×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

सिन्धुपाल्चोक– २ : 'बाहुबली' उम्मेदवारसँग भिड्दा पूरा होला शेरबहादुरको ह्याट्रिक सपना ?

कात्तिक १, २०७९

NTC
Premier Steels

सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा चारपटक उम्मेदवार बनेर २ पटक जितेका एमाले नेता शेरबहादुर तामाङको ह्याट्रिक सपनालाई चुनौती दिन पुगेका छन्, कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत ।

Muktinath Bank

साविकको निर्वाचन क्षेत्र बदलेर प्रतिनिधिसभा सदस्य बन्ने होडमा बस्नेत सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले चाहेको कुरा पूरा गर्नका लागि साम, दाम, दण्ड, भेद जुनसुकै विकल्प पनि चाल्न सक्ने भएकाले कतिपयले बस्नेतलाई 'बाहुबली' उम्मेदवार पनि भन्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सत्तारूढ गठबन्धनमा सीट र निर्वाचन क्षेत्र बाँडफाँटको क्रममा सिन्धुपाल्चोकको २ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर १ माओवादी केन्द्रको र क्षेत्र नम्बर २ कांग्रेसको भागमा परेको थियो ।

Vianet communication

यसअघि बस्नेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दै आएका थिए । मंसिर ४ मा हुने निर्वाचनका लागि बस्नेत क्षेत्र नम्बर १ बाटै तयारी गरेका थिए । आफूले सिन्धुपाल्चोकमा टिकट नपाए विद्रोह गर्ने धम्की बस्नेतले केन्द्रीय समिति बैठकमै दर्ज गराएका थिए । 

२०७४ को चुनावमा एमालेको सहयोगमा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । 

सापकोटासँग उनै बस्नेत पराजित भएका थिए । यसअघि जितेको आधारमा पनि क्षेत्र नम्बर–१ माओवादीकै भागमा परेपछि बस्नेतले कि त उम्मेदवारी छाड्नुपर्ने नभए क्षेत्र परिवर्तन गनुपर्ने बाध्यतामा उनी क्षेत्र नम्बर २ मा एमालेका स्थापित नेता शेरबहादुर तामाङसँग प्रतिस्पर्धा गर्न पुगेका छन् । 

अघिल्ला दुई चुनावमा तुलनात्मकरूपमा सहज जीत निकालेका तामाङका लागि कांग्रेसका उम्मेदवार हेभीवेटको रूपमा आएको चर्चा सिन्धुपाल्चोक–२ मा हुने गरेको छ । 

सिन्धुपाल्चोकको दुवै निर्वाचन क्षेत्र कांग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा रहेको निर्वाचन क्षेत्र हो । सिन्धुपाल्चोक–१ बाट कांग्रेसले पटक–पटक निर्वाचन जितेको छ तर, क्षेत्र नम्बर–२ बाट भने कांग्रेसले प्रतिनिधि सभाका जीत निकाल्न सकेको छैन ।

कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक– १ मा चुनाव लडेका थिए । त्यसबेला उनको प्रतिस्पर्धा एमाले र राप्रपासँग थियो । एमालेबाट अमृतकुमार बोहोरा उम्मेदवार थिए भने राप्रपाबाट पशुपतिशमशेर राणा उम्मेदवार थिए । त्यसबेला एमालेका बोहोराले चुनाव जितेका थिए । ०५१ मा बस्नेतले टिकट नै पाएनन् । 

तर, ०५६ मा बोहोरा र बस्नेत नै चुनावी मैदानमा होमिए । त्यसबेला चुनावी प्रचारमा जाँदा बस्नेतले सांसद नभई बिहे नै नगर्ने चर्चा समेत गर्थे । ०५६ को चुनाव बस्नेतले आफ्नो पक्षमा पारेका थिए । 

त्यसपछि, तीब्र बनेको माओवादी द्वन्द्वका कारण लामोसमय चुनाव नै हुन पाएन । ०६४ बस्नेतले टिकट त पाएका थिए तर माओवादी केन्द्रका उम्मेदवारसँग बस्नेत पराजित भए ।  त्यसपछि ०७० मा बस्नेतले एमालेका उम्मेदवार अरुण नेपाललाई ३२ मतले पराजित गरे । त्यसबेला चुनाव जितेका उनी सञ्चारमन्त्री समेत बन्न सफल भए । 

२०७४ मा भएको चुनाव एमाले–माओवादी गठबन्धनका उम्मेदवार अग्नि सापकोटासँग बस्नेतको जोर चलेन । 

२०७४ को चुनावमा सिन्धुपाल्चोक– १ मा एउटा शब्द चर्चित थियो– ह्याकुलाले पेल्ने । बस्नेतले माओवादी नेता सापकोटालाई ह्याकुलाले पेलेरै जित्ने भनेपछि माओवादी नेता सापकोटाले त्यसको सशक्त प्रतिवाद गरेका थिए ।

