×

NMB BANK
NIC ASIA

शेखर कोइरालाको संकल्प : मतदाताको भरोसामाथि कुठाराघात गर्ने छैन

कात्तिक १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावी संकल्प पत्र सार्वजनिक गरेका छन् । 

Muktinath Bank

मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि मोरङको क्षेत्र नम्बर–६ बाट उम्मेदवार रहेका कोइरालाले नेपाली कांग्रेसकै नेतृत्वमा आगामी सरकार गठनको लागि कांग्रेसले चुनावी जित्नुपर्ने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माण आफ्नो संकल्प रहेको कोइरालाले उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

‘विविधता बीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सदभावलाई संरक्षण गर्दै यस क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउनु छ’, कोइरालाले संकल्प पत्रमा भनेका छन्, ‘यस क्षेत्रको आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता छ ।’

Vianet communication
Laxmi Bank

वी.पी कोइरालाले चुनाव लड्ने र गिरिजाप्रसाद कोइरालाले मतदान गर्ने निर्वाचन क्षेत्रमा अहिले आफू उम्मेदवार रहेको भन्दै उनले मतदाताको भरोसामाथि कुठाराघात नगर्ने संकल्प गरेका छन् । 

मोरङको क्षेत्र नम्बर–६ बाट कोइरालासँगै सत्तारूढ गठबन्धनकोतर्फबाट प्रदेश सभातर्फ (१) बाट नेकपा माओवादी केन्द्रका जीवन आचार्य र प्रदेश (२) बाट नेपाली कांग्रेसका केदार कार्की उम्मेदवार रहेका छन् ।

‘म मेरा मतदाताहरुलाई र मोरङको गौरवशाली इतिहासलाई साक्षी राखेर विश्वास दिलाउन चाहन्छु म किमार्थ तपाईहरुको भरोसामाथि कुठाराघात गर्ने छैन । म तपाईहरुको मतको अपमान हुन दिने छैन र शिर झुक्न दिने पनि छैन’, उनको संकल्प पत्रमा उल्लेख छ ।

यस्तो छ डा. शेखर कोइरालाको संकल्प पत्र 

प्रिय साथीहरु,

हामी फेरि पाँच बर्षपछि आम निर्वाचनको संघारमा छौँ । हामीले उत्साह र उमंगका साथ हाम्रा चाडपर्व मनाइरहेका छौँ । आम निर्वाचन पनि सबै नेपालीहरुको लागि उत्सवको रुपमा हाम्रो अगाडि आएको छ । मंसिर ४ गते हामी हाम्रा केन्द्रीय प्रतिनिधि (सांसद) र प्रदेश सभाका प्रतिनिधिहरु छनोट गर्न गइरहेका छौँ । यसै कडिमा मोरङ क्षेत्र नं. ६ का तपाई मतदाताहरु लोकतान्त्रिक मताधिकारको प्रयोग गर्दै आफ्ना प्रतिनिधि छान्न गईरहनुभएको छ ।

साथीहरु,

हाम्रो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको छ । अब विविधता बीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सदभावलाई संरक्षण गर्दै यस क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउनु छ । संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि नेपाली कांग्रेस पार्टी र गठबन्धनले मलाई मोरङ क्षेत्र नं ६ बाट उम्मेदवार बनाएको छ । साथै  प्रदेश सभा सदस्य पदका लागि  मोरङ  क्षेत्र ६ प्रदेश (क) बाट नेकपा माओबादी केन्द्रका जीवन आचार्य र मोरङ  क्षेत्र ६ प्रदेश (ख) बाट नेपाली कांग्रेसका केदार कार्की उम्मेदवार हुनुहुन्छ ।

यस क्षेत्रको आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता छ । युवा बेरोजगारीको समस्या डरलाग्दो छ। यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन । हाम्रा सम्मानित  ज्येष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य उपचार सँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौं ।

त्यसैगरी गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने छ । विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइने छ । बिराटनगर चक्रपथको काम सम्पन्न गरि यथासक्य छिटो सञ्चालनमा  ल्याईनेछ ।

मोरङ क्षेत्र नं ६ को समग्र विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन मलाई तपाईहरुको सहयोगको आवश्यकता छ । म समग्र नेपाली कांग्रेस भित्र पुस्तान्तरण र रुपान्तरणको लागि मात्र लडिरहेको छैन, मोरङको गौरवशालीः इतिहास र परम्परालाई समेत निरन्तरता दिने प्रयासमा छु । आज जब म तपाईहरुसँग विवेकको प्रयोग गर्नुहोस् भनी मतको अनुरोध गरिरहेको छु, तब म आधुनिक नेपालको इतिहास निर्माता बी.पी. कोइरालालाई सम्झिरहेको छु । बी.पी. जसलाई हामी सबै (सान्दाजु) भनी सम्बोधन गर्दथ्यौँ, संयोगले म उहाँले नै चुनाव लड्नुभएको क्षेत्रमा भोट माग्न तपाईहरुको घरदैलोमा आएको छु । यो त्यही  क्षेत्र हो जहाँ गिरिजाप्रसाद कोइराला आफ्नो प्रतिनिधि छान्न मतदान गर्नुहुन्थ्यो । 

साथीहरु,

मलाई थाहा छ म माथि मेरो क्षेत्र र समग्र लोकतान्त्रिक आन्दोलनको ठुलो अपेक्षा छ । म मेरा मतदाताहरुलाई र मोरङको गौरवशाली इतिहासलाई साक्षी राखेर विश्वास दिलाउन चाहन्छु म किमार्थ तपाईहरुको भरोसामाथि कुठाराघात गर्ने छैन । म तपाईहरुको मतको अपमान हुन दिने छैन र शिर झुक्न दिने पनि छैन । आगामी मंसिर ४ गते तपाईहरुको मतबाट हुने विजय हामी सबैको विजय हुनेछ। यो मोरङको विशिष्ट राजनीतिक संस्कार र परम्पराको जित हुनेछ । यो क्षेत्रको मात्रै हैन समग्र राष्ट्रलाई नै समन्याय, असल शासन र समुन्नतिको बाटोमा अघि बढाउन मलाई ठुलो प्रेरणा मिल्ने छ । सदा झैं यहाँहरुको स्नेह र विश्वासको भारी अपेक्षा सहित जय नेपाल ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x