×

NIC ASIA

प्रधानमन्त्री देउवासहित ६ मन्त्रीले चुनाव जिते, ५ मन्त्री पराजित

मंसिर १०, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels
Marvel

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्री शेरबहादुर देउवासहित वर्तमान सरकारका ६ मन्त्री निर्वाचित भएका छन् ।

निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म ५ मन्त्री पराजित भएका छन् भने ३ मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट १२ हजार ४३२ मतान्तरसहित विजयी भएका छन् । उनले २५ हजार ५३४ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत प्राप्त गरे ।


Advertisment
Rupse Holidays
Nabil box

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछामको १ नम्बर निर्वाचन क्षेत्रबाट १९ हजार ५३४ मतसहित विजयी भए । उनले एमालेका झपट बोहोरालाई ४ हजार ४८९ मतान्तरले पराजित गरे ।

Vianet communication

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू २८ हजार ५१५ मतसहित दार्चुलाबाट विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरे । 

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट निर्वाचित भएका छन् । उनले ३९ हजार ५४९ मत प्राप्त गरे । शहरी विकास मन्त्री मेटमणि चौधरी दाङको १ नम्बर निर्वाचन क्षेत्रबाट ५ हजार ८३ मतान्तरसहित विजयी भएका छन् । उनले एमालेका शान्ता चौधरीलाई पराजित गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बागलुङको २ नम्बर निर्वाचन क्षेत्रबाट २४ हजार ७७९ मतसहित विजयी भएका छन् ।

गत आइतवार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले उदयपुरको १ नम्बर निर्वाचन क्षेत्रमा १४ हजार २४१ मतसहित अग्रता कायम गरिराखेका छन् । हालसम्म गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले पछाडि छन् ।

रुपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका गृहमन्त्री खाँणले २९ हजार २५५ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपक बोहोराले ३० हजार ५७७ मत प्राप्त गरेका छन् ।

सुनसरीको ४ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका सञ्चारमन्त्री कार्की १०१ मतान्तरले पछाडि छन् । मन्त्री कार्कीले १९ हजार ७०९ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियतले १९ हजार ८१० मत प्राप्त गरेका छन् ।

यसपटकको निर्वाचनमा ५ मन्त्रीले पराजय व्यहोर्नुपरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x