कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
कात्तिक १६, २०७९
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन (मंसिर ४) आउन ३ साताभन्दा पनि कम समय बाँकी छ । तर, चुनावलाई लिएर मतदाताहरूमा खासै उत्साह पाइँदैन ।
१८ गतेबाट मात्र खुलेर चुनाव प्रचारप्रसार गर्न निर्वाचन आयोगले निर्देशन दिएकाले पनि उम्मेदवारहरू आफ्ना कार्यकर्तासँग मात्र भेटघाट र अन्तरक्रिया गरिरहेका भेटिन्छन् ।
बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ, सिमरा । सिमरा बजार यस जिल्लाकै हब हो । यहाँका मतदाता तथा सर्वसाधारणले सबै दलप्रति निराशा व्यक्त गरेका छन् ।
रोजगारी, भौतिक पूर्वाधार निर्माण लगायतका कुराहरूमा जितेर गएका सांसदले ध्यान दिनुपर्ने उनीहरूको आग्रह छ ।
सिमरा स्टेसनरी चलाइरहेका युवा मतदाता निरज थापा रोजगारी सिर्जना नै यस क्षेत्रबाट जित्ने सांसदको मुख्य प्राथमिकतामा पर्नुपर्ने बताउँछन् ।
‘यहाँ बेरोजगारीको ठूलै समस्या छ,’ उनी भन्छन्, ‘धेरै युवा त विदेशै जान खोज्छन् अनि यहाँ भएकाहरू पनि इलममा लागेका छैनन् । पसल खोलेकाहरू पनि दिनभरि लुडो खेल्ने र ग्राहकलाई ध्यान नदिने गरिरहेका छन् ।’
माडवारी समुदायले पथलैयादेखि वीरगञ्जसम्मको क्षेत्रमा सानाठूला सबै किसिमको व्यापार व्यवसाय गरेर पैसा कमाइरहेको तर स्थानीय युवाहरूले त्यसरी उद्यम नगरेकोमा उनको चिन्ता छ ।
‘पथलैयादेखि वीरगञ्जसम्म पैसा उडिरहेको छ तर माडवारीहरूले मात्र त्यसलाई टिपिरहेका छन्,’ उनले भने ।
बारा र पर्सा जिल्लामा उद्योग कलकारखाना पनि प्रशस्तै छन् । तर ती कारखानामा स्थानीय युवाले काम गर्न नपाएको गोल्डस्टार शोरूमका सञ्चालक दीपक थपलिया बताउँछन् ।
‘यहाँका कालकारखानामा जागिर पाउनका लागि नेताहरूलाई पैसा खुवाउनुपर्छ,’ उनले आरोप लगाए ।
थपलियाको यो आरोपलाई सिमरा बजारमा चियापसल व्यवसाय गर्ने सन्तोषी सिंह केसीले पनि दोहोर्याइन् ।
‘पावर र सोर्स भएकाहरूले मात्र कारखानामा जागिर पाउँछन्,’ उनले भनिन्, ‘अझ त्यसमाथि कारखानामा नेपालीभन्दा पनि बढी भारतीयहरूले काम गरिरहेका छन् ।’
दलीय नेतृत्वबाट थपलिया र केसी दुवै असन्तुष्ट छन् । ‘अहिलेको चुनावमा कुनै पनि राम्रो उम्मेदवार उठेका छैनन्,’ थपलियाले भने, ‘अब बूढाखाडाले चुनाव जित्नहुँदैन बरू पढेलेखेका युवा आउनुपर्छ ।’
स्वतन्त्र उम्मेदवारहरूबाट केही आशा गर्न सकिन्छ त भन्ने लोकान्तरको प्रश्नमा थपलिया भन्छन्, ‘स्वतन्त्र मात्र भनेर पनि भएन, समाजमा केही योगदान गरेको मान्छे हुनुपर्यो । त्यस्तो मान्छे मात्र राजनीतिमा आउँदा सही हुन्छ ।’
केसीचाहिँ यसपालि चुनावमा भोट हाल्नै मन नलागेको बताउँछिन् । ‘स्थानीय निर्वाचनमा जितेकाहरूले त केही काम गरेका छन् तर जितेपछि काठमाडौं जाने नेताहरूलाई के भोट हालिरहनु,’ उनी भन्छिन् ।
उनकै जस्तो निराशा फेन्सी पसल चलाइरहेकी हसिना खातुनले पनि व्यक्त गरिन् । ‘चुनाव जितेर गएकाहरूले राम्रो काम गरेका छैनन्,’ उनले गुनासो गरिन् ।
खातुनजस्ता सानो व्यापार व्यवसाय चलाइरहेकाहरूलाई उठिबास हुने डरले पनि सताइरहेको छ ।
‘हामीले दोकान गरिरहेको ठाउँ भत्काएर ठूलो मल बनाउने सुनेका छौं,’ उनले भनिन्, ‘हामीलाई कहाँ पठाउने हो, भरोसा छैन ।’
बाटाघाटाहरू राम्रो नभएको गुनासो पनि स्थानीयहरूले गरेका छन् । ‘मुख्य बजारको भित्री बाटो राम्रो छैन,’ थापाले भने, ‘बर्खामा सडकमै पानी जम्ने समस्या छ अनि ट्राफिक जाम पनि ठूलै समस्या हो ।’
बारा क्षेत्र नम्बर ४ मा मुख्य प्रतिस्पर्धा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा एसका उम्मेदवार किसान श्रेष्ठ र विपक्षी एमाले गठबन्धनका तर्फबाट इकबाल मियाँबीच छ । यी दुई प्रतिद्वन्द्वीमा कडा टक्कर रहेको स्थानीयहरू बताउँछन् ।
एमालेमा आउनुअघि लोसपामा रहेका इकबाल मियाँले अघिल्लोपटकको निर्वाचन जितेका हुन् । तर चुनाव जितेपछि निर्वाचन क्षेत्रका जनतालाई उनले वास्तै नगरेको आरोप स्थानीयहरू लगाउँछन् ।
तर एमालेका कार्यकर्ताहरू मियाँको तत्कालीन दल लोसपा सरकारमा खासै जान नपाएकाले उनलाई क्षेत्रमा गतिला योजना पार्न गाह्रो भएको तर्क गर्छन् ।
सांसदका रूपमा उनले सदनमा आवाज उठाउने र निर्वाचन क्षेत्र विकासका लागि पाइने बजेट सदुपयोग गर्ने गरेकाले उनीसँग स्थानीय मतदाता असन्तुष्ट नरहेको उनीहरूको जिकिर छ ।
उता किसान श्रेष्ठको कुरा गर्दा उनले श्रममन्त्री हुँदा बारा क्षेत्र ४ का धेरै युवालाई विदेश पठाउन सहयोग गरेको सिमरा स्टेसनरीका निरज थापाको भनाइ छ ।
थापा सिमरा युनाइटेड फूटबल क्लबका पनि सञ्चालक हुन् । क्लब तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि श्रेष्ठले निकै रकम खर्च गरेको थापा दाबी गर्छन् ।
रकम खर्च गर्ने सवाल उठ्दा चुनावमा श्रेष्ठ र मियाँ दुवैले उत्तिकै पैसा लगाइरहेको एक स्थानीयले बताए ।
‘अहिले त चुनावी माहोल तातेकै छैन, अन्तिमतिर गएपछि पैसाको ठूलो चलखेल हुन्छ अनि त्यसैले परिणाम निर्धारित गर्छ,’ नाम खुलाउन नचाहेका ती स्थानीयको भनाइ छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...