४’ले हलबाट लगानी सुरक्षित गरेको निर्माण पक्षको भनाइ छ । झरना थापा निर्देशित यो चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाखपछि जेठ १३ गते रिलिज भएको चलचित्र ‘कबड्डी ४’ले नेपालमा अहिलेसम्मकै धेरै कमाई गर्ने चलचित्रको रेकर्ड नै कायम गर्‍यो । रामबाबु गुरुङ निर्देशित उक्त चलचित्रले नेपालमा २३ करोड रुपैयाँ बढी ग्रस कलेक्सन गर्न सफल रह्यो । ‘कबड्डी ४’मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतको अभिनय छ । 


Advertisment
Nabil box
Kumari

‘कबड्डी ४’पछिको अर्को हिट चलचित्र हो, ‘झिंगेदाउ’ । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, हिउँवाला गौतम, कुशल विष्ट लगायत शीर्ष भूमिकामा छन् । ‘झिंगेदाउ’ अपेक्षाभन्दा राम्रो व्यापार गरेको चलचित्र मानिन्छ । 

Vianet communication

त्यस्तै, असोज ७ गतेदेखि प्रदर्शनमा आएको ‘प्रेम गीत ३’ अर्को हिट चलचित्र हो । चलचित्रले तीन सातामा नेपालमा मात्रै १३ करोड बढीको व्यापार गरिसकेको छ । चलचित्रले विश्वभरबाट ३७ करोड रुपैयाँ बढी कलेक्सन गरेको निर्माण टिमको दाबी छ । 

सन्तोष सेनको निर्माण रहेको ‘प्रेम गीत ३’मा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । चलचित्र यतिबेला चौँथो सातामा प्रदर्शनरत छ । 

त्यस्तै, यसवर्षको अर्को हिट सावित भएको चलचित्र हो, ‘दुई नम्बरी’ । असोज २१ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो साता साढे चार करोड ग्रस कलेक्सन गरेको छ । यतिबेला दोस्रो सातामा प्रदर्शनरत चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन्, बुद्धि तामाङ लगायतको अभिनय छ । दीपेन्द्र लामाले चलचित्रको लेखन एवं निर्देशन गरेका हुन् । 

यो आधा वर्षमा केही चलचित्रहरूले आशातित व्यापार गर्न सकेनन् । आउँदा दिनमा थुप्रै प्रतिक्षित चलचित्रहरू प्रदर्शनको तयारीमा छन् । ‘के घर के डेरा’, ‘महापुरुष’, ‘लाखे’, ‘परदेशी २’, ‘छक्कापञ्जा ४’ लगायतका अपेक्षित चलचित्रहरू हुन् । वर्षको मध्यसम्म स्टार कलाकारहरूका चलचित्र पनि रिलिज भए । ब्राण्ड नामका चलचित्रहरू समेत रिलिज भए । ब्राण्ड नामका चलचित्रहरूमा प्रायः स्टार कलाकारहरूकै अभिनय रह्यो । सफल चलचित्रहरु हेर्ने हो भने ब्राण्ड नाम नै बढी बिकेको देखियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x