×

NMB BANK
NIC ASIA

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ६ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डा. शेखर कोइरालाले आफ्नो पक्षमा माहोल सिर्जना गरेका छन् । २०७४ सालको चुनावमा माओवादीको समेत समर्थन रहेका वामपन्थी गठबन्धनका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका कोइराला यसपटक कमब्याकको तयारीमा लागेका छन् ।

Muktinath Bank

राष्ट्रिय राजनीतिमा खेल्न सक्ने भूमिकाका कारण विराटनगरका स्थानीय मतदाता र उद्योगी/व्यावसायी शेखर कोइरालाको पक्षमा देखिएका छन् । विराटनगर महानगरपालिकामा कांग्रेसको जितसँगै कोइरालाले आफ्नो चुनावी धरातल बलियो बनाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विचारमा प्रखर,संसदमा शेखर नारासहित कोइराला मोरङ६ बाट चुनावी मैदानमा उत्रिएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालासँग नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसको बलियो जनमत,नेकपा माओवादी,नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनका कारण कोइराला सुरक्षित देखिएका छन् ।


Advertisment
Nabil box
Kumari

पार्टीभित्रको बढ्दो प्रभाव,राष्ट्रिय राजनीतिमा खेल्नसक्ने हस्तक्षेपकारी भूमिका तथा समन्वयकारी भूमिकाका कारण मोरङका मतदाताले यसपटक कोइरालालाई छान्ने विश्वास लिइएको छ । पाँच कारण जसले शेखरलाई संसदमा छुट्न नहुने नेताको रुपमा लिन सकिन्छ ।

Vianet communication
Laxmi Bank

पार्टी भित्रको वैकल्पिक नेता

कांग्रेसभित्र संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर पार्टीको वैकल्पिक नेताको रुपमा स्थापित हुँदैछन् । गतवर्षको मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गरेका कोइरालाले उल्लेख्य मत पाएका थिए । सभापतिमा पराजित भएपनि उनले राष्ट्रिय मुद्दामा कांग्रेसलाई दवाव सिर्जना गरेका थिए । सत्ता गठबन्धनले संविधानको आफूखुसी व्याख्या गरेर स्थानीय तहको निर्वाचन सार्ने तिकडम गरेको समयमा कोइरालाले पार्टीभित्र दवाव सिर्जना गरेका थिए । फलस्वरुप सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख महिनामा स्थानीय तहको चुनावको घोषणा गरेर चुनाव गराए । त्यो बेला कांग्रेसका देउवाको नेतृत्व,शेखरको नीतिको चर्चा भएको थियो ।

टेस्ट नभएका नेता

पार्टी राजनीतिमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेपनि राजकीय भूमिकामा शेखर कोइराला अहिलेसम्म परीक्षण नभएका नेता हुन् । भोलिको दिनमा कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्ने एक अनुहार शेखर पनि हुन् । व्यवस्थापकीय क्षमताको दृष्टिले कोइराला अपवाद नेता हुन्,जसले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रुपमा खेलेको भूमिका उदाहरणीय छ । चिकित्सा शिक्षा अध्ययनको रुपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको अग्रणी संस्था हो । जसको संस्थागत सुधारको काम शेखरले गरेर प्रमाणित गरेका थिए ।

कोइराला परिवारको विरासत

नेपाली कांग्रेसभित्र कोइराला परिवारको विरासत धान्ने नेताको रुपमा शेखर अगाडि सरेका छन् । कांग्रेस राजनीतिमा सक्रिय कोइराला परिवारका तीन सदस्य मध्ये शेखरले त्यो विरासत धान्ने प्रयास गरेका छन् । सुजाता र डा. शशांक कोइराला कांग्रेसको नेतृत्वको दौडमा पछि परेका छन् । सुजाता प्रकाशमान सिंह प्यानलबाट उपसभापति लडेर पराजित भएकी थिइन् भने शशांकले १४ औं महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गरेनन् ।

महामन्त्री बनिसकेका शशांक केन्द्रीय सदस्यमा फर्केर शेखरलाई बाटो फराकिलो बनाइदिएका छन् । बिहीबार शेखरले सुनसरी ४ मा पुगेर शेरबहादुर देउवाको विश्वासपात्र रहेका ज्ञानेन्द्र बहादुर कार्कीको पक्षमा भोट मागे । गिरिजाप्रसाद कोइरालाको प्रभावको छाप रहेको क्षेत्रमा कोइराला गएर भोट माग्दा कार्कीलाई फाइदा पुगेको विश्वास गरिएको छ ।

राष्ट्रिय मुद्दामा सशक्त अडान

राष्ट्रिय मुद्दामा सशक्त अडान लिने नेताको रुपमा शेखर परिचित छन् । पार्टीका नेता र अन्य दलका नेताहरूले मुख खोल्न नसकेका विषयमा पनि कोइरालाले आफ्नो अभिमत दिइरहेका हुन्छन् ।

शान्ति प्रक्रियाको पर्दा पछाडिका नायक

माओवादी सशस्त्र संघर्षलाई शान्तिपूर्ण अवतरण गराउने भूमिकामा शेखर गिरिजाप्रसाद कोइरालाको मुख्य सहयोगीको रुपमा काम गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै शेखरलाई शान्ति प्रक्रियाको पर्दा पछाडिको नायकको संज्ञा दिएका थिए । सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको खोजविन जस्ता शान्तिप्रक्रियाका अधुरा काम पूरा गर्नपनि शेखर संसदमा पुग्नु जरुरी छ । संविधानसभाबाट संविधान जारी गर्ने काममा पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सहयोगीको भूमिकामा शेखरले काम गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x