२०४८ देखि २०७४ सम्मका कुनैपनि चुनावमा सिन्धुपाल्चोक– २ बाट कांग्रेसले चुनाव जितेको रेकर्ड छैन । आफूले जित्दै आएको क्षेत्र छाडेर २ मा आएका बस्नेतलाई इतिहास रच्ने मौका र चुनौती दुवै छ । हुन त २०७० सम्म सिन्धुपाल्चोकमा ३ वटा निर्वाचन क्षेत्र थियो । त्यसबेलाको क्षेत्र नम्बर २ लाई १ र ३ मा बराबरी बाँडेर दुईवटा मात्रै निर्वाचन क्षेत्र बनेको हो । तर, क्षेत्र नम्बर–२ बनेको निर्वाचन क्षेत्रबाट कांग्रेसले जित निकाल्न सकेको छैन । 

नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका शेरबहादुर तामाङले २०७० मा सिन्धुपाल्चोक– ३ बाट चुनाव जितेका थिए । ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर– २ बाट उम्मेदवार बनेका तामाङ त्यसबेला पनि निर्वाचित भएका थिए । तर, ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादीका दावा तामाङसँग ९८ मतले पराजित भएका थिए । तामाङ अहिले भने एमालेमै छन् । 

शेरबहादुर पहिलोपटक ०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक– ३ मा उम्मेदवार बनेका थिए । त्यसबेला उनी पशुपति शमशेर राणासँग पराजित भएका थिए । 

सिन्धुपाल्चोकमा तीनवटा निर्वाचन क्षेत्र हुँदा राणा क्षेत्र नम्बर १ र ३ बाट उम्मेदवार हुने गरेका थिए । राणा १ बाट सधैँजसो हार्थे भने ३ बाट जित्थे । २०६४ बाट भने राणाको जीतमा ब्रेक लाग्यो । 

तामाङले भने ०७० बाट जितको खाता खोलेका हुन् । २०७० संविधानसभाको दोस्रो चुनावपछि २०७२ मा संविधान बन्यो । एमालेको नेतृत्वमा सरकार बन्यो । ओली क्याबिनेटमा तामाङ कानून मन्त्री बनेका थिए । 

नौ महिनामै ओलीको सरकार ढल्यो र प्रचण्ड प्रधानमन्त्री भए । केही समय सरकार चलाएर चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवालाई दिए । २०७० मै चुनाव जितेका बस्नेत देउवा क्याबिनेटमा सूचना तथा सञ्चारमन्त्री नियुक्त भए । 

२०७० मा तामाङ र बस्नेत दुवै फरक निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । दुवै नेताले मन्त्री हुने अवसर पाए । २०७४ को चुनाव एमाले र माओवादीको पक्षमा थियो । तामाङ हार्ने कुरै भएन । २०७४ को चुनाव जितेपछि पनि शेरबहादुर तामाङ स्वाथ्य तथा जनसंख्या मन्त्री नियुक्त भए । पार्टीभित्रको अन्तर्विरोधका कारण उनले १९ दिनमै क्याबिनेटबाट फिर्ता हुनुपर्‍यो । 

सत्ताको स्वाद चाखिसकेका दुवै नेता आ–आफ्ना पार्टीमा उत्तिकै प्रभावशाली छन् । तामाङ एमालेमा अध्यक्ष केपी ओली निकट र विश्वासपात्र समेत हुन् । उनी एमालेको स्थायी सदस्य छन् । 

कांग्रेसका बस्नेत सभापति देउवाका निकटस्थ हुन् । उनी पार्टीका केन्द्रीय सदस्य छन् ।

चुनावी अवस्था

सिन्धुपाल्चोक–२ को स्थानीय तहको मत हेर्ने हो भने एमालेभन्दा कांग्रेस–माओवादी गठबन्धन निकै अघि छ । 

एमालेको ३१ हजार ७७६ मत छ भने कांग्रेस, माओवादी र नेकपा एसको मत जोड्दा ४७ हजार हाराहारी मत हुन्छ । कांग्रेस एक्लैको २९ हजार ३०२ मत छ । 

ब्यालेट पेपरमा कांग्रेस–माओवादी फ्युजन राम्रो हुँदा एमालेका शेरबहादुर तामाङलाई जित निकाल्न साह्रै कठिन देखिन्छ । तर, कांग्रेस–माओवादी भित्रको अन्तर्विरोधमा खेल्ने रणनीतिमा एमाले छ । 

