माघ १५, २०७९
भारतको उत्तर प्रदेशको अयोध्यामा भगवान् श्रीरामको मूर्ति बनाउन नेपालको कालीगण्डकी नदीबाट ६०० वर्ष पुराना शालिग्राम ढुंगा लगिँदैछन् । अयोध्यामा ऐतिहासिक राम मन्दिर निर्माण कार्य धमाधम भइरहेको छ । आगामी वर्ष जनवर...
ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ। अनुहार छोपेको सो व्यक्तिले सेनाको पोशाक लगाएको देखिएको छ । यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ । सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माइल उत्तरमा रहेको सानो शहर अराक्रुजमा सो आक्रमण भएको थियो।
एस्पिरिटो सान्तोका गभर्नर रेनाटो कासाग्रान्डेले शुक्रबार ट्विटमा गर्दै, "सुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ गरेको छ जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गरेको थियो, मैले अपूरणीय क्षतिको लागि शोकको रूपमा तीन दिनको आधिकारिक शोक घोषणा गरेको छु, हामी घटनाको कारणबारे अनुसन्धान जारी राख्नेछौं र चाँडै नै निष्कर्षमा पुग्नेछौं।"
गभर्नरका अनुसार, "प्रिमो बिट्टी स्कूल र प्रिया डे कोक्वेरल शैक्षिक केन्द्रमा आक्रमणहरू भएका थिए।"
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सो घटनाबारे ट्विट गर्दै अराक्रुज विद्यालयहरूमा भएको आक्रमणले आफू दुःखी भएको र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन आग्रह गराक छन्।
भारतको उत्तर प्रदेशको अयोध्यामा भगवान् श्रीरामको मूर्ति बनाउन नेपालको कालीगण्डकी नदीबाट ६०० वर्ष पुराना शालिग्राम ढुंगा लगिँदैछन् । अयोध्यामा ऐतिहासिक राम मन्दिर निर्माण कार्य धमाधम भइरहेको छ । आगामी वर्ष जनवर...
पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै कम्तीमा दुई जना घाइते भएका छन् । डोनेट्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले शनिबार जानकारी दिएअनुसार रूसीहरूले नजिकैका...
भारतका विदेशमन्त्री एस जयशंकरले महाभारत र रामायणको प्रसंग निकाल्दै संसारका सबभन्दा महान् कूटनीतिकर्मी भगवान् श्रीकृष्ण र हनुमानजी भएको बताएका छन् । आफ्नो पुस्तक दी इन्डिया वेको मराठी अनुवाद भारत मार्गको ...
गत वर्ष अप्रिलदेखि शुरु भएको आर्थिक वर्ष २०२२-२३ को करिब १० महिनामा म्यानमारको कुल वस्तु आयात र निर्यात गत वर्षको तुलनामा १८.४७ प्रतिशतले बढेर २७ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक ...
बेलायतले अमेरिका र अस्ट्रेलियासँग गरेको अकस सम्झौतालाई नेटो जस्तै विस्तार गर्न चाहेको छ । हिन्द-प्रशान्त क्षेत्रको सुरक्षा सुनिश्चित गर्नका लागि यस संगठनलाई विस्तार गर्नुपर्ने बेलायतको सोच हो । त्यसक्रममा उस...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जोर्डन नदीको पश्चिमी किनारमा प्यालेस्टाइनीहरूका विरुद्ध दण्डात्मक कदम चाल्ने घोषणा गरेका छन् । पूर्वी जेरुसेलमको एक साइनागगमा शुक्रवार एक बन्दूकधारीले गोली हान...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...