×

NMB BANK
NIC ASIA

अञ्जनको गोलमा नेपाल विजयी, सुखद् भएन पाकिस्तानको कमब्याक

कात्तिक ३०, २०७९

NTC
Premier Steels

स्ट्राइकर अञ्जन बिष्टको निर्णायक गोलको सहयोगमा बुधवार नेपाली राष्ट्रिय फुटबल टोलीले पाहुना टोली पाकिस्तानबिरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा जित निकालेको छ । 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले ३ वर्षको फिफा प्रतिवन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानलाई १–० ले स्तब्ध बनाएको हो । ८३ औं मिनेटमा अञ्जनले सुनिल बलको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे । 
क्रस बललाई अञ्जनले आकर्षक शैलीमा जाली चुमाउन सफल भएका हुन् । यससँगै अञ्जनले राष्ट्रिय टोलीका लागि ११ औं गोल पनि पूरा गरेका छन् । अन्जन सर्वाधिक गोलकर्ता रहेका हरि खड्का र निराजन रायमाझी भन्दा दुई गोलले पछि छन् । यसअघि असोज ११ मा दशरथ रंगशालामा सम्पन्न बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जनको ह्याट्रिकमा नेपालले ३–१ को जित निकालेको थियो ।

Muktinath Bank

बुधवार भ्रमणकारी टोली पाकिस्तानले शुरुवातबाट नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो । तर केही समयपछि पाकिस्तानको सो लयले निरन्तरता पाउन सकेन । खेलको शुरुवातमै विमल घर्ती मगरले सुवर्ण अवसर पाए पनि उनले प्रहार गर्न ढिला गर्दा नेपालको अवसर खेर गएको थियो । ११ औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि पाकिस्तानले काउन्टर अट्याकमा केही प्रयास गरेपनि नेपालको रक्षापंत्ति तोड्न सकेन । दुवै टोलीले त्यसपछि प्रयास गरेपनि पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा फरक रणनीतिकासाथ मैदान उत्रिएको पाकिस्तानले केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन । यस्तै नेपालका केही सुनौला अवसर अग्रपंक्तिले सदुपयोग गर्न चुकेको थियो ।
घरेलु टोली नेपालसँगको खेलसँगै पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको छ । नेपाली पुरुष फुटबल टोलीले दशरथ रंगशालामा खेलेको यो ५० औं अन्तर्राष्ट्रिय खेल हो । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x