×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

मोरङको चुनावी चर्चा : शेखर र सुजाताले फर्काउलान् कोइराला परिवारको विरासत ?

कात्तिक १५, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको निवास रहेको विराटनगरलाई कुनै समय नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्रको रूपमा चिन्ने गरिन्थ्यो ।

Muktinath Bank

बीपीपछि गिरिजाप्रसाद कोइरालाले नेपालकै राजनीतिको नेतृत्व गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीपी महत्त्वपूर्ण निर्णय गर्दा कोइराला निवासमै आएर गर्थे । विराटनगरको कोइराला निवासमा जन्मेका गिरिजाप्रसाद ४ पटक प्रधानमन्त्री बने ।


Advertisment
Nabil box
Kumari

गिरिजाले पनि त्यो परम्परालाई निरन्तरता दिए । महत्त्वपूर्ण घोषणा उनले विराटनगरमै आएर गर्ने गरेका थिए ।

Vianet communication

गिरिजाप्रसादपछि भने कोइराला निवासले देशको नेतृत्व गर्ने अवसर पाएको छैन । पटक–पटक विभिन्न आन्दोलनको नेतृत्व गरिरहेको कोइराला निवासले यसपटक २ जना उम्मेदवार पाएको छ ।

कोइराला निवासका डा. शेखर कोइराला र सुजाता कोइराला मोरङबाट उम्मेदवार बनेका छन् । 

चुनाव जित्नका लागि शेखरलाई यसपटक खासै गाह्रो नपर्ने कांग्रेसको आकलन छ । कोइरालाले नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितसँग दोस्रोपटक प्रतिस्पर्धा गरिरहेका छन् ।

पण्डितले अघिल्ला चुनावका बेला गरेका प्रतिबद्धता र वाचा मन्त्री भएपछि बिर्सेको आरोप लाग्ने गरेको छ । 

चुनाव हारे पनि कहिले बिरामीको उपचार त कहिले संगठन निर्माण भन्दै शेखरले आफ्नो निर्वाचन क्षेत्र छाडेका छैनन् ।

अघिल्लोपटक वाम गठबन्धन हुँदा शेखर झिनो मतान्तरले पराजित भएका थिए । 

मोरङको ६ नम्बर क्षेत्रमा १ लाख २६ हजार ७६१ मतदाता छन् । ६ नम्बर क्षेत्रमा विराटनगर महानगरपालिकाका ७ वडा, सुन्दरहरैंचा नगरपालिकाका ६ वडा र बुढीगंगा गाउँपालिकाका ७ वडा पर्छन् ।

६ नम्बर क्षेत्रभित्र वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसले २७ हजार ८६ र एमालेले २४ हजार ५५६ मत पाएको छ ।

माओवादी केन्द्रका उम्मेदवारले ४ हजार ९९६, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारले ३ हजार ९३९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले ३ हजार ११५, एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ३५५ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वडाध्यक्षका उम्मेदवारले ८९५ मत पाएका छन् ।

यतिबेला देशैभर चुनावी समीकरण फेरिएको छ । स्थानीय तह चुनावमा सत्ता गठबन्धनमा रहेको जसपा संघ र प्रदेशको चुनावमा विपक्षी गठबन्धनसँग मिलेको छ ।

एमाले र जसपाको गठबन्धन भए पनि मोरङमा राप्रपासँग गठबन्धन भएको छैन । लोसपा सत्ता गठबन्धनमा छ ।

लोसपाको मतसहित सत्ता गठबन्धनसँग ३५ हजार ३३२ मत छ भने एमाले नेतृत्वको गठबन्धनमा राप्रपाको मत समेत जोड्दा पनि ३१ हजार ६१० मत रहेको देखिन्छ । तर, मोरङमा एमाले र राप्रपाका आ–आफ्नै उम्मेदवार छन् । 

मोरङको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता पनि बुवाको राजनीतिक विरासत फर्काउने दाउमा छिन् । 

बुवाले पटक–पटक चुनाव जितेको क्षेत्रबाट उम्मेदवार बनेकी छन्, उनी । अघिल्लोपटक यस क्षेत्रबाट कांग्रेसका मीनेन्द्र रिजालले चुनाव जितेका थिए ।

वाम गठबन्धन हुँदा समेत एक्लै चुनाव जितेका रिजालले यसपटक टिकट पाएनन् । सुजातामाथि ‘पाहुना उम्मेदवार’को आरोप लाग्ने गरेको छ । 

टिकट नपाएपछि रिजाल पनि सुजाताको प्रचारमा खटेका छैनन् । कांग्रेसको बलियो संगठन, माओवादीको मत र एमाले फुटका फाइदा उठाउँदै चुनाव जित्ने रणनीतिमा सुजाता छिन् ।

एमालेले जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेललाई उम्मेदवार बनाएको छ । उनी अघिल्लोपटक मीनेन्द्रसँग पराजित भएका थिए । अघिल्लोपटक पराजित भएकाले सहानुभूतिको मत पाएर चुनाव जित्ने पोख्रेलको रणनीति छ । 

यस क्षेत्रमा स्थानीय तहको मतका आधारमा सत्ता गठबन्धन नै बलियो देखिन्छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतमा एमालेभन्दा सत्ता गठबन्धन अगाडि छ ।

एमालेले ३१ हजार ३३० मत पाएको छ भने कांग्रेसले २८ हजार ६१७, माओवादी केन्द्रले ७ हजार २७१, राप्रपाले २ हजार ६९, लोसपाले ५६६ र नेकपा एकीकृत समाजवादीले १८० मत पाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x