×

NIC ASIA

चाडबाड सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार

कात्तिक १३, २०७९

Prabhu Bank
NTC
Premier Steels

कालीकोट जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ–गाउँमा पसेका छन् । चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन् । 

Muktinath Bank

जिल्लामा सत्ता गठबन्धन दल, नेकपा (एमाले), विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । चाडबाडका कारणले चुनावी प्रचारको काम गर्न नपाएकामा उम्मेदवार अहिले चाडबाड सकिएका कारणले तीव्ररूपमा चुनावी प्रचार र नागरिक भेटघाट कार्यक्रममा उम्मेदवार गाउँ पसेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाडबाडका समयमा नागरिक बीचमा विभिन्न पार्टी कार्यकर्तासँग अन्तक्र्रिया गठबन्धनको बैठकलगायतका काम भइरहेको गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रतिनीधिसभाका उम्मेदवार महेन्द्रबहादुर शाहीले जानकारी दिए । “हामी गठबन्धनका साझा एजेण्डा लिएर चुनावी मैदान होमिएका छौँ”, उनले भने, “अहिले हामीले गठबन्धन संयुक्त चुनाव प्रचार–प्रसार समिति तथा अन्य काम सकेर नागरिकबीचमा पुगेको छौँ ।”


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलसँग तालमेल गरेर चुनावी अभियान जुटेको न कांग्रेस प्रदेशसभा (ख) का उम्मेदवार हिक्मतबहादुर विष्टले जानकारी दिए । “मैले मेरो निर्वाचन पालिका रहेको नरहरिनाथ गठबन्धनको कार्यक्रम सकेर सान्नी त्रिवेणी गाउँपालिका गठबन्धन दलको बैठक सकेर रास्कोटमा लागेको छु”, उनले भने, “चाडबाड सकियो । कांग्रेसले अहिले सम्पूर्ण शक्ति चुनाव प्रचार–प्रसारमा लगाएको छ ।”

Vianet communication

नेकपा (एमाले) प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्रबहादुर शाहीले पार्टीको एजेण्डा लिएर गाउँगाउँमा  मतमाग्ने काम भइरहेको बताए । “अहिले म नागरिकका बीचमा रहेको छु । पार्टी र मेरो भावी चुनावी घोषणापत्र लिएर प्रचार–प्रसार गरिरहेको छु”, उनले भने, “नागरिकका गुनासा पनि सुन्ने काम र उहाँहरूका समस्याका विषयमा सुझाव लिने काम भइरहेको छ ।”

जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका महेन्द्रबहादुर, एमालेका नगेन्द्र र स्वतन्त्ररूपमा उम्मेदवारी दिनुभएका काशीचन्द्र बराल प्रतिस्पर्धामा रहेका छन् ।

प्रदेशसभा सदस्यमा १ मा गठबन्धनका तर्फबाट माओवादीका दुर्गबहादुर रावत, एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही चुनावी मैदानमा रहेका छन् भने प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट कांग्रेसका हिक्मतबहादुर विष्ट, एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकबहादुर विष्ट, कांग्रेस विपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम र स्वतन्त्र उम्मेदवारका रूपमा लक्ष्मणबहादुर बम चुनावी मैदानमा रहेका छन् । रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x