×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

'ग्राउन्ड जिरो' रौतहट- ३ : डगमगाउँदै प्रभु साहको प्रभुत्व, अर्का स्वतन्त्रको कडा चुनौती

कात्तिक २३, २०७९

NTC
Premier Steels

रौतहटको राजनीतिमा लामो समयदेखि आफ्नो प्रभुत्व जमाउन सफल भएका प्रभु साहको प्रभाव अहिले डगमगाउन थालेको देखिएको छ । 

Muktinath Bank

रौतहट–३ मा नेकपा एमालेको टिकट पाए पनि स्वतन्त्र उम्मेदवारी दिएका साहलाई अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले ठूलो चुनौती दिइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चापाकल छाप पाएका साहलाई माछा चुनाव चिह्न पाएका जयसवालले कडा चुनौती दिएका हुन् ।


Advertisment
Nabil box
Kumari

देशभरि सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहँदा रौतहट–३ मा भने दुई स्वतन्त्र उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा देखिएको छ ।

Vianet communication

नेकपा एमालेबाट टिकट होल्ड गरेर अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका साहका कारण एमालेले रौतहट–३ मा उम्मेदवारी नै दिन सकेन । 

अर्कातर्फ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धीरज पटेलले उम्मेदवारी दिएको भए पनि सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रभु साहलाई नै समर्थन गर्ने भनी विज्ञप्ति जारी गरेका थिए । 

तर शीर्ष नेताहरूको उक्त निर्णयलाई तलका नेताहरूले पूर्ण रूपमा अवज्ञा गरिरहेको पाइएको छ ।

नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति जितेन्द्र यादव त्यसका अवज्ञाको अवस्था आउनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिम्मेवार रहेको बताउँछन् । उनी आफैं प्रदेशसभामा ३(ख) बाट उम्मेदवार पनि हुन् । उनले अन्यभन्दा पनि आफ्नो मत मात्र मागिरहेको लोकान्तरलाई बताए । 

‘माथिबाट प्रचण्डजीले सत्ता गठबन्धनको उम्मेदवार प्रभु साह हो भन्दैमा तल सबै जनताले मानिदिनुपर्ने कुनै कारण छैन,’ उनले लोकान्तरसँग भने, ‘सत्ता गठबन्धनले माओवादीका धीरज पटेललाई टिकट दिएर उम्मेदवारी समेत मनोनयन गरी केही दिन प्रचार प्रसार समेत गरिसकेको अवस्थामा प्रभु साह हाम्रो उम्मेदवार हो भनेर विज्ञप्ति निकाल्दैमा जनताले मान्ने कुरा हुँदैन ।’

प्रभु साहविरुद्ध जबर्जस्त जनमत हुँदाहुँदै पनि उनैलाई थोपर्ने काम भएकाले गठबन्धन आबद्ध कुनै पनि दलले साहलाई समर्थन नगरिरहेको यहाँका स्थानीयहरू बताउँछन् । 

उता माओवादीका उम्मेदवार पटेलले छुट्टै मत मागिरहेका छन् भने सत्ता गठबन्धनका प्रदेश सभाका उम्मेदवारहरूले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार जयसवाललाई समर्थन गरिरहेका छन् ।

सत्ता गठबन्धनले विज्ञप्ति जारी गरेर प्रभु साहलाई समर्थन गरे पनि निर्वाचन आयोगले आफूलाई नै आधिकारिक उम्मेदवार मानेकाले आफूले मत मागिरहेको पटेलले लोकान्तरलाई बताए । 

‘अब गठबन्धनको विज्ञप्तिले यहाँ केही हुनेवाला छैन । सम्पूर्ण जनताले मलाई सहानुभूति व्यक्त गरिरहनुभएको छ,’ पटेलले लोकान्तरसँग भने, ‘सत्ता गठबन्धनबाट बाहिरबाहिर जयसवाललाई समर्थन गरेको भनेर हल्ला चलेको भए पनि भित्रभित्रै मलाई नै उहाँहरूले समर्थन गरिरहनुभएको छ । त्यसैले म जित्नेमा विश्वस्त छु ।’ 

स्थानीयहरू पनि यी तीन उम्मेदवारबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने बताउँछन् ।