त्यसबाहेक, नेकपा एसको मत आकर्षित गर्नुपर्ने दबाब पनि तामाङमाथि छ । 

नेकपा छुट्टिएर पूर्ववत् एमाले र माओवादी केन्द्र फर्किएपछि सिन्धुपाल्चोक–२ का माओवादी केन्द्रका धेरै नेता कार्यकर्ता एमालेमै रहेका छन् । स्थानीय तहको निर्वाचनमा सामान्य प्राविधिक व्यवस्थापन मिलाउन नसक्दा चुनाव हारेको एमालेको विश्लेषण छ । 

त्यसलाई आगामी चुनावमा सच्च्याउने प्रतिबद्धतासहित एमालेका नेताहरू चुनावी मैदानमा होमिएका छन् । 

एमालेका उम्मेदवार तामाङप्रति भने एमालेमा रहेका पूर्व माओवादी समूहको व्यवस्थापनमा विशेष ध्यान दिन नसकेको प्रारम्भिक टिप्पणी पनि सुन्न थालिएको छ । 

तर, कांग्रेसमा भने चुनावी कौशल भएका नेता क्षेत्र नम्बर–२ मा आएको भनेर कार्यकर्तामा उत्साह छ । कांग्रेसका उम्मेदवार बस्नेतका अगाडि प्रभावकारी तयारी गरेको क्षेत्र छाड्नुपर्दा निर्वाचनकै लागि असाध्यै धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

अर्कातर्फ बस्नेतले सिन्धुपाल्चोक कांग्रेसलाई एकीकृतरूपमा व्यवस्थापन गर्न सकेका छैनन् ।

पार्टीभित्र बस्नेतविरूद्धको ठूलो समूह प्रतिद्वन्द्वितामा छ । बस्नेतलाई आफ्नै पार्टीभित्रको व्यवस्थापन मुख्य चुनौती रहेको सिन्धुपाल्चोक कांग्रेसकै नेता कार्यकर्ता स्वीकार्छन् । 

तामाङका लागि जनता र कार्यकर्ताको आशा र असन्तुष्टि सम्बोधन मुख्य चुनौती हो । उनले त्यस क्षेत्रबाट दुईपटक चुनाव जितिसकेका छन् । त्यस अवधिमा उनी समक्ष जनताका कैयौं अपेक्षा थिए । उनले ती सबै सम्बोधन गर्न भ्याएका छैनन् । मतदाताको घरदैलोमा पुगिरहेका तामाङ मतदाताका यिनै प्रश्नहरु सामाना गरिरहेका छन् । 

निर्वाचन क्षेत्र आफ्ना लागि मन्दिर भएको र त्यहाँका जनता भगवान भएको भन्दै भगवानको सेवामा आफू निरन्तर लागिरहेको तामाङ बताउँछन् । 

उनको उम्मेदवारी तय हुनुअघि आफ्नो निर्वाचन क्षेत्रको लागि कायापलट गर्ने योजना भन्दै निर्वाचन क्षेत्र रणनीतिक सडक योजना शिलान्यास गरेका थिए । 

उक्त सडक निर्माण सम्पन्न हुँदा त्यस क्षेत्रको आर्थिक सामाजिक आयाममा ठूलो फेरबदल आउने तामाङको विश्वास छ ।

त्यसबाहेक, उनले उम्मेदवारी दर्ताको दिन आफूले प्राथमिकतामा राखेका मुख्य ७ योजना सार्वजनिक गरेका छन् । त्यसमा केही निर्वाचन क्षेत्र केन्द्रित आयोजना छन् भने केही राष्ट्रिय महत्त्वका आयोजना छन् । 

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका अध्यक्ष कमल नेपाल भने एमालेको बलियो संगठन नै सिन्धुपाल्चोकमा एमालेको जीतको आधार रहेको बताउँछन् । 

‘एमालेले गरेको काम जनतामा स्पष्ट छन् । हाम्रो नीति र विचार उत्कृष्ट छ जसलाई जनताले मन पराएका छन् । उम्मेदवार पनि जनताले चाहेअनुसारकै छन् । गठबन्धनले देशको विकास गर्दैन भन्ने पछिल्ला केही महिनामा स्पष्ट भइसकेको छ’, नेपाल भन्छन् ।

कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले भने डेंगु संक्रमण भएर आराम गरिरहेकाले अहिले निर्वाचनसँग सम्बन्धित विषयमा कुरा गर्न नसकिने बताए । उनले उम्मेदवारी दर्ताको समयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सिन्धुपाल्चोक– २ मा बाढी पहिरोले दिएको दुःखको दीर्घकालीन समाधानको प्रयास गर्ने र अन्य भौतिक पूर्वाधार विकासमा योगदान गर्ने आफ्नो योजना रहेको बताएका थिए । 

पूर्वाधार विकासका लागि आफूले बजेटको व्यवस्थापन र परिचालन गर्न सक्ने, त्यसैको आधारमा ठूला विकास आयोजना सञ्चालन हुने भन्दै त्यसैका लागि मतदाताले आफूलाई चुनाव जिताउने बस्नेतको विश्वास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x