×

NMB BANK
NIC ASIA

भ्रष्टाचारको नमूना

अख्तियारको फन्दामा परेका इन्जिनीयरको सोख– ५ तोलाको सिक्री, ४ तोलाको औंठी र आइफोन १४ प्रो !

कात्तिक ३, २०७९

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेका डिभिजन खानेपानी कार्यालय रामेछाप मन्थलीका इन्जिनीयर नवराज सत्यालको अस्वाभाविक सम्पत्ति देख्दा अख्तियारका अनुसन्धान अधिकृतहरू चकित परेका छन् । 

Muktinath Bank

गैरकानूनी आर्जनबाट उनले महंगा र विलासिताका सामाग्री संकलन गरेको पाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिभिजन खानेपानी कार्यालय रामेछापमा कार्यरत आठौं तहका इन्जिनीयर सत्याललाई अख्तियारले २८ लाख घुससहित बुधवार नियन्त्रणमा लिएको थियो । 


Advertisment
Nabil box
Kumari

बिहीवार अख्तियारले म्याद थपका लागि उनलाई विशेष अदालतमा लगेको छ ।

Vianet communication

प्रारम्भिक अनुसन्धानका क्रममा इन्जिनीयर सत्यालले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको पाइएको हो ।

‘गलामा ५ तोलाको सुनको सिक्री, हातमा ४ तोलाको सुनको औँठी र आइफोन १४ प्रो मोबाइल बोक्दा रहेछन्,’ अख्तियार स्रोतले लोकान्तरसँग भन्यो, ‘गैर कानूनी कमाइबाट महंगा विलासी सामान जोडेको पाइयो, अनुसन्धानको क्रममा थप खुल्दै जाला ।’

खानेपानी तथा सरसफाइ डिभिजन नं. ४ बाग्मती प्रदेश, मन्थली रामेछापका आठौं तहका इन्जिनीयर सत्याल र करारमा कार्यरत प्लम्बर बखतबहादुर थापालाई हिजो अख्तियारले नियन्त्रणमा लिएको थियो । 

२०५५ सालमा सरकारी सेवामा प्रवेश गरेका सत्याल २४ वर्षदेखि एउटै कार्यालयमा बसिरहेका थिए । 

प्रत्येक आयोजनाबाट १५ देखि २० प्रतिशत रकम कमिसनको रूपमा लिने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

सरकारी सेवामा प्रवेश गरेको केही वर्षमै उनले भक्तपुरमा आलिसान घर बनाएका छन् भने निजी गाडी खरिद गरेका छन् । 

कम्प्युटरको टेबलमा भेटिएको थियो नौ लाख 

१६ लाख नगद र १२ लाखको चेक (२८ लाख) सहित पक्राउ परेका इन्जिनीयर सत्यालबाट अख्तियारले थप ९ लाख रुपैयाँ समेत बरामद गरेको थियो ।

९ लाख रुपैयाँ कम्प्युटरको टेबलभित्र लुकाइएको अवस्थामा फेला परेको अख्तियार स्रोतले बतायो । 

‘यो सबै रकम विभिन्न आयोजना र ठेक्कापट्टाको कमिसनबाट आएको पाइएको छ,’ अख्तियार स्रोतले भन्यो । 

‘खानेपानीसम्बन्धी कामको भुक्तानीबाापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले र थापालाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा मन्थली १ स्थित इन्जिनीयरको निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियार स्रोतका अनुसार इन्जिनीयर सत्यालले करारमा काम गरिरहेका प्लम्बर थापालाई पैसा बार्गेनिङ गर्ने र पैसा जम्मा गर्ने काममा लगाउँदै आएका थिए । 

नयाँ नेतृत्व आएपछि अख्तियारले ठूला माछालाई नियन्त्रणमा लिन शुरू गरेको छ । 

यसअघि गत महिना अख्तियारले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई १६ लाख घुससहित नियन्त्रणमा लिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x