×

NIC ASIA

मंसिर ४ पछि एमालेको सरकार बन्छ : ओली

कात्तिक ४, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उनले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताए । 

Muktinath Bank

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रवार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उनले त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने पनि बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु–यो सरकार काम गर्न जन्मेकै होइन । यसलाई काम गर्ने फुर्सद नै छैन । त्यसकारण यो बेग्लै उद्देश्यका साथ बनेको सरकार हो । अब मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढछ । हाईवेको गाडीभन्दा छिटो विकासका गति अगाडि बढ्छ । हाम्रो देशको विकासको गति अगाडि बढ्छ । साथीहरू ढुक्क हुन म आग्रह गर्दछु । र, यो सन्देश तपाईंहरूले गाउँगाउँमा लिएर जानुहोस्’, ओलीले भने, ‘गाउँ–गाउँमा लिएर गएर महाअदालत बसेर महाफैसला मंसीर ४ गते गर्दैछ । अदालत सदालत धेरै बसे । सरकार हटाए । त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ । त्यसले महाफैसला गर्नेछ । त्यो महाफैसला सही हुनु पर्दछ । सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस् । म त्यही आग्रह गर्न चाहन्छु ।’


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारुढ दलहरूले गरिरहेको आरोपसमेत लगाए । नेकपा एस अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरूले निर्वाचन आचारसंहिताविपरीत फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए । एमाले जनतालाई सचेत बनाउने र देशलाई समृद्ध बनाउने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस काममा आफूहरू प्रतिबद्ध रहेको दोहो¥याए । 

Vianet communication

अध्यक्ष ओलीले झापाको दमकमा रंगशाला बनाउनका लागि आफैंले काम शुरु गरेको र त्यो काम पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरे । 

‘अरुले भनेजस्तो हामी फ्रि भिसा, फ्रि टिकट यस्तो भनेर हिँडेका छैनौँ । मान्छे अल्मल्याएर हिँडेका छैनौँ । बिना ढेउवा पनि भनेका छैनौँ । मान्छे अल्मल्याउने काम गरेका छैनौँ । हाम्रो काम अल्मल्याउने होइन । जनतालाई सचेत बनाउने हो, संगठित बनाउने हो । र, अगाडि बढाउने हो’, उनले भने, ‘अरुले २० वर्षमा नगरेको काम तीन वर्षमा ग¥यौं । यो तीन वर्षमा भुईचालोका भत्काएका ७ लाख घर बनाएर पीडितहरुलाई हामीले हस्तान्तरण ग¥यौँ । कतिपय तपाईंहरूले पनि पाउनु भयो होला । हजारौं विद्यालय, हजारौँ प्रहरी चौकी, हजारौँ सरकारी भवन, हजारौँ अस्पताल निर्माण ग¥यौँ । दुई सय १० वटा बाटो एकैचोटी शिलान्यास गरेर अघि बढायौँ । हुलाकी राजमार्ग लगभग तयार ग¥यौं । हजारौँ पुल, मदन भण्डारी राजमार्ग, पुष्पलाल राजमार्ग त्यसले मध्य पहाडको विकास ग¥यो । र, सदरमुकामहरु जोडने काम गर्‍यो । किमाथाङ्का सदाबहार जोडने बाटो एमालेबाहेक कसले सोचेको थियो ? अव केही मिटर चट्टान काट्न बाँकी छ । सेनालाई दिइएको छ । किमाथाङका यसले सुगम बनाउँछ । देशको सबै ठाउँको विकास गरिन्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x