×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा सशस्त्र प्रहरी र पुलिस फाइनलमा

असोज ३१, २०७९

NTC
Premier Steels

पोखरा–महिला क्रिकेटको उपाधिको लागि नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलबीच प्रतिष्पर्धा हुने भएको छ । पुलिसले मंगलवार पोखरा रंगशाला क्रिकेट मैदानमा उपाधिको लागि सशस्त्र प्रहरी बलसँग खेल्ने भएको हो । ज्योति पाण्डेको अविजित ६९ रनको पारीमा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाइनल प्रवेश गर्‍यो । 

Muktinath Bank

१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमवार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पारेको थियो । पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका प्रहार गरिन् । सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो । मगरले ११ रन जोडिन् । दोस्रो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा आउट भइन् । ममता चौधरीले १६ रनमा आउट हुँदा ओपनर पाण्डे र रोमा थापाले ५५ रनको साझेदारी गरेका थिए । रोमा १२ रनमा अविजित रहिन् । कृतिका मरासिनीले दुई विकेट लिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको थियो । पहिलो विकेट १८ रनमा गुमाएको लुम्बिनीका लागि सुस्मिता बजगाईंंले सर्वाधिक १२ रन जोडिन् । उनले २३ बल खेल्दै १ चौका प्रहार गरिन् । अन्य व्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । लक्ष्मी चौधरीले ५ रन बनाउँदा आस्मा पुलामी मगरले ६ रन बनाइन् । मधु डिसीले ५ रन बनाउँदा ७ बल खेल्दै १ चौका स्कोर बोर्डमा लेखिएको थियो । नेरी थापाले ४ ओभरमा ७ रन खर्चिंदै ४ विकेट लिइन् ।


Advertisment
Nabil box
Kumari

दोस्रो खेलमा टस हारेर व्याटिङ गरेको नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपाल पुलिसले ४ विकेटको क्षतिमा १२३ रनको योगफल तयार पारेको हो । ओपनर काजल श्रेष्ठले ५१ बल खेल्दै ५ चौकासहित ४६ रनको योगदान दिइन् । कविता कुँवरले २६ रन जोडिन् । पहिलो विकेटको लागि नेपाल पुलिसले ७० रनको महत्वपूर्ण साझेदारी निभाए । मध्यक्रमका ब्याटरको रन उल्लेल्य रहेन । कप्तान रुबिना क्षेत्री र कविता जैसी अविजित रहने क्रममा १७ र १५ रन जोडिन् । कविताले ९ बल खेल्दै १ छक्का हिर्काइन् । बागमतीकी अस्मिना कर्माचार्य, खुशी डंगोल र सुमन खतिवडाले १/१ विकेट लिए । 

Vianet communication

१२४ रनको लक्ष्य पछ्याएको वागमती प्रदेश ८७ रनमा समेटिएको छ । पहिलो ओभरमा नै विकेट गुमाएको बागमतीले ओपनरलाई सस्तैमा गुमाएको थियो । सुमन खतिवडाले २३ रन बनाइन् भने अस्मिना कर्माचार्यले ३५ बलमा १८ रन बनाइन् । आरती भण्डारीले अविजित ११ रन जोडिन् । कविता कुँवरले ४ ओभरमा ६ रन दिएर ३ विकेट लिइन् । ईश्वरी बिष्टले २ विकेट लिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x