×

NMB BANK
NIC ASIA

ठूला नेताहरूले नै एकअर्कालाई स्वीकारेपछि ढुक्क भएर गठबन्धनलाई मतदान गर्नुहोस् : राजेन्द्र बजगाईं

कात्तिक १७, २०७९

NTC
Premier Steels

गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको भन्दै नेताहरूले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले दलका प्रतिनिधिहरूले काम गर्न सकेनन् भन्ने आवाज उठिरहेको बताए । उनले अबको गठबन्धन सरकारले नै त्यस्ता आवाजलाई चिर्ने काम गर्ने बताए । 

Muktinath Bank

नेता बजगाईंले पार्टीका कार्यकर्तालाई एकले अर्को पार्टीको चुनाव चिन्हमा कसरी मतदान गर्ने भन्ने संशय पैदा भइरहेकाले ठूला नेताहरूले नै एक-अर्कालाई स्वीकारेपछि ढुक्क भएर मतदान गर्न आग्रह गरे । उनले यो गठबन्धन आगामी दिनमा पनि लामो समयसम्म टिक्ने दाबी गर्दै गठबन्धनका उम्मेदवारहरूलाई धेरैभन्दा धेरै मत दिएर जिताउन आग्रह गरे । उनले नेपालमा गठबन्धनका नेताहरूबाट नै विकासका कार्यक्रमहरूले गति लिने दाबी गरे । उनले गोरखाको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालमा राजनीति दलप्रति वितृष्णा र दलका प्रतिनिधिहरूले काम गर्न सकेनन् भन्ने जन–जनमा आवाज उठिरहेको छ, त्यसलाई हामीले नै चिर्न सक्छौँ । लार्केलाई विशेष रूपले हेर्नुपर्नेछ । यहाँ प्रतिष्ठाको कुरा आयो, कसरी हामी हँसिया हतौडामा मत हाल्ने, कसरी रुखमा मत हाल्ने ? हामीले यसअघि पनि एक-अर्कालाई मत हालिसकेकाले यसलाई अप्ठ्यारो नमानिकन भोट हाल्नुहोस् । भोलिको दिनमा हामी निर्वाचित भइसकेपछि यो गठबन्धन धेरै वर्ष टिक्नेछ । गोरखाको विकासका लागि म सदैव लागिपर्नेछु । नेपालमा अब गठबन्धनका नेताहरूबाट नै विकासका कार्यक्रमहरू तय हुनेछन् । संविधानको रक्षाका लागि हामी सदैव लागि पर्नेछौँ’, नेता बजगाईंले भने । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x