×

NMB BANK
NIC ASIA

निर्वाचन आयोगलाई पूर्व प्रमुख आयुक्तहरूको सुझाव : मतपेटिका र मतगणनामा सजग हुनु

कात्तिक २१, २०७९

NTC
Premier Steels

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई संयमित भएर काम गर्न आग्रह गरेका छन् । 

Muktinath Bank

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले आयोगका पदाधिकारीहरुले त्यसमा ध्यान दिनुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगको सानो गल्ती पनि आगोको झिल्कोझैं सल्किन सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाई छ । 


Advertisment
Nabil box
Kumari

सोमबार ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको वातावरण भत्किन नदिन निर्वाचन आयोग नै बढी सजग हुनुपर्ने पोखरेलले बताए ।

Vianet communication

पोखरेलले भने, ‘निर्वाचनलाई अप्ठ्यारोमा पार्ने तत्वहरु धेरै छन् । हाम्रो आफ्नै बोली, बचन र व्यवहारबाट त्यो परिस्थिति नआओस् । यतिखेर असाध्यै संवेदनशिल हुनुपर्छ । किनभने, सानो एउटा झिल्को भयो भने पनि डढेलो लाग्छ । यतिबेला आयोगको सबैभन्दा ठूलो शक्ति भनेकै संयमता हो ।’

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताए । शीर्ष नेताहरू उम्मेदवार रहेको जिल्ला बढीसंवेदनशील हुने भएकाले त्यसको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबढी हुन नदिन निर्वाचन आयोग गम्भिर बन्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

सबै निर्वाचनहरुमा मतगणनाको विषय जटिल हुने भन्दै गुरूङले मतगणना विवादरहित बनाउन आयोगले बेलैमा योजना बनाउनुपर्ने बताए ।

‘अत्यन्तै संवेदनशील र कठिन हुने भनेकै मतगणना हो ।  प्रत्येक निर्वाचनमा मतगणनामै गडबढी हुँदै आएको छ’, गुरूङले भने । 

त्यसैगरी, निर्वाचन आयोग मत पेटिकाको सुरक्षामा पनि उत्तिकै चनाखो हुनुपर्ने उनले बताए । २०६४ को निर्वाचनमा मतपेटिका बोकेर आएको ट्रक नै बेपत्ता भएको र अहिलेसम्म पत्ता नलागेको भन्दै उनले त्यस्तो घटना दोहोरिन नदिन आयोग नै सचेत हुनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x