×

NIC ASIA

चुनावमा लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ : प्रधानमन्त्री देउवा

कात्तिक २९, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् ।

दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा मंगलवार आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा एमाले सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जीत सुनिश्चित भएको दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा जनमत आउने जिकिर गर्दै उनले भने, ‘सदन भंग गरेर संविधान सिध्याउने विरुद्ध गठबन्धन सदाका लागि हुन्छ ।’ 


Advertisment
Rupse Holidays
Nabil box

संविधान बचाउन र प्रतिगमन रोक्न बनेको गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराउन प्रधानमन्त्री देउवाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे । तत्कालीन कर्णाली राज्यको ग्रीष्मकालीन राजधानी सिञ्जापछिको शीतकालीन राजधानी दुल्लु दैलेखको पुरातात्विक एवं ऐतिहासिक संरक्षणसहित पर्यटकीय विकास गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विकासमा दैलेखलाई उच्च प्राथमिकतामा राखिने बताए ।

Vianet communication

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्र रक्षाका लागि निर्माण लोकतान्त्रिक–वाम गठबन्धन संविधानमाथि हमला हुञ्जेलसम्म कायम रहिरहने बताए । उनले गठबन्धन चुनावका लागि नभई संविधान र जनताको अधिकार रक्षाका लागि भएको जनाए ।

‘यो चुनाव विगतको जस्तो सामान्य नभई संविधान रक्षा गर्ने र त्यसलाई खोस्ने बीचको हो,’ अध्यक्ष दाहालले भने, ‘कसलाई भोट हाल्ने र जिताउने भन्ने कुरा जनताको भागमा छ ।’ शान्ति र संविधानका पक्षमा उभिएको गठबन्धनको देशभरको स्थितिलाई हेर्दा जीत सुनिश्चित रहेको उनले दाबी गरे ।

पुरातात्विक तथा ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको भौतिक तथा पर्यटकीय विकासलाई गम्भीरताका साथ हेरिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले मुलुकको शान्ति, विकास र समृद्धिका लागि लोकतान्त्रिक–वाम गठबन्धनको विजय आवश्यक रहेको जिकिर गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x