×

NIC ASIA

कर्णाली र सुदूरपश्चिमवासीमा भूकम्पको त्रास

कात्तिक २३, २०७९

Prabhu Bank
NTC
Premier Steels

कर्णाली र सुदूरपश्चिम प्रदेशवासीहरूमा भूकम्पको सन्त्रास बढेको छ । मङ्गलबार राति २ः१२ बजे पूर्वीचौकी गाउँपालिका–३ डोटी गैरागाउँका छ व्यक्तिको ज्यानै लिने गरी गएको ६.६ रेक्टर स्केलको भूकम्पले दुवै प्रदेशका नागरिक त्रसित भएका हुन् ।

Muktinath Bank

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बेलुका डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्जमा ९ः०७ बजे गएको ५.७ र राति २ः१२ बजे ६.६ रेक्टर स्केलको भूकम्पले डरलाग्दो झट्का दिएपछि दुवै प्रदेशका नागरिकमा सन्त्रास फैलिएको छ । भूकम्पले सुदूरपश्चिमका नौ र कर्णालीका दशै जिल्लालाई प्रभावित बनाएको छ ।
 
मङ्गलबार राति भूकम्पले घर हल्लिन थालेपछि यहाँका नागरिक घरबाट बाहिर खुलाचौर, सडक किनार र खेतमा जाग्राम बसेर रात बिताए । सर्लाही स्थायी घर भई वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका पूर्ण वर्देवाले फेरि भूकम्प आउने हो कि भन्ने त्रासले रातभर जाग्राम बसेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुम्लाका दीपेन्द्र भण्डारीले अलि शक्तिशाली भूकम्प आउँदा कर्णालीका माथिल्लो बस्तीमा ठूलो क्षति हुने बताए । “घर पुराना छन्, भूकम्प प्रतिरोधी भवन कतै पनि छैनन्”, भण्डारीले भने, “भूकम्पको ठूलो झट्का आउनेबित्तिकै गल्र्यामगुर्लुम ढल्ने अवस्था छ”, मङ्गलबारको भूकम्पले धेरैलाई भयभित बनाएको उनले जनाए । 
  
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले कुनै पनि समयमा विनाशकारी भूकम्प जानसक्ने बताउँदै त्यसबाट बच्न नागरिकलाई सचेत भएर बस्न आग्रह गरिएको बताए । “भूकम्पले मान्छे मार्दैन बरु मान्छेले बनाएका संरचनाले ज्यान लिन्छ”, उनले भने, “त्यसैले बसेको संरचना कति बलियो छ भन्ने ध्यान राखेर पूर्वतयारी गर्न अनुरोध गरेका छौँ ।” रासस


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x