×

NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

थानी र कंडेलको पुरानो मैदानमा बीसीको ‘इन्ट्री’, सुर्खेत– २ मा कसको पल्ला भारी ?

कात्तिक २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी पार्टीभित्र महत्त्वपूर्ण पदमा नभए पनि राजनीतिमा परिचित नाम हो । 

Muktinath Bank

पार्टीभित्रको दुईलाइन संघर्षका कारण थानी सधैँ चर्चामा रहने गर्दछन् । पार्टीको आन्तरिक संघर्षको परिणाम स्वरूप सुर्खेतमा पूर्णबहादुर खड्का र हृदयराम थानी अलगअलग ध्रुवमा विभाजित हुँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलोपल्ट २०५१ सालको मध्यावधि निर्वाचनमा सुर्खेत क्षेत्र नं २ बाट एमालेका उम्मेदवार यमलाल कँडेलसँग पराजित भएका थानीले २०५६ को संसदीय निर्वाचनमा उनै कँडेललाई हराए ।


Advertisment
Nabil box
Kumari

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेका कँडेलले थानीलाई पराजित गरे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनै कँडेललाई हराउँदै थानीले हारको बदला लिए । २०७४ मा भने वाम गठबन्धनका साझा उम्मेदवार एमालेका नवराज रावतसँग थानी पराजित हुन पुगे ।

Vianet communication

नयाँ संविधान निर्माणपूर्व सुर्खेतमा ३ वटा संसदीय निर्वाचन क्षेत्र थिए । संविधान घोषणापछि भएको प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरेका थानी अहिले लोकतान्त्रिक वाम गठबन्धनको बलमा सुर्खेत– २ मा उम्मेदवार छन् ।

सुर्खेती राजनीतिमा थानी र कँडेलबीचको चुनावी प्रतिस्पर्धा रोचक मानिन्थ्यो । २०४० सालमा काठमाडौंको शंकरदेव क्याम्पसको स्ववियु चुनावदेखि २०५१ देखि २०७० सम्मका प्रतिनिधिसभा/संविधानसभा निर्वाचनमा उनीहरूबीच एकले अर्कालाई हराउने प्रतिस्पर्धा चलिरह्यो ।

वीरेन्द्रनगरका बासिन्दा थानी र कंडेलबीचको प्रतिस्पर्धामा मुलुक संघीयतामा गएसँगै ‘ब्रेक’ लागेको छ । एमाले नेता कंडेल २०७४ सालयता प्रदेशसभामा छन् । उनी यसपल्ट पनि सुर्खेत २ (१) का उम्मेदवार छन् ।

थानी सुर्खेत २ बाट प्रतिनिधिसभाको यात्रा तय गर्दैछन् । उनीसँग एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बीसीको मुख्य प्रतिस्पर्धा हुँदैछ ।

सुर्खेत उपत्यकामा पर्ने तत्कालीन लाटीकोइली गाविसको अध्यक्ष भइसकेका ६३ वर्षीय बीसी सहकारी अभियन्ताको रूपमा परिचित छन् । उनी थानीसँग पहिलोपटक संसदीय प्रतिस्पर्धा गर्दैछन् । 

६२ वर्षीय थानीसंग सांसदका अतिरिक्त २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहकारी तथा गरिबी निवारणमन्त्री र २०५६ देखि २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसदमा राज्यव्यवस्था समितिको सभापति भएको अनुभव छ ।

कांग्रेसको बलियो संगठन, गठबन्धनका मुख्य सहयात्री दल माओवादी केन्द्र, जनमोर्चाको सहयोगमा सहजै चुनाव जित्ने उनको दाबी छ ।

सुर्खेत– २ अन्तर्गत प्रदेशसभाका दुबै क्षेत्रमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवार खडा गरेको छ । गठबन्धनका तर्फबाट प्रदेश १ मा कांग्रेसका कालीप्रसाद शाक्य र प्रदेश २ मा माओवादी केन्द्रका विन्दमान विष्ट उम्मेदवार छन् ।​

शाक्यसंग एमालेका प्रदेश इञ्चार्ज समेत रहेका स्थायी कमिटी सदस्य कँडेल, एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय तथा प्रदेश २ मा कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विष्टसंग एमालेका प्रदेश कमिटी सदस्य ताराकेश्वर गौतम र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालले प्रतिस्पर्धा गर्दैछन् । 

कांग्रेस उम्मेदवार थानी पार्टीभित्रको मनमुटाव अन्त्य भइसकेको दाबी गर्छन् । उनी भन्छन्, ‘बलियो गठबन्धन छ । पार्टीभित्र पहिलेजस्तो असन्तुष्टि छैन । आफ्नो पहलमा भएका विकास निर्माणका कामको मूल्यांकन गर्दै जनताले जिताउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।’

थानीका प्रतिस्पर्धी बिसी भने नेताले गठबन्धन गरे पनि जनताले त्यसलाई नमान्ने दाबी गर्छन् । ‘जनताले नयाँ अनुहार खोजेका छन्, आम सर्वसाधारणको मप्रति ठूलो सहानुभूति छ,’ उनी भन्छन्, ‘सहकारीको नेतृत्व गरेर सहकारीकर्मीको मनमनमा छाएको छु । मेरो इमान्दारितालाई जनताले सम्मान गर्नेछन् ।’

सुर्खेत– २ मा चौकुने र बराहाताल गाउँपालिका, पञ्चपुरी नगरपालिका तथा वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा पर्दछन् । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा चौकुने माओवादीले जितेको छ । 

पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका कांग्रेसले जितेको छ भने वीरेन्द्रनगर एमालेले जितेको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा यो क्षेत्रमा एमालेभन्दा कांग्रेस एक हजार मतले अघि छ । 

यसमा माओवादी केन्द्र, जनमोर्चाको समेत जोड्दा अझ बढ्न सक्ने देखिन्छ । सुर्खेतमा माओवादी केन्द्र तेस्रो दलका रूपमा स्थापित भएपनि यहाँ हरेक निर्वाचनमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने गरेको छ ।

‘यो निर्वाचन पनि कांग्रेस र एमालेबीचकै अस्तित्वको लडाईं हो,’ राजनीतिक विश्लेषक पीताम्बर ढकाल भन्छन्, ‘चुनाव जित्नलाई अन्य साना दलको सहारा लिए पनि त्यसको लाभहानी अरूको पोल्टामा जाँदैन । जीत–हार जे भएपनि यहाँ दुई दलकै हुनेछ, तेस्रो शक्ति उदाउने अवस्था छैन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x