×

NMB BANK
NIC ASIA

महिला फुटबलको स्वर्ण सशस्त्रलाई

कात्तिक ३, २०७९

NTC
Premier Steels

सशस्त्र प्रहरीले नवौँ राष्ट्रिय महिला फुटबलको स्वर्णपदक जितेको छ । स्याङ्जाको वालिङमा आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्रले उपाधिको रक्षा गरेको हो । 

Muktinath Bank

सशस्त्रलाई स्वर्णपदक दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । उनले खेल सुरू भएको १० मिनेटमा पहिलो गोल गरिन् । १–० ले अगाडि रहेको सशस्त्रका लागि मध्यान्तरपछि ५२ मिनेटमा पुनःभण्डारीले दोस्रो गोल थपिन् । २–० ले पछाडि परेको पुलिसले ७६ मिनेटमा सान्त्वना गोल फर्कायो । पुलिसका लागि एक गोल निरू थापाले गरेकी हुन् । पराजयसँगै पुलिसले रजत पदक प्राप्त गरेको छ भने त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानसहित कांस्यपदक पाएको छ । आर्मीले प्रदेश नं १ लाई ७–० ले पराजित गरेको हो । आर्मीका लागि तेस्रो मिनेटमा हिमा चौधरीले गोल गरिन् । त्यस लगतै अमिशा कार्कीले ५, ३५ र ४१ मिनेटमा गरी ह्याट्रिक पूरा गरिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै चन्द्रा भण्डारीले ४३ मिनेटमा थप एक गोल गरी पहिलो हाफमा ५–० ले आर्मी अगाडि रह्यो । दोस्रो हाफको ६१ मिनेटमा गङ्गा गुरुङ र ७१ मिनेटमा कुसुम खतिवडाले एक÷एक गोल गरेका थिए । मङ्गलबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरीले त्रिभुवन आर्मी क्लबलाई र पुलिसले प्रदेश नं १ लाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा तीन विभागीय टिमसहित सात वटा प्रदेशबाट एक/एक टिम गरी कूल १० टिमको सहभागिता थियो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x