×

NMB BANK
NIC ASIA

नेपाल असफल राष्ट्र हुनबाट जोगियो तर, अझै ‘ट्रान्जिसन’मा छ : प्रधानमन्त्री

कात्तिक १, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ‘ट्रान्जिसन’को अवस्थामा रहेको बताएका छन् । ललितपुरमा गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई मंगलवार सम्बोधन गर्दै देउवाले भने, ‘नेपाल राष्ट्र यति बेला ट्रान्जिसनमा छ । लोकतन्त्रलाई स्थायी बनाउनुछ ।’

Muktinath Bank

आगामी चुनावबाट देश स्थायी लोकतन्त्रको बाटोमा जाने उनले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा देउवाभन्दा अघि बोलेका प्रचण्ड र माधव नेपालले केपी ओलीको विरोध गरेका थिए । देउवाले पनि त्यसलाई निरन्तरता दिए । भर्खर चुनावको बेला भएको तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष अगाडि नै संसद विघटन गरेको भन्दै उनले त्यसको विरोध गरे । 


Advertisment
Nabil box
Kumari

‘ओलीजीले दुई पटक संसद् भंग गरे । संविधान बनाउँदा कुनै पनि हालतमा संविधान भंग गर्न पाइँदैन भन्ने व्यवस्था गरिएको थियो । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरिदिनुभयो । साँझ गरेको भए हुन्थ्यो । बिहान गरेको भए पनि हुन्थ्यो । भर्खर चुनावको बेला भएको छ । यहाँले २ वर्ष अघि नै संसद भंग गरिदिनुभयो’, देउवाले भने । 

Vianet communication
Laxmi Bank

अब नेपाल स्थायी शान्तिको बाटोमा अघि बढेको पनि उनले बताए । नेपाललाई असफल राज्य हुनबाट गठबन्धनले जोगाएको पनि उनले बताए । ‘नेपाल असफल राज्य हुनबाट जोगिएको छ । नेपाल स्थायी शान्तितिर अगाडि बढेको छ । आर्थिक अवस्था सुधार हुन थालेको छ । नेपालको समावेशी प्रजातन्त्र अध्ययन गर्न विदेशीहरू आउन थालेका छन्’, देउवाले भने । 

आगामी चुनावमा गठबन्धनमा रहेका दलका कार्यकर्ता र मतदाताले एक अर्काको चुनाव चिह्नमा भोट हाल्न हिचकिचाउन नहुने पनि उनले बताए । ‘अब को हँसिया हथौडा, को रुख, को कलम भन्ने नै छैन । कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने, हँसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा नै भोट हाल्ने र रूख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यत्ति भए पुगिहाल्यो नि’, देउवाले भने ।  

कोभिडको कारणले धेरै मानिसको ज्यान गएको र आर्थिक रूपमा पनि कमजोर भएको स्मरण गर्दै उनले अहिले देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताए । आगामी दिनमा नेपालले विद्युत् व्यापार गरेर समृद्धिको यात्रा तय गर्न सक्ने पनि देउवाले बताए । 

‘हामीले चीनलाई विद्युत् बिक्री गर्न सक्ने अवस्थामा छैनौँ । भारतलाई नै बिक्री गर्ने हो । भारतलाई विद्युत् बिक्री गरेर भए पनि देशलाई समृद्धिको यात्रामा लैजान सकिन्छ’, उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x