भाग्यमानी जयसवाल जसले पाए दुवै गठबन्धनको समर्थन 

छुट्टै स्वतन्त्र उम्मेदवारी दिएका जयसवाल देशभरमै शायद एक्ला त्यस्ता उम्मेदवार हुन् जसलाई सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धन दुवैले सहयोग र समर्थन गरिरहेका छन् ।

एमालेको आफ्नै उम्मेदवार नभएकाले जयसवालको पक्षमा एमाले–जसपाका नेता तथा कार्यकर्ताहरूले प्रचारप्रसार गरिरहेका छन् । अर्कोतर्फ, सत्ता गठबन्धनका स्थानीय नेताहरूले पनि जयसवाललाई नै समर्थन गरिरहेका छन् ।

जयसवाल यस क्षेत्रका ठूला उद्योगपति हुन् । आर्थिक रूपले सम्पन्न जयसवालको कटहरिया नगरपालिकास्थित डुमरिया टोलमा बैजनाथ सुगर मिल र बाबा डिस्टलरी उद्योग सञ्चालनमा छन् । 

कुनै समय उनका बिजनेस पार्टनर पूर्व प्रहरी महानिरीक्षक प्रदीपशमशेर जबरा पनि थिए । जबराको घर पनि रौतहटकै गरुडा नगरपालिका– ८, जिंगडियामा छ । जबरा र जयसवाल दुवैको संयुक्त लगानीमा कारोबार हुने गरेको स्थानीयहरू बताउँछन् ।

जयसवालले आर्थिक बलमा मात्र प्रभु साहलाई हराउन नसक्ने निष्कर्ष सहित दुवै गठबन्धनका नेता तथा कार्यकर्ताहरूले समर्थन गरिरहेको स्थानीय विश्लेषकहरू बताउँछन् । माओवादी उम्मेदवार पटेल आर्थिक रूपले कमजोर रहेका कारण साहसँग भिड्न नसक्ने उनीहरूको अनुमान छ । अर्कातर्फ, पटेललाई जिताए पनि प्रचण्डको निर्देशन नमानेका कारण उनलाई प्रचण्डले कारवाही गरेर पदमुक्त गर्न सक्ने सम्भावनालाई विचार गर्दै धेरैले जयसवाललाई नै समर्थन गरिरहेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेको अनि सत्ता गठबन्धनले आफूलाई आधिकारिक उम्मेदवार बनाई विज्ञप्ति जारी गरेको साहले लोकान्तरलाई बताए । ‘तर त्यो गठबन्धन काठमाडौंको सञ्चारमाध्यममा मात्र आयो, तल आएन । अहिले पनि गठबन्धन अन्तै कतै छ,’ गजुरा नगरपालिकामा कोणसभालाई सम्बोधन गरिरहेको बेलामा भेटिएका साहले लोकान्तरसँग भने, ‘सत्ता गठबन्धनका शीर्ष नेताहरूले मलाई सहयोग गर्नुभयो । त्यसका लागि म धन्यवाद दिन्छु तर त्यस गठबन्धनप्रतिको इमान्दारिता तलका नेतामा देखिएको छैन ।’

गठबन्धनमा आबद्ध दलहरू अनुशासित भएकाले तलका नेताहरूलाई माथिका नेताहरूले कस्नुपर्ने उनले बताए ।

नेकपा एमालेको अनैतिक चरित्रका विरुद्ध तथा दलको सिन्डिकेट विरुद्ध जनताको वास्तविक लोकतन्त्र बनाउन आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको कथन छ । 

एकातर्फ साहले सत्ता गठबन्धनको मतको पनि आशा राखेका छन् भने अर्कातर्फ उनले आफूसँगै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारहरू केशव राय चौधरी र कुन्दन कुशवाहाका लागि पनि मत मागिरहेका छन् । त्यसकारण गठबन्धनमा आबद्ध दलहरूले आफ्नै आधिकारिक प्रदेश सभा सदस्यका लागि मत मागिरहँदा प्रभु साहको पक्षमा मत माग्न चाहिँ अप्ठ्यारो परेको कांग्रेसका एक नेताले बताए । 

लोकान्तरको टोलीले साहलाई पछ्याउदै जाँदा उनी गुजरा नगरपालिकाको पल्टुवा गाउँमा चुनावी सभा गरिरहेको अवस्थामा भेटिएका थिए । उनले स्थानीयको भीड जुटाउन स्थानीय केही टिकटकर युवा र युवतीलाई पनि सँगै लिएर जाने गरेको पाइयो ।

चुनावी भाषणका क्रममा उनले आफूले गरेको विकासको लामो फेहरिस्त नै सुनाए । गत पाँच वर्षमा तीन वर्ष मात्र सांसद रहेको भएपनि पूर्वाधार विकासमा गरेको योगदानको उनले लामो चर्चा गरेका थिए । 

२०७४ देखि २०७९ सालसम्म गजुरा नगरपालिकामा २ सय किलोमिटर सडक बनाएको उनले दाबी गरे । त्यसबाहेक निर्वाचन क्षेत्रभरि ३ सय किलोमिटर कालोपत्रे सडक निर्माण गरेको उनको दाबी छ । 

‘विकास तो अभी कास्टिङ है, पूरा फिल्म अभी बाँकी है,’ उनले भने ।

प्रभु साहले रौतहट–३ मा पूर्वाधार विकासको काम गरेको स्थानीयहरू पनि स्वीकार गर्छन् । उनीहरू पैसाको बलमा जयसवालले जित्न खोजे पनि विकासको नाममा अन्तिममा प्रभु साहले नै जित्ने अनुमान गरिरहेका छन् । 

‘प्रभु साहको आफ्नै दबदबा छ । धेरैजसोले उनलाई विकासको नाममा मतदान गर्नेछन्,’ कटहरिया नगरपालिकामा भेटिएका एक स्थानीयले भने, ‘तर उनको हैकमवाद, जातिवाद, तानाशाही तथा आपराधिक प्रवृत्तिका कारण उनी हार्नसक्ने जोखिम पनि त्यत्ति नै छ ।’​

जयसवाल

गठबन्धनमा भाँडभैलो 

रौतहट– ३ मा गठबन्धनमा भाँडभैलो भएका कारण प्रतिनिधिसभादेखि प्रदेश सभासम्ममा कसले जित्ला भनी कसैले पनि ठोस आकलन गर्न सकिरहेका छैनन् । 

‘प्रभु साहले एमालेलाई मात्र धोका दिएनन्, सत्ता गठबन्धनमा पनि भाँडभैलो मच्चाएका कारण सबैतिर अन्योल देखिएको छ,’ एमालेका केन्द्रीय सदस्य मणिशंकर निधिले लोकान्तरसँग भने, ‘रौतहट–३ को प्रतिनिधिसभा तथा प्रदेश सभा दुवैमा कसले जित्ने हो त्यो भन्दा पनि प्रभु साहको प्रभुत्व समाप्त पार्नुपर्छ भन्ने अभियान जोडतोडले चलेको देखिन्छ ।’

अहिले एक किसिमको माहोल भए पनि निर्वाचनको मुखमा आइपुग्दा अर्को किसिमको माहोल पनि बन्न सक्ने उनले खुलाए । चुनाव हुनुअघि मौन अवधिमा कसलाई जिताउने हो भन्ने विषयमा स्थानीयहरूले ठोस निर्णय लिने उनले बताए ।  

३(ख) मा कांग्रेसका जिल्ला सभापति समेत रहेका जितेन्द्र यादव (सुनिल) पनि उम्मेदवार छन् । सोही क्षेत्रमा फेरि सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादीका नागेन्द्र यादव पनि उम्मेदवार छन् । 

नागेन्द्र यादव अहिले पनि मधेश प्रदेश सरकारमा बहालवाला राज्यमन्त्री हुन् । अर्कातर्फ एमाले–जसपा गठबन्धनमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहसहित उनले उठाएका प्रदेश सभाका उम्मेदवारहरूलाई हराउने अभियान पनि चलाइएको छ । 

त्यहाँ एमालेको आफ्नो उम्मेदवार नहुँदा एमालेले ३(क) मा स्वतन्त्र उम्मेदवार पूजा चौधरीलाई समर्थन गरिरहेको पाइएको छ । उनी पूर्वमन्त्री गोविन्द चौधरीकी छोरी हुन् । चन्द्रनिगाहपुरमा सञ्चालित चन्द्रपुर अस्पतालकी उनी सञ्चालिका पनि हुन् । उनको प्रतिस्पर्धा नेकपा एसका नागेन्द्र यादवसँग देखिएको छ ।

अर्कातर्फ ३(ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल यादवको प्रतिस्पर्धा प्रभु साह प्यानलका उम्मेदवार कुन्दन कुशवाहासँग देखिएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x