×

NMB BANK
NIC ASIA

तिहारमा विद्युत् आपूर्ति नियमित गराउन कुलमान स्यूचाटारमा

कात्तिक ७, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार (दिपावली)लाई ‘उज्यालो’ पर्वका रुपमा पनि लिने गरिन्छ । तिहारमा झिलीमिली बत्ती बाल्ने गरिन्छ । त्यसैले तिहारलाई ‘उज्यालो पर्व’ भनिएको हो । 

Muktinath Bank

तिहारमा विद्युत् आपूर्ति नियमित गराउन नेपाल विद्युत् प्राधिकरणले हरसम्भव प्रयास गर्ने जनाएको छ । विशेष गरेर लक्ष्मीपूजाको साँझ विद्युत्‌काे माग बढी हुने गरेकाले विद्युत् भार मिलाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले प्रत्यक्ष रुपमा निगरानी गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतका वर्षमा जस्तै यो वर्ष पनि घिसिङसहित उच्च अधिकारीहरूको टोली स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर आपूर्ति व्यवस्थाको निरीक्षण गरिरहेको प्राधिकरणले जानकारी दिएकाे छ । घिसिङले तिहारको बेला देशभर कुनै पनि क्षेत्रमा विद्युत् आपूर्ति कटौती नहुने गरी भार व्यवस्थापन गरिएको जानकारी दिए । घिसिङको टोलीले सोमवार दिनभरि काठमाडौं उपत्यकाका सबस्टेशनहरूमा पुगेर ताजा अवस्थाबारे जानकारी लिएको थियो । 


Advertisment
Nabil box
Kumari

तिहारमा विद्युत् आपूर्ति बन्द हुन नदिन स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल लगायतका सबस्टेसनलाई चुस्त अवस्थामा राखिएको घिसिङले बताए । 

Vianet communication
Laxmi Bank

कुनै स्थानमा समस्या आउने बित्तिकैसम्बन्धित स्थल पुगेर मर्मत गर्न नो–लाइटको टिमहरू तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । त्यस्तै, तिहारलाई लक्षित गरी सबैजसो जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको अवस्था जाँच र मर्मत सम्भार गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले तिहारको अवसरमा मन लागेजति बत्ती बाल्न सबैलाई आग्रह गरेको छ । विद्युत् उत्पादन पर्याप्त मात्रामा रहेको तथा तिहारको अवसरमा विभिन्न उद्योग तथा कलकारखाना पनि बन्द रहेकाले विद्युत् अपुग हुने समस्या नहुने कार्यकारी निर्देशक घिसिङले बताए । उनले सबै ग्राहकलाई जतिसक्दो बढी विद्युत् खपत गरेर तिहार मनाउन आग्रह पनि गